मुख्य समाचार
विश्व
। लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र ...
। बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ । सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । डिजिएचएसका ...
: पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन्। कुर्रममा दुई सम्प्रदायका बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौंको ज्यान लिएको छ। सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको ...
। अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् । ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक नगरी एक विज्ञप्ति मार्फत् ट्रम्प एकदमै स्वस्थ रहेको जानकारी दिएको सन्दर्भमा प्रतिस्पर्धी ह्यारिसले यस्तो चुनौती दिएकी हुन् । आफ्नो फिट्नेस रेकर्ड सार्वजनिक गर्दै ह्यारिसले ...
। भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो । उनी ४८ वर्षदेखि कांग्रेसमा ...
। विश्वकै प्रतिष्ठित हवाइजहाज निर्माता कम्पनी बोइङले आफ्ना १० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । बीबीसीका अनुसार कम्पनीको यो निर्णयबाट करिब १७ हजार कर्मचारीले जागिर गुमाउने छन् । बोइङको यो निर्णयले यसको उत्पादन क्षमता पनि प्रभावित हुनेछ । कम्पनीले पछिल्लो समय कर्मचारी हड्ताल र आफ्ना विमानहरूको गुणस्तरमा प्रश्न लगायत विभिन्न व्यवसायिक समस्या झेलिरहेको छ । कम्पनीका ...
: पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले रातभरि गरेको आक्रमणमा २० जना कामदारको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो। आक्रमण भएको डुकी जिल्लाका प्रहरी प्रमुख असिम शफीले भने, 'राति ४० जना आक्रमणकारीहरूले राति (स्थानीय ...
: फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले घोषणा गरेको छ। केन्द्रलाई पृथ्वीको नजिकको अन्तरिक्ष मौसमको निरीक्षण र अनुगमन गर्ने जिम्मा दिइनेछ। केन्द्रले पृथ्वीमा आउने आँधीहरूको लागि तयारी गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। सरकारले सन् २०२४ को डिसेम्बरदेखि नै केन्द्रको सञ्चालन सुरु गर्ने उद्देश्यले सम्बन्धित कानुनमा संशोधन गर्न बिहीबार संसदमा प्रस्ताव ...
। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चीन र अष्ट्रेलियाबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । प्रधानमन्त्री एन्थोनीले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा) को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भने, ‘यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ...
। मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडामा स्थिति नाजुक बनेको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यो आँधी थप घातक हुनसक्ने र तीव्र हावाले अचानक बाढी आउन सक्ने चेतावनी दिएका छन् । उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी रहेको प्रकोप हेर्ने अमेरिकी निकायले जानकारी दिएका छन् । आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ...
। यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो। उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा अनुवादित छ ।
। मिल्टन आँधीमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । बीबीसीका अनुसार आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना ती अधिकारीहरूले व्यक्त गरेका छन् । फ्लोरिडाको करिब २००० मानिस बस्ने एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ । बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी प्रवेश गरेपछि धेरै क्षेत्र डुबानमा परेका छन् ...
। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी ...
। अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको ...
। ‘विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेको छ । यसअघि बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय ...
पछिल्लो २ हप्तादेखि मध्यपूर्वी देश लेबनान इजरायली आक्रमणको निशाना बनिरहेको छ । इजरायली आक्रमणमा अहिलेसम्म लेबनानमा एक हजार भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ । इजरायली सेनाले लेबनानमा हवाई हमलासँगै स्थल सेनाबाट समेत आक्रमण सुरु गरेको छ । लेबनानमा पछिल्लो इजरायली आक्रमणको कारण चाहिं त्यहाँ रहेको इस्लामिक विद्रोही संगठन हेजबुल्लाह र इजरायल बीचको युद्ध हो । हेजबुल्लाहलाई इरानले समर्थन ...
First Prev ... 5 6 7 8 9 10 11 12 13 14 15 ... Next Last