मुख्य समाचार
विश्व
। इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ। अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो । यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। धेरै घर र सडकहरूमा पनि क्षति पुगेको छ। लगत्तै, इजरायलले ...
। मध्यपूर्वमा चलिरहेको तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। सामाजिक सञ्जाल एक्समा विदेश मन्त्रालयले अपिल गर्दै भनेको छ, ‘विश्वभर र विशेषगरी मध्यपूर्वमा बसिरहेका हाम्रा नागरिकहरूलाई थप सावधानी अपनाउन आग्रह गर्दछौं ।’ यसमा भनिएको छ, ‘समय-समयमा हवाई मार्ग बन्द हुँदा उनीहरूको यात्रामा अवरोध आउन सक्छ। मध्यपूर्व बाहिर पनि ...
। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा हमला भए तेल ढुवानीको जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द गरिने बताएको छ । इरानका विदेशमन्त्री अब्बास अरघचीले हाल होर्मुज स्ट्रेट बन्द नरहेको तर, अमेरिका र इजरायलको व्यवहारका कारण उक्त माग भएर समुद्री जहाजहरू अवागमनमा हिच्किचाइरहेका बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
। मध्य पूर्वमा जारी युद्धका बीच कयौं खाडी मुलुकहरूले मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका छन् । बीबीसीका अनुसार खाडी मुलुकहरू बहराइन, यूएई र कुवेतले इरानबाट भइरहेको मिसाइल र ड्रोन हमलाबारे सूचना जारी गरेका हुन् । बहराइनको गृह मन्त्रालयले सोशल मिडिया पोस्टमा भनेको छ, ‘अलार्म सायरनलाई सक्रिय गरिसकेको छ । नागरिकसँग हामीले शान्त रहन र नजिकको ...
— नेपाल–चीन सीमानाका तातोपानी क्षेत्रको अनुगमनपछि वन तथा वातावरण, भौतिक पूर्वाधार एवं यातायातमन्त्री माधवप्रसाद चौलागाईंले कोदारी राजमार्गलाई व्यवस्थित बनाउँदै खासा नाका सञ्चालनका लागि पहल गर्ने बताएका छन् । शनिबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौलागाईंले चीनसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत विभिन्न खण्डमा देखिएको पहिरो जोखिमलाई दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले पहिरो नियन्त्रणका लागि ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग खुला नगरे इरानका ऊर्जा केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै उनले विश्वव्यापी तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग ४८ घण्टाभित्र कुनै पनि धम्कीबिना पूर्ण रूपमा खुला गर्नुपर्ने बताएका हुन्। ‘अहिलेको यही क्षणदेखि इरानसँग ४८ घण्टा समय छ, जसअन्तर्गत उसले उक्त ...
— भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको शीर्ष विधायिका निकाय हो, तर यसले मुख्यतया सत्तारुढ कम्युनिस्ट पार्टीले गरेका निर्णयहरूलाई अनुमोदन गर्दछ । मतदाताहरूले आइतबार आफ्नो मतदान गरे र शनिबार आधिकारिक परिणामले केवल १८ निर्वाचित व्यक्तिहरू गैर–कम्युनिस्ट पार्टीका सदस्य भएको देखिएको छ । ...
— इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलको ‘मागेन डेविड एडोम’ नामक आपतकालीन सेवाले दक्षिणी सहर अरदमा इरानी मिसाइल हमलाबाट ठूलो क्षति भएको जनाएको छ। इरानको आक्रमणपछि ८८ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये १० जना गम्भीर घाइते, १९ जना मध्यम घाइते र ५५ जनालाई सामान्य चोट लागेको छ। हमलापछि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले अरदका मेयरसँग ...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसूद पेजेश्कियानबीच आज टेलिफोनमा कुराकानी भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री मोदीले इद र नौरोजको शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति मसूद पेजेश्कियानसँग कुरा गरें र इद र नौरोजको शुभकामना दिएँ। हामीले आशा व्यक्त गर्यौं कि यो चाडपर्वको मौसमले पश्चिम एसियामा शान्ति, स्थिरता र ...
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले इजरायली एफ-१६ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार इरानको आइआरएनए समाचार एजेन्सीले आईआरजीसीलाई उद्धृत गर्दै विमानलाई बिहान पौने ४ बजे क्रान्तिकारी गार्डको आधुनिक हवाई रक्षा प्रणालीले प्रहार गरेको उल्लेख गरेको छ। आईआरजीसीले युद्ध सुरु भएदेखि लक्षित गरिएको यो तेस्रो लडाकु विमान भएको दाबी गरेको ...
: मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका आक्रमणका कारण युद्धको पहिलो दुई हप्तामा करिब ८०० मिलियन डलर (झण्डै ७५ अर्ब २० करोड रुपैयाँ) बराबरको क्षति भएको एक नयाँ विश्लेषणले देखाएको छ । सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजको रिपोर्ट र बीबीसीको विश्लेषण अनुसार, यो क्षतिको ठूलो हिस्सा पहिलो हप्तामै भएको थियो, जब अमेरिका र इजरायलले युद्ध ...
— इरानले इजरायलको दक्षिणी सहर अरदमा मिसाइल आक्रमण गरेर ठूलो क्षति पुर्‍याएपछि त्यहाँ सबै विद्यालय बन्द हुने भएका छन्। इजरायलका शिक्षामन्त्रीले डिमोना र अरदमा भएको इरानी हमलापछि आफूले होम फ्रन्ट कमान्डका मेजर जनरलसँग सल्लाह गरेर यस्तो निर्णय लिएको बताएका छन्। ‘आइतबार र सोमबार सबै प्रकारका छुटहरू रद्द गरिनेछन् र कुनै पनि भौतिक कक्षाका लागि अनुमति दिइने छैन,’ ...
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
First Prev ... 10 11 12 13 14 15 16 17 18 19 20 ... Next Last