मुख्य समाचार
विश्व
। पनामाका राष्ट्रपति राउल मुलिनोले चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने घोषणा गरेका छन् । पनामाले सन् २०१७ मा चीनसँग बीआरआई सम्झौता गरेको थियो । अमेरिकामा राष्ट्रपति चुनाव जितेसँगै डोनाल्ड ट्रम्पले पनामाविरुद्ध अभिव्यक्ति दिंदै आएका थिए । राष्ट्रपति मुलिनोले अमेरिकासँग नयाँ लगानी परियोजनाहरूमा काम गर्ने इच्छा व्यक्त गरेका हुन् । नयाँ लगानी परियोजनामा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) माथि ‘धेरै छिटो’ कर लगाउने चेतावनी छन्। बीबीसीका अनुसार युरोपियन युनियनले अमेरिकाबाट फाइदा उठाएको ट्रम्पको आरोप छ । ‘उनीहरूले हाम्रो गाडी लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू खरिद गर्दैनन्, हाम्रो केही पनि लिँदैनन्’ ट्रम्पले भने, ‘तर, हामी उनीहरूबाट लाखौं गाडी, ठूलो परिमाणमा खाद्य सामग्री र कृषि उत्पादनहरू आयात गर्छौं।’ युरोपियन युनियनमाथि कर ...
। सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ मिलेको छ । लीलाई गत वर्षको एक सुनुवाइमा पनि अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त फैसलाविरुद्ध अपिल गरेका थिए । एएफपीले प्राप्त गरेको अदालती कागजातमा भनिएको छ, ‘प्रस्तुत गरिएका प्रमाणहरू तर्कसंगत शंकाभन्दा बाहिर आरोप प्रमाणित गर्न पर्याप्त थिएनन् ।’ लीलाई ...
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित गरेका छन् । चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ । ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५/२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो ...
— अमेरिकी 'सरकारी दक्षता विभाग'का निर्देशकसमेत रहेका टेक खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् । ‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई बन्द गर्दै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि पनामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा आफ्नो सहभागिता नवीकरण नगर्ने भएको छ । पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बीआरआईबाट अलग हुने घोषणा गरेका हुन् । योसँगै चिनियाँ पूर्वाधार पहलबाट पछि हट्ने पहिलो ल्याटिन अमेरिकी देश हुनेछ । मुलिनोले आगामी एक/दुई वर्षभित्र सम्झौता नवीकरण ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । तर क्यानडाबाट हुने ऊर्जा आयातमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउ फर्किएको दुई साताभित्रै इरानले शक्तिशाली ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आइतबार आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको हो । फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिँदै आएको सहायता रोक्ने चेतावनी दिएका छन् । दक्षिण अफ्रिकाले मानव अधिकारको गम्भीर उल्लंघन गरेको भन्दै ट्रम्पले सहायता रोक्ने चेतावनी दिएका हुन् । ‘दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही विशेष वर्गका व्यक्तिहरुसँग नराम्रो व्यवहार गरिरहेको छ । यो निकै नराम्रो स्थिति भए पनि यसबारे कट्टर लेफ्ट मिडियाले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग कुराकानी गरेको र अमेरिकी अधिकारीहरूसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति जनाएका छन् । हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णयलाई अनुमोदन गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसको प्रतिक्रिया दिएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार एक पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि आफ्नै कर लगाउने बताए। ट्रुडोले यो निर्णयको प्रत्यक्ष असर मूल्य र अमेरिकी अर्थतन्त्रमा पर्ने बताए। ट्रुडोले सामाजिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्र पत्रकारसहित कन्टेन्ट क्रियटरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङका लागि मान्यता दिएको छ। ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न मान्यता दिएको हो। ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले प्रेस कार्डका निम्ति ७ हजार ४ सय जनाले आवेदन दिएको बताएकी छन्। आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले ...
: भारत सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२५-२६ को बजेट भाषणमार्फत १२ लाख भारतीय रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेकी हुन्। यसले भारतका मध्यमवर्गीय परिवारलाई ठूलो राहत मिल्ने विज्ञहरूले बताएका छन्। यस आर्थिक वर्षमा कुनै भारतीयले १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गरे कुनै कर लाग्ने छैन। १२ ...
लेबनान । बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या गरेका छन् । मारिनेहरूमा पूर्वअफिसर र सिपाहीहरू थिए । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँमा घटना भएको जनाएको छ । ‘गाउँका १० जना मानिसको गोली हानेर हत्या गरेपछि बन्दुकधारीहरू भागेको सूचना प्राप्त भएको छ,’ अब्जर्भेटरीका प्रमुख ...
— अमेरिकाको नवगठित ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले वरिष्ठ पदका सरकारी कर्मचारीहरूलाई कार्यालयको कम्प्युटर प्रणलीमा पहुँच रोकिदिएको पाइएको छ । रोयर्टसका अनुसार मस्कका सहयोगीहरूले अमेरिकी संघीय निजामती सेवाको व्यवस्थापन गर्ने ‘अफिस अफ पर्सनल म्यानेजमेन्ट’ लाई ‘नियन्त्रण’ मा लिएका छन् । यो नेपालको निजामति किताबखाना र लोक सेवा आयोगजस्तै निकाय हो । सरकारी प्रशासन सुधारका ...
— भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ । आर्थिक वर्ष २०२४/२५ मा पनि भारतले नेपालका लागि ७ अर्ब भारुको अनुदान बजेटमा विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्ष ...