मुख्य समाचार
विश्व
— पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । भ्याटिकनले आइतबार एक बयानमा पोपलाई हाल अक्सिजन थेरापी दिइरहेको जनाएको छ । भ्याटिकनको बयानअनुसार रगत जाँचमा मुटुसँग सम्बन्धित समस्या पाइएको छ । यसबाहेक जाँचमा मिर्गौलासँग सम्बन्धित समस्या पनि देखिएको छ । आइतबार पोप फ्रान्सिसको थ्रोम्बोकाइटोपेनियाको हालत स्थित पाइएको छ । यो रोग लागेको अवस्थामा रगतमा प्लेटलेट्सको मात्रा निकै ...
— ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै गएको छ । अहिले दुई शताब्दी यताकै थोरै सेना बेलायतसंग रहेको तथ्यांकहरुले देखाएका छन् । बजेट कटौती र युवाहरुको सेनाप्रति विकर्षणका कारण अहिले सक्रिय ब्रिटिश सिपाहीको संख्या ७३ हजार हाराहारी मात्र छ । यो संख्या चिनियाँ सेनाको २० लाख, रुसको १३ लाख वा अमेरिकी सेनाको ४ लाख ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका प्रविधि कम्पनीमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशमाथि कडा कदम उठाउने घोषणा गरेका छन् । उनले डीएसटी लगाउने फ्रान्स, बेलायत, क्यानडाजस्ता देशमाथि अनुसन्धान सुरु गर्न र प्रतिक्रियात्मक ट्यारिफ प्रस्ताव गर्न आफ्ना व्यापार प्रतिनिधिलाई आदेश दिएका हुन् । नेपालले पनि प्रविधि कम्पनीलाई वार्षिक कारोबारको २ प्रतिशत डीएसटी लगाउँदै आएको हुनाले ट्रम्पको यस ...
— जर्मनीमा सम्पन्न आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । यस पार्टीले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । सीडीयू/सीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आफ्नो पार्टीको जितमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’ जर्मनीमा चुनावपछि मतगणना सम्पन्न ...
: अमेरिकी संघीय सरकारी कर्मचारीहरूलाई शनिबार दिउँसो एउटा इमेल आयो। इमेलको विषयमा 'तपाईंले गत हप्ता के गर्नुभयो?' लेखिएको थियो। उक्त इमेलमा 'गत हप्तामा तपाईंले पूरा गर्नुभएका कामहरूको सूची बनाउनुहोस् वा राजीनामा दिनुहोस्' लेखिएको थियो। अर्बपति उद्यमी एलोन मस्कले यसअघि नै समाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका थिए। यसमा उनले, 'कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्। जसको ...
इजरायली बन्धक शिरी बिबासको परिवारले शुक्रबार हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि गरेको छ। परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्री शिरीलाई बन्दी बनाएको बेला हत्या गरिएको थियो। उनी अहिले घर फर्किएकी छिन्।' यद्यपि शवको जाँच गर्ने इजरायली फोरेन्सिक अधिकारीहरूले अझैसम्म उक्त शव शिरी बिबासको हो भनेर पुष्टि गरेका छैनन्। बिबासको परिवारले भन्यो, 'हामी १६ महिनादेखि ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाएका छन्। उनी अमेरिकाको उच्च अधिकारी थिए। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त कुरा जनाएका हुन्। ट्रम्पले अन्य पाँच जना शीर्ष अधिकारीहरूलाई पनि हटाइएको बताएका छन्। उनले लेखे, 'म जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनलाई हाम्रो देशको ४० वर्षभन्दा बढी सेवा गरेकोमा धन्यवाद दिन्छु। उहाँले ...
गाजामा इजरायल र हमासबीच भएको युद्धविरामको एक भागको रूपमा हमासले शनिबार छ जना बन्धकहरूलाई रिहा गरेको छ। यी छ जना बन्धकहरूको नाम हिशाम अल-सय्यद, एलिया कोहेन, ओमर शेम तोभ, ओमर वेन्कर्ट, अवेरा मंगिस्तु र ताल शोहम हुन्। बदलामा इजरायलले आफ्नो जेलमा रहेका ६०२ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायल र हमासबीचको सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ। पहिलो चरणमा इजरायली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताएका छन्। डिजिटल करसम्बन्धी आदेशमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने प्रश्नमा ट्रम्पले छिट्टै यस्तो आदेशमा हस्ताक्षर गर्ने जवाफ दिए। उनले भने, ‘हामी त्यो (डिजिटल) कर लगाउने घोषणा गर्दै छौं। अन्य देशहरूमा डिजिटल करका सम्बन्धमा उनीहरूले हामीलाई जे गरिरहेका छन् त्यो ...
: अमेरिकी शहर पेन्सिलभेनियाको यूपीएम्सी मेमोरियल अस्पतालको आईसीयूमा शनिबार बिहान गोलीबारीमा एक प्रहरी अधिकारी र आक्रमणकारीको मृत्यु भएको छ भने ३ जना स्वास्थ्यकर्मीसहित ५ जना घाइते भएका छन्। एक व्यक्तिले अस्पतालको आईसीयूमा प्रवेश गरेर गोली चलाएको छ। आक्रमणकारी ह्यान्डगन र झोला लिएर अस्पतालमा प्रवेश गरेका थिए। आक्रमणकारी सिधै आईसीयूमा गएर गोली चलाएका थिए। गोली लागेर एक ...
— इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी संख्या हो । इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै उक्त कुरा जनाएका हुन्। 'विगत चार वर्षमा न्याय विभागको जति राजनीतिकरण भएको छ पहिले कहिल्यै भएको थिएन । त्यसैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।', उनले ...
: युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा युक्रेनलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। अहिले डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई निशाना बनाएका छन्। सामाजिक सञ्जाल वेबसाइट ट्रुथमा उनले लामो पोस्टमा लेखेका छन्, 'यस बारेमा सोच्नुहोस्, एक सामान्य हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकालाई आफूले जित्न नसक्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको रूपमा व्याख्या गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायतालाई ठगी भएको बताएका हुन्। उनले नेपाललाई संघीयताका लागि दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन्। 'नेपाललाई २० मिलियन डलर संघीयताका लागि दिइएको छ। यो सरासर ठगी हो,' उनले भने। ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस–युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका हुन् । युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा आफू बढी विश्वस्त रहेको ट्रम्पको भनाइ छ । तर मंगलबारको वार्तामा भने युक्रेनी पक्षलाई संलग्न गराइएको थिएन । दुवै देशका ...
— विकसित र शक्तिशाली मुलुकको अग्रस्थानमा रहेको अमेरिकामा बर्सेनि घरबारविहीनको संख्या बढ्दो छ । सामाजिक, आर्थिक, विकासका पूर्वाधार र राजनीतिक रूपमा विकसित अमेरिकामा अतिगरिबीको अवस्था नाघेपछि हुने घरबारविहीनको संख्या बर्सेनि बढ्दै गएको हो । यूएस डिपार्टमेन्ट एन्ड हाउसिङ अर्बन डेभलपमेन्ट (एचडीयू) ले सन् २०२४ मा गरेको गणनाअनुसार अमेरिकामा हाल ७ लाख ७१ हजार ४ सय ८० जना ...