मुख्य समाचार
प्रवास
— जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए । एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौँमार्फत चार महिनाअघि युएई पुगेका हुन् । प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी ...
— इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ । नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे । ‘इजरायलको ...
: काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ। दूताबासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका हुन्। कार्यक्रममा राजदूत श्रीवास्तवले २२ औं ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको ...
। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाबारे जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् । दूतावासका अनुसार दुर्घटनामा परी काठमाडौं सानोभर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगरको मृत्यु भएको ...
। परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक., बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका ...
: भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ । शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जक्सन पुगेका ...
: वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो। मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्। साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने ...
: रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन्। रुसी सेनामा भर्ना ...
नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दो छ । उनीहरुमध्ये धेरैजसोमा यहाँबाट जाँदा स्वस्थ भए पनि बिस्तारै हावापानी परिवर्तन, नयाँ परिवेशको संघर्ष, परिवारबाट टाढा, अत्यधिक काममा खट्नुपर्ने बाध्यता, एक्लोपन, खानपिन र निद्राको तालमेल नमिलेर विभिन्न स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । कति त दीर्घरोग लागेर काम नै गर्न नसकी स्वदेशसम्म फर्किन बाध्य हुन्छन् । वैदेशिक रोजगारीमा जानेहरुमा ...
। रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न भन्दै पीडित परिवार तथा ...
। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय कार्य गरेको भन्दै शेर्पासहित विश्वभरबाट पाँच महिलालाई उक्त सूचीमा राखेको छ । दुर्गम गाँउमा महिला शिक्षा तथा सशक्तीकरणमा भूमिका खेलेको ...
पछिल्लो समय विद्यार्थी र अन्य भिसामा अष्ट्रेलिया आउने नेपालीको संख्या ह्वात्तै बढेको छ। हरेक शहरमा नेपालीको उपस्थिति बाक्लिइरहँदा मनमा कौतूहल बढ्नु स्वाभाविकै हो कि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने पहिलो आधिकारिक नेपाली को होला ? उनी कसरी अष्ट्रेलिया आइपुगे होलान् र के–कस्ता अप्ठ्यारा सामना गर्नुपर्‍यो होला ? वा बिरानो देशमा आफ्नो भाषा बुझ्ने कोही नहुँदा ...
— रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युत्रेनी सेनाको आक्रमणमा परी मृत्य भएको छ । रुसी सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको परिवारले जनाएको छ । तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु ...
— मानव तस्करको सहयोगमा अवैध रुपमा अमेरिका छिरेका सिस्ने गाउँपालिका वडा नं. ३ पोखराका ३२ वर्षीय वसन्त शर्मा सिकिस्त बिरामी परेका छन् । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत छन् । २०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनकी श्रीमती उर्मिलाले ...
— अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । 'अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ', उनले भने, ...
: नेपालीहरू भारत भ्रमणमा जाँदा अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन्। भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो। भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last