मुख्य समाचार
विश्व
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो । संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित ...
: संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित भएका छन्। विमानस्थल नजिकैको एक इलेक्ट्रिकल सबस्टेसनमा आगलागी भएर विद्युत् आपूर्ति विच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरूपमा बन्द गरियो। फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थल बन्द हुँदा कम्तीमा १ हजार ३ सय ५१ उडान रद्द भए। विमानस्थल बन्द गरिने घोषणा गर्दा १ ...
— रुस र युक्रेनबीचको युद्धबारे आगामी सोमबार साउदी अरबमा अमेरिकाले दुवै पक्षसँग छुट्टाछुट्टै वार्ता गर्ने भएको छ । शान्ति वार्ताका लागि हुने त्यो बैठकअघि रुस र युक्रेन भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि वाचा तोडेको आरोप लगाएका छन् । पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा गरेको वाचा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभागलाई बन्द गर्ने निर्देशनसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णय ट्रम्पको चुनावी वाचा मध्ये एक थियो। आदेशमा हस्ताक्षर गरेपछि उनले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं। यसबाट कुनै फाइदा भइरहेको छैन।’ ट्रम्पले लामो समयदेखि शिक्षा विभाग खारेज गर्ने माग गर्दै आएका थिए। यद्यपि, यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि ...
हमासले इजरायलको तेल अभिभमा तीनवटा मिसाइल प्रहार गरेको बताएको छ। इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण भएको जनाइएको छ। इजरायलले भने ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको बताएको छ। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेपछि गाजामा ...
। टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन शुरु भएका छन् । प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर पनि आएको छ । यसको प्रतिक्रियास्वरूप सरकारले देशकै सबैभन्दा ठूलो सहर इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ ...
— इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा हमासविरुद्ध इजरायलले पूरै शक्तिका साथै फेरि लडाइँ सुरु गरेको प्रतिक्रिया दिएका छन् । मंगलबार बिहानदेखि सुरु भएको भीषण हवाई आक्रमणपछि मंगलबार राति उनले यस्तै प्रतिक्रिया दिएका हुन् । एक भिडियो जारी गर्दै उनले हमासविरुद्धको आक्रमण यो सुरुवात मात्र भएको चेतावनीसमेत दिएका छन् । आफ्नो बयानमा नेतान्याहुले इजरायली बन्धकलाई रिहान गर्नका लागि ...
— इजरायली सेनाले गाजा क्षेत्रमा गरेको आक्रमणमा बुधबार १३ जनाको ज्यान गएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल (आईडीएफ)ले थप आक्रमण गरेको हो । प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार अल-मावासी आवासीय क्षेत्रनजिकैको अस्थाई शिविरमा गरिएको ड्रोन आक्रमणमा दुई जनाको ज्यान गएको हो । घटनामा पाँच ...
— रुसी सेनाले बुधबार युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिना लामो युद्धविराम प्रस्ताव अस्वीकार गरेसँगै रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण गरेको हो । पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको केही घण्टामा सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । बीबीसीका ...
— रुसले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसका लागि सहमत भएका हुन् । तर पुटिनले ३० दिने युद्धविरामको अवधिमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका छन् । त्यस्तै, ट्रम्प र पुटिनबीच 'ब्ल्याक सी'मा ...
— तीन महिनाअघि ‘डिपसिक’ सार्वजनिक हुँदा यो एआई प्लाटफर्म, अमेरिकी कम्पनी ओपेनएआईको च्याटजीपीटीभन्दा सस्तो लागत र न्यून कम्प्युटिङ पावरमा निमार्ण गरिएको भनेर व्यापक चर्चा भयो । त्यसयता चीनमा डिपसिकभन्दा पनि सस्तो लगानीमा बनाइएका एआई टुलहरू एकपछि अर्को गर्दै धमाधम सार्वजनिक भइरहेका छन् । सोमबार मात्रै चिनियाँ कम्पनी बाइडुले दुईटा नयाँ एआई मोडेल सार्वजनिक गरेको छ । ...
: इजरायली हवाई आक्रमणबाट गाजा पट्टीका विभिन्न स्थानमा मारिने प्यालेस्टाइनीको संख्या ४१३ पुगेको छ। गाजास्थित स्वास्थ्य अधिकारीका अनुसार आक्रमणमा कम्तीमा ५६२ प्यालेस्टाइनी पनि घाइते भएका छन्। धेरै पीडित अझै पनि भग्नावशेषमा फसेका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको स्वास्थ्य अधिकारीहरूले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘यस समयमा, आईडीएफ (इजरायल रक्षा बल) र शिन बेटले गाजा पट्टीभरि ...
: अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षमा बिताएपछि आज पृथ्वीमा फर्किएका छन्। बिहान सवा ३ बजे चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तट नजिकै समुद्रमा अवतरण गरेको बीबीसी समाचारमा उल्लेख छ। अन्तरिक्षयानबाट बाहिर निस्किंदा दुबै अन्तरिक्षयात्रीको अनुहारमा खुसी देखिन्थ्यो। iss बाट छुटेको १७ घण्टापछि उनीहरु पृथ्वी आइपुगेका हुन्। उनीहरुलाई बोकेको अन्तरिक्षयान द्रुत गतिमा पृथ्वीको ...
इजरायलले गाजामा फेरि आक्रमण सुरु गरेको छ। इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना ...
स्पेसएक्सको अन्तरिक्ष यान ड्रयागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अनडक (अलग्गिएको)भएको छ। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रापछि पृथ्वीमा फर्कनेछन्। उनीहरुसँगै नासाका अन्तरिक्ष यात्री निक हग र रूसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्ज्याण्डर गोर्बुनोभ पनि फर्कनेछन्। यो अन्तरिक्षयानको फिर्ताको अनुमानित समय हो। सुनिता विलियम्स र बुच विल्मोर जुन ५, २०२४ मा ...
। इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै ...
First Prev ... 9 10 11 12 13 14 15 16 17 18 19 ... Next Last