मुख्य समाचार
विश्व
। भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पको धक्काले मानवीय र भौतिक क्षति व्यापक भएको अनुमान गरिएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने हालसम्म ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको जानकारी दिएकी छन् । खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अनुमान छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यसअघि भूकम्पका कारण ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा नाटोमा आबद्ध युरोपेली सहयोगी राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई साथ नदिएको बताएका छन्। ह्वाइट हाउसमा नाटोका महासचिव मार्क रुट्टेसँगको बैठकका क्रममा ट्रम्पले भने, ‘हामीलाई धोका भयो। वास्तवमा यस मामिलामा हामीलाई कसैको सहयोगको आवश्यकता नै थिएन ।’ उनले अगाडि थपे, ‘तर, उनीहरूले ‘हामी सहयोग गर्न चाहन्छौँ’ मात्र भनिदिएको भए पनि राम्रो ...
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव मार्क रूटेबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधवार अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो । भेटका क्रममा महासचिव रुटेले इरान युद्धबारे आफ्नो धारणा राखेका छन् । इरानको विषयमा ट्रम्पले चालेको कदम महत्वपूर्ण रहेको रुटेको भनाइ थियो । ‘सबैभन्दा पहिलो कुरा इरानले लगभग ...
। पाकिस्तानले रक्षा बजेट १८ प्रतिशतले बढाएर ३ हजार अर्ब रुपैयाँ (३ ट्रिलियन) पुर्‍याउने तयारी गरेको छ । जुन २०२६ मा पाकिस्तान सरकारले सांसदहरू समक्ष प्रस्तुत गरेको बजेटको मस्यौदामा रक्षा बजेट वृद्धिको प्रस्ताव छ । पाकिस्तानका अर्थमन्त्री मोहम्मद औरंगजेबले क्षेत्रीय अनिश्चितताका कारण देशलाई थप सुदृढ बनाउने उद्देश्यले रक्षा बजेट बढाउन लागेको बताएका छन् । पाकिस्तानको नयाँ आर्थिक ...
। इरानले आपसी सम्मान र एक–अर्काको आन्तरिक मामिलामा दबाब नदिने सिद्धान्तमा इस्लामिक देशहरूका साथ सम्बन्ध बढाउन तयार रहेको बताएको छ । इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले अजरबैजानको राजधानी बाकुमा आयोजित इस्लामिक सहयोग संगठन (ओआईसी) का सदस्य राष्ट्रहरूको संसदीय संघको सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘क्षेत्रको सुरक्षा प्रबन्ध बाहिरबाट ल्याइनु हुँदैन,’ उनले भने, ‘स्थानीय स्तरमै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको प्राइमरी निर्वाचन परिणामको अनुसन्धान गर्न त्यहाँका संघीय अभियोजक (प्रोसीक्युटर) लाई फोन गरेको कुरा स्वीकार गरेका छन्। उनले मंगलबार पेन्सिलभेनियामा आयोजित एउटा र्‍यालीमा बोल्दै आफ्नो हस्तक्षेपका कारण नै रिपब्लिकन उम्मेदवार स्टिभ हिल्टन गभर्नर पदको प्रतिस्पर्धामा दोस्रो चरण (रनअफ) का लागि छनोट भएको बिना प्रमाण दाबी गरेका छन्। क्यालिफोर्नियाको चुनावी नतिजाले डेमोक्र्याट उम्मेदवार ...
। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा अगाडि बढ्नु नै यो प्रविधिको ‘सबैभन्दा ठूलो जोखिम’ भएको बताएका छन्। यस जोखिमका अगाडि रोजगारी गुम्ने वा सुरक्षासम्बन्धी अन्य चिन्ताहरू गौण रहेको उनको भनाइ छ। ‘इकोनोमिक क्लब अफ न्युयोर्क’ मा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री बेसेन्टले भने, ‘एआईको सबैभन्दा ठूलो जोखिम भनेको चीन हामीभन्दा अगाडि निस्कनु हो।’ चीन ...
: सत्तारूढ वर्कर्स पार्टीको यस हप्ता सम्पन्न बैठकमा किम जोङ–उनले उत्तर कोरियाको आणविक शक्तिलाई निरन्तर विस्तार गर्नु नै ‘बढ्दो अस्थिर विश्वसँग सामना गर्ने सबैभन्दा सही र एक मात्र बाटो’ भएको बताएका छन् । उनले यो भनाइ अमेरिका र उसका सहयोगी देशहरूबाट बढ्दो खतरा रहेको दाबी गर्दै दिएका हुन् । यो टिप्पणी पछिल्ला केही हप्तादेखि उत्तर कोरियाली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ड्रिम प्रोजेक्ट मानिएको महत्वाकांक्षी मिसाइल डिफेन्स सिस्टम 'गोल्डेन डोम'को पहिलो 'लाइभ इन्टरसेप्ट टेस्ट' सफलतापूर्वक सम्पन्न भएको छ। यो सफलतासँगै अमेरिकाले भविष्यमा सम्भावित हवाई तथा अन्तरिक्ष आक्रमणहरू विरुद्ध एउटा अभेद्य र अत्याधुनिक सुरक्षा कवच पाउने बाटो खुलेको छ। के हो 'गोल्डेन डोम' ? इजरायलको 'आयरन डोम' प्रणालीले विश्वभर आफ्नो प्रभावकारिता प्रमाणित गरिसकेको ...
: चीनको एक सुपर कम्प्युटरले अमेरिकी प्रतिस्पर्धीहरूलाई पछि पार्दै विश्वकै सबैभन्दा शक्तिशाली कम्प्युटरको स्थान हासिल गरेको छ । सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ कम्प्युटरले विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरहरूको सूचीमा शीर्ष स्थान ओगटेको हो, जसलाई प्रायः कुनै राष्ट्रको प्राविधिक क्षमताको सूचकका रूपमा हेरिन्छ । चीनको शेन्जेनस्थित लाइन साइन सुपर कम्प्युटरले मंगलबार सार्वजनिक गरिएको टप ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले एक-अर्काको इच्छा अनुसार मात्र सबै काम नगर्ने स्पष्ट पारेका छन्। उनले आफ्नो सेना जबसम्म आवश्यक हुन्छ, तबसम्म दक्षिणी लेबनानमा रहने कुरालाई पुनः दोहोर्‍याएका छन्। नेतन्याहुले भनेका छन्, ‘हामी स्वतन्त्र र गौरवशाली देशका नेता हौँ। कहिलेकाहीँ हाम्रा विचारहरू एक-अर्कासँग फरक हुन सक्छन्। हामी आफ्ना हितहरूका लागि ...
: अमेरिका र इरानबीच मध्यपूर्वमा भएको द्वन्द्व अन्त्य गर्न एक सम्झौतामा सहमति भएको छ । साथै, दुवै देशबीच आगामी ६० दिनभित्र स्थायी सम्झौता लागू गर्ने विषयमा वार्ता जारी छ । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि यो जलमार्ग प्रभावित भएको थियो । विश्वको करिब २० प्रतिशत तेल सामान्यतया यही जलडमरूमध्यबाट भएर जान्छ । होर्मुजबाट आपूर्ति प्रभावित हुँदा ...
। रुसी विदेशमन्त्री सर्गेई लावरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता चाँडै गराउन सकिने रुसका उप-विदेशमन्त्री सर्गेई र्याबकोभले बताएका छन् । सञ्चार माध्यम ‘इज्वेस्टिया’सँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘टेलिफोनमार्फत यस्ता वार्ताहरू निकै चाँडो व्यवस्थापन गर्न सकिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा हामीले यस्ता प्रमाणहरू बारम्बार देखिसकेका छौँ। यसअघि आमनेसामने ...
: पछिल्लो हप्ता जारी गरिएको एउटा समझदारीपत्र (एमओयु) ले इरानप्रति धेरै झुकाव देखाएको जस्तो देखिए पनि ट्रम्प प्रशासनले वार्तामा इरानले अन्य महत्वपूर्ण सहमति जनाएको दाबी गरिरहेको छ । तर समस्या के छ भने ती कुनै पनि सहमतिहरू उक्त एमओयुमा देखिँदैनन् र इरानले पनि ती सबै अस्वीकार गरिरहेको छ । ट्रम्प प्रशासन आफैंको विश्वसनीयता सम्बन्धी समस्याहरूलाई ...
। फ्रान्स र युरोपका अन्य भागहरूमा भएकोअत्यधिक गर्मी (हिटवेभ)बाट बच्न असुरक्षित क्षेत्रमा पौडी खेल्ने क्रममा फ्रान्समा कम्तीमा ४० जनाको डुबेर मृत्यु भएको छ। फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले मंगलबार आयोजित एउटा संकटकालीन बैठकपछि बोल्दै गत बिहीबारदेखि मृत्यु हुनेहरूमा धेरैजसो युवाहरू रहेको बताएका छन्। देशका अधिकांश भागहरूमा तापक्रम करिब ४० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको दिन उनले यस ...
: पाकिस्तानको बलुचिस्तान प्रान्तमा जबरजस्ती बेपत्ता पारिएका घटनाविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएकी एक प्रमुख मानवअधिकारवादी कार्यकर्तालाई २०२४ मा भएको एक र्‍यालीमा एक अर्धसैनिक सैनिकको हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको छ । बलुचिस्तान युनिटी कमिटीकी नेता महरङ बलोचलाई उनका सहकर्मी सिब्घतुल्लाहसँगै हत्या र आतंकवादको मुद्दामा दोषी ठहर गरिएको हो । अभियोजकहरूले दुवै ...
First Prev ... 9 10 11 12 13 14 15 16 17 18 19 ... Next Last