मुख्य समाचार
विश्व
हिजबुल्लाहका मिसाइल कमाण्डर इब्राहिम कुबैसीको लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा परी मृत्यु भएको जनाइएको छ। उनीसँगै अन्य ५ जनाको पनि मृत्यु भएको छ । इजरायलले लेबनानमा विगत ५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ । यसैबीच हिजबुल्लाहले हिजो राति इजरायलका ८ स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । इजरायलका अनुसार हिजबुल्लाहबाट ५५ रकेट ...
। अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती ...
इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सोमबार लेबनानमा हिजबुल्लाहका १६०० ठाउँलाई लक्षित गरी हवाई हमला गरेको थियो। जसमा १० हजार रकेट नष्ट गरेको दाबी गरिएको छ । यसै क्रममा लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ४९२ जनाको ज्यान गएको जनाएको छ । जसमा ५८ महिला र ३५ बालबालिका रहेका छन् । हमलामा परी १ हजार ६ सय ४५ ...
। नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्देश्यले भारतबाट ३० अपाचे बाइक राइडर नेपाल आएका छन् । भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको बाइकर टोली पोखरा र मुस्ताङको भ्रमण गरी काठमाडौं आइपुगेको हो । काठमाडौं आएको टोलीलाई सोमबार नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरी बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ । फ्लाग अफ ...
। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिशानायकेले शपथ लिएका छन् । शनिबार भएको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । श्रीलंकाका नवौं राष्ट्रपतिका रुपमा उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कोलम्बोबाट करिब १७७ मिलोमिटर टाढा थम्बुथेगामा भन्ने स्थानमा ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञान विषयमा डिग्री हासिल गरेका छन् । उनी ...
। लेबनानमा इजरायलले आक्रमण गर्दा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ महिलाहरु छन् । आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान छ । इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० आश्रयस्थलमा आक्रमण गरेको जनाएको छ । यो आक्रमण ...
। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले ...
हाम्रो पृथ्वीले एउटा नयाँ फुच्चे चन्द्रमा प्राप्त गर्दैछ । तर, अहिलेको चन्द्रमा जस्तै त्यो नयाँ चन्द्रमा लामो समयसम्म रहने छैन । वास्तवमा पृथ्वीले प्राप्त गर्ने सो नयाँ फुच्चे चन्द्रमा एउटा क्षुद्रग्रह हो । जसको नाम २०४५ पिटी ५ हो । यो आकासीय पिण्डले आगामी सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्म चन्द्रमाले जस्तै गरी पृथ्वीको परिक्रमा गर्नेछ ...
: महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताए। ४५औँ सामाजिक सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सुडीले समाजकल्याणको ऐन परिमार्जन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने बताएका हुन्। उनले सामाजिक संघसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्ने बताए। समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्,पछि ...
First Prev ... 117 118 119 120 121 122