मुख्य समाचार
विश्व
बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा निलम्बन गरेपछि अगरतलास्थित भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ।
बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ। बंगलादेशको अखबार ‘ढाका ट्रिब्यून’का अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी) खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदरको सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा गोली हानी हत्या गरिएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै उक्त पत्रिकाले ...
— सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो । स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा ...
इजरायलको सुरक्षा परिषद्ले कब्जा गरिएको १९ वटा नयाँ बस्तीलाई मान्यता दिने निर्णय गरेको छ। अति दक्षिणपन्थी नेता तथा अर्थमन्त्री बेजालेल स्मोट्रिचले रक्षामन्त्री इजरायल काट्जसँग मिलेर यो प्रस्ताव प्रस्तुत गरेका बीबीसीले जनाएको छ। स्मोट्रिचले यो निर्णय प्यालेस्टिनी राज्यको स्थापना रोक्नका लागि गरिएको बताएका छन्। बेजालेल स्मोट्रिच आफैं एक बस्तीमा बस्ने व्यक्ति हुन्। कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ...
: बंगलादेशको चटगाउँमा रहेको भारतीय भिसा आवेदन केन्द्र (इन्डियन भिसा एप्लिकेशन सेन्टर–IVAC) अनिश्चितकालका लागि बन्द गरिएको छ। केन्द्रले जारी गरेको विज्ञप्तिअनुसार, चटगाउँस्थित भारतीय सहायक उच्चायोगको निवासमा हालै भएको सुरक्षा घटनापछि उक्त निर्णय लिइएको हो। IVAC ले जनाएको छ,'चटगाउँस्थित भारतीय सहायक उच्चायोगमा भएको पछिल्लो सुरक्षा घटनालाई मध्यनजर गर्दै चटगाउँमा सञ्चालन भइरहेका सबै भारतीय भिसासम्बन्धी सेवाहरू डिसेम्बर २१ ...
: दक्षिण अफ्रिकाको एक बारमा भएको गोलीबारीमा नौ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको छ। प्रहरीका अनुसार जोहानेसबर्ग नजिकैको बेकरसडल क्षेत्रमा सात पुरुष र दुई महिलाको मृत्यु भएको छ। दुईवटा गाडीमा आएका करिब १२ जना अज्ञात आक्रमणकारीले बारमा उपस्थित मानिसमाथि गोली चलाएको बताइएको छ। प्रहरीले मानिसहरू आफ्नो ज्यान ...
: साँझको ६ बजेर ४७ मिनेट भएको थियो। तीव्र गतिमा दौडिरहेको प्रमुख व्यापारिक सहर सिड्नी ठप्प रोकियो। अनि, राजधानी क्यानभरा पनि। संसद् भवन, प्रधानमन्त्रीको कार्यालय, सैनिक सँगै सबै सुरक्षा सरकारी निकायका मुख्यालयहरू ठप्प भए। विश्वको छैटौं ठूलो देशमा आतंकवादी हमलाबाट मारिएका १५ निर्दोषको स्मृतिमा राष्ट्रिय मौन त भयो नै, शोक व्यक्त गर्न सर्वत्र मैन ...
। अमेरिकामा दोषी प्रमाणित यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी मुद्दाका लामो समयदेखि प्रतीक्षित फाइलहरू आंशिक रूपमा सार्वजनिक गरिएपछि पीडित तथा सांसदहरूले तीव्र असन्तोष व्यक्त गरेका छन् । धेरै कागजातका पृष्ठहरू कालो पारिएको र तस्वीरहरू सेन्सर गरिएको भन्दै उनीहरूले यसलाई उच्च तहको ढाकछोपको निरन्तरता भनेका छन् । अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको सामग्रीमा पूर्व राष्ट्रपति बिल क्लिन्टन तथा एपस्टिनको ...
। संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ । दुई हप्ताभित्र दोस्रो पटक अमेरिकी सेनाले यस क्षेत्रमा तेल ट्याङ्कर रोकेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने ‘प्रतिबन्धित तेल जहाजहरू’ ...
। बंगलादेशमा भारतविरोधी आन्दोलन चर्किएसँगै भारतीय दूतावासले भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको छ । भारतीय भिसा आवेदन केन्द्र (आईभीएसी) ले चटगाउँस्थित भिसा केन्द्र अनिश्चितकालका लागि बन्द गरेको हो । आईवीएसीले हालै चटगाउँमा भएको घटनाले सुरक्षा संवदेनशीलता बढेको भन्दै २१ डिसेम्बर (आज) देखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाएको छ । बंगलादेशमा विद्यार्थी नेता उस्मान ...
। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन् । उनले उक्त फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट सङ्केत दिएका छन् । हाल हिरासतमा रहेका तथा सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँचमा नरहेका खानले आफ्नो कानुनी टोलीमार्फत ...
अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमध्ये १६ वटा फाइल शनिबार अबेर राति वेबसाइटबाट गायब भएका छन्
। पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ ...
। अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ । अमेरिकाले यसअघि तेल बोकेका जहाजमा लागूऔषध रहेको भन्दै कब्जा गरेको थियो । साथै भेनेजुएलाबाट आउ–जाउ गर्ने सबै तेल ट्यांकरलाई रोक लगाएको थियो । यसैक्रममा ...
प्रिमियर लिग : हालान्डको दुई गोलमा सिटीको जित, आर्सनलले एभर्टनलाई हरायो
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
First Prev ... 6 7 8 9 10 11 12 13 14 15 16 ... Next Last