मुख्य समाचार
विश्व
। कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले अत्याधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मीसँग एक्लै प्रतिकार गरेको दृश्य त्यस्तो आन्दोलनको चिरस्थायी विम्ब बन्न सक्छ । बंगलादेशमा निरंकुश प्रधानमन्त्री शेख हसिनाको शासन विरुद्ध विद्यार्थीले शुरु गरेको आन्दोलन चर्किरहेका बेला प्रहरीको निशस्त्र प्रतिकार गरिरहेका विद्यार्थी अबु सइदलाई प्रहरीले गोली हानी हत्या गर्‍यो । सरकारी जागिर खाने सपना देखेका ...
— अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा कुक, एकाउन्टेन्ट, सेफलगायतका धेरै दक्ष कामदारलाई सूचीमा अटाइएको छ । अस्ट्रेलियाले आफूलाई चाहिएको जनशक्तिका आधारमा हरेक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ । सूचीमा रहेका व्यवसायमा दक्ष र अस्ट्रेलियाका अध्यागमन नियम तथा कानुनअनुसार योग्यता पुगेका ...
— दक्षिण कोरियामा अप्रत्याशित रूपमा मंगलबार राति संकटकालीन ‘मार्सल’ कानुन लागू गरेका राष्ट्रपति युन सुक येओलले महाभियोगको सामना गर्ने भएका छन् । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युनविरुद्ध बुधबार महाभियोगको प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपति युनले दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी मार्सल कानुन लागू गरेका थिए । तर आफ्नो दल पिपुल्स पावर पार्टी (पीपीपी) सहितका राजनीतिक ...
— दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए । राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् । देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् । उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए । ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका ...
। भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ । लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको ...
— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले 'न्यायको पतन' को संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ ...
। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता पनि ...
। प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जनाउने लक्ष्यका साथ गत २५ नोभेम्बरदेखि दक्षिण कोरियाको बुसानमा एक साता लामो छलफल भएको थियो । तर संयुक्त राष्ट्रसंघका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निश्कर्षमा पुग्न ...
— सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरू भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन् । सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाबाट पराजित विद्रोहीले गत बुधबार अलेप्पोमा आक्रमण गरेका थिए । यो सिरियाली सरकारविरुद्ध ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबीआई) को नयाँ निर्देशक बनाउने बताएका छन् । ट्रम्पले ब्यूरोका गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’को बारेमा आलोचक आफ्ना पूर्वसल्लाहकार समेत रहेका पेन्टागनका अधिकारीलाई एफबीआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् । एफबीआईका ...
। गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । एक स्रोतलाई उल्लेख गर्दै बीबीसीले दुई नेताको भेटलाई पुष्टि गरेको छ । केही दिनअघि ट्रम्पले क्यानडा, चीन र मेक्सिकोमा भन्सार शुल्क थप बढाउने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यान्डाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ...
। डेनमार्कको कार्ल्सबर्ग ग्रुपले साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ । सीएसएपीएल (सिंगापुर) मा रहेको उक्त सेयर नेपाली व्यवसायी सीपी खेतानको स्वामित्वमा थियो । उनले १ खर्ब रुपैयाँ बराबरमा उक्त सेयर कार्ल्सबर्र्ग ग्रुपलाई बेचेका हुन् । यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक ठूलो ‘डिल’ ...
विश्वयुद्धमै परिणत हुने हो कि भनेर आशंका गरिएको पश्चिम एसियामा जारी युद्ध अन्ततः अवतरणतर्फ उन्मुख भएको छ । एक वर्षभन्दा लामो समयदेखि युद्धरत इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएसँगै त्यस क्षेत्रमा शान्ति पुनःस्थापना हुने सम्भावना बढेको छ । विकसित परिस्थितिले लेबनानवासीलाई सबैभन्दा बढी राहत दिएको छ । साथसाथै, युद्धपीडित प्यालेस्टाइनका नागरिकले पनि शान्तिको सास फेर्न ...