। बेलायतका नयाँ प्रधानमन्त्री किअर स्टार्मरका पिता रोड्ने स्टार्मर कतिसम्मका कट्टर लेबर समर्थक थिए भन्ने कुरा उनले छोराको नाम ‘किअर’ राखेबाटै प्रष्ट हुन्छ ।
‘किअर’ लेबर पार्टीका संस्थापक नेता किअर हार्डीको नामबाट लिइएको थियो । हार्डी लेबर पार्टीका संस्थापक तथा संसदीय दलका पहिलो नेता थिए ।
ट्रेड युनियन आन्दोलन, लेबर पार्टीको संस्थापना र विस्तारको संघर्षमै उनको ...