मुख्य समाचार
विश्व
: अमेरिका र इरानबीच तनाव कम गर्ने प्रयासस्वरूप स्विट्जरल्याण्डमा वार्ता चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच वाकयुद्ध चर्किएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिएको धम्कीप्रति इरानका मुख्य वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बगर गालिबाफले कडा प्रतिक्रिया जनाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेखेका थिए, 'यदि इरानले लेबनानमा इजरायलविरुद्ध लडिरहेको हिजबुल्लाहलाई ...
। अमेरिका र इरानबीच युद्ध समाप्तिका लागि स्विट्जरल्यान्डमा वार्ता चलिरहेको छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् । धम्कीप्रति आपत्ति जनाउँदै इरानका मुख्य वार्ताकारसमेत रहेका संसद् सभामुख मोहम्मद बगर गालिबाफले जवाफ फर्काएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका थिए, ‘यदि इरानले लेबनानमा इजरायलसँग लड्दै आएको हिज्बुल्लाहलाई नरोके ...
: इरानसँगको अमेरिका–इजरायल युद्ध अन्त्य गर्न अहिले सम्झौता भइसकेको छ । आधिकारिक तथ्याङ्कअनुसार फेब्रुअरीदेखि सुरु भएको यस युद्धमा मध्यपूर्वभरि ७,३०० बढी मानिसको ज्यान गएको छ । फेब्रुअरी २८ देखि इरान र लेबनानमा मात्रै ७,३०० बढी मानिस मारिएका छन् । दुवै देशका सरकारी प्रतिवेदनअनुसार मृतकमध्ये सयौं बालबालिका र दर्जनौं स्वास्थ्यकर्मी पनि छन् । साथै क्षेत्रका अन्य देशहरूमा ...
। पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार मस्को र कीभबीच पछिल्ला हप्ताहरूमा एक अर्कामाथिको आक्रमण तीव्र बनेका छन्, जबकि सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको वार्ता प्रभावकारी रूपमा स्थिर रहेको छ । डिनिप्रोपेट्रोभ्स्क क्षेत्रका क्षेत्रीय सैन्य प्रशासन ...
। इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाइने जनाएको छ । इरानको सरकारी समाचार संस्था ‘इर्ना’ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताए । उनका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय, ...
। महिनाौँदेखि बढ्दै गएको हिंसालाई रोक्ने उद्देश्यले हिजबुल्लाहसँग युद्धविराम सम्झौता लागू भएको भोलिपल्टै शनिबार इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। लेबनानको राज्य नियन्त्रित समाचार एजेन्सी ‘एनएनए’ ले यसबारे जानकारी दिएको हो। इजरायलले इरान समर्थित समूह हिजबुल्लाहले रातभर गरेको क्षेप्यास्त्र प्रहारको जवाफमा आफूले यो कदम चालेको दाबी गरेको छ। एक इजरायली ...
। पोल्याण्ड र युक्रेनबीच बढ्दै गएको पछिल्लो विवादले युक्रेनमाथि लाग्दै आएको नव-नाजीवाद को आरोपलाई थप बलियो बनाएको रुसको दाबी छ । रुसी सङ्घीय परिषद्को सूचना नीति आयोगका प्रमुख अलेक्सी पुस्कोभले यस विवादका कारण युक्रेनविरुद्ध रुसले उठाउँदै आएका तर्कहरूका पक्षमा अन्तर्राष्ट्रिय स्तरमै नयाँ समर्थकहरू थपिँदै गएको बताएका छन्। पुस्कोभले आफ्नो टेलिग्राम च्यानलमा लेख्दै युक्रेनले हिटलरसँग सहकार्य गर्ने आफ्ना ...
। अमेरिकासँग युद्धविराम सहमति गरेको इरानले फेरि होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको छ । इरानको युद्ध हेर्ने निकाय आतम अल अम्बिया मुख्यालयले होर्मुज स्ट्रेट जहाजहरूका लागि पुन बन्द गर्न लागेको बताएको हो । बीबीसीका अनुसार अल अम्बिया मुख्यालयले अमेरिकासँग भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन भएकाले होर्मुज स्ट्रेट फेरि बन्द गर्नुपरेको बताएको छ । उसले इजरायलले ...
। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) जलमार्ग पुन: बन्द गरेको इरानले जनाएको छ । तर अमेरिकी सेनाले भने जलमार्ग खुल्ला रहेको र जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको जनाएको छ । सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् । हेजबुल्लाह र इजरायलबीच नयाँ युद्धविराम घोषणा ...
। अविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् । वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार वाशिङ्टनबाट प्रस्थान गरेको रोयटर्सले जनाएको छ । यसअघि जेडी भान्सको स्वीटजरल्याण्ड यात्रा अन्तिम समयमा ...
: लेबनानमा चर्किएको भीषण सैन्य भिडन्तका कारण संकटमा परेको अमेरिका-इरान शान्ति वार्तालाई बचाउन इजरायल र हिजबुल्लाह युद्धविराम नवीकरण गर्न सहमत भएका छन्। दुवै पक्षले युद्धविरामको पालना गर्ने प्रतिबद्धता जनाए पनि एकअर्कालाई उल्लंघन नगर्न चेतावनी समेत दिएका छन्। लेबनानी अधिकारीहरूका अनुसार युद्धविराम नवीकरण हुनुअघि शुक्रबार भएको इजरायली हवाई आक्रमण चालू द्वन्द्वकै दोस्रो सबैभन्दा घातक र विनाशकारी रहेको ...
: इरान-अमेरिका सम्झौतापछि यसै साता 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा आएको छ। यद्यपि, विश्व अझै पनि तेल संकटबाट पूर्ण रूपमा मुक्त भइसकेको छैन। एनालिटिक्स फर्म 'केपलर' को प्रतिवेदन अनुसार, करिब चार महिना चलेको युद्धका कारण विश्व बजारबाट ११५ करोड ब्यारेल तेलको आपूर्ति गायब भएको छ। यसको असर आगामी केही महिनासम्म देखिन सक्ने अनुमान गरिएको छ। प्रतिवेदनका ...
: अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी गरेका छन् । यो सहमति दक्षिणी लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणपछि आएको हो, जसमा ४७ जनाको मृत्यु भएको बताइएको छ । युद्धविरामको घोषणा हुनु अघि भएका झडपहरूमा हिज्बुल्लाहले लेबनानभित्र चार जना इजरायली सैनिकलाई मार्न सफल भएको जनाएको थियो । यी घटनाले अमेरिका–इरान युद्ध अन्त्य ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार म्यारील्यान्डको जोइन्ट बेस एन्ड्र्युजमा रहेको ह्याङ्गरमा नयाँ अस्थायी एयर फोर्स वान सार्वजनिक गरेका छन् । यो घोषणा त्यही दिन गरिएको हो, जुन दिन ह्वाइट हाउसले ३० वर्षभन्दा बढी समयदेखि राष्ट्रपति बोक्दै आएको दुईमध्ये एउटा बोइङ–७४७ लाई विदाई दिएको थियो । नयाँ विमानलाई भीसी–२५ बी नाम दिइएको छ र यसलाई रातो, ...
। बेलायतको बेडफोर्ड निजकै ईस्ट मिडल्यान्ड्स रेलवेका दुई ट्रेन ठोक्किँएका छन् । कार्बीबाट लन्डन सेन्ट पेनक्रसका लागि छुटेको र नाटिंघमबाट लन्डन सेन्ट पेनक्रस आउँदै गरेको ट्रेन एकआपसमा ठोक्किएका हुन् । स्थानीय समयअनुसार ब्रिटिश ट्रान्सपोर्ट पुलिसलाई शुक्रबार बेलुकी ५ः१५ बजे दुर्घटनाको सूचना आएको थियो । नेशनल युनियन अफ रेल, मेरीटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्सले दुर्घटनाको पुष्टि गर्दै एक ट्रेन चालकको ...
। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ । अमेरिकाका एक वरिष्ठ अधिकारीलाई उधृत गर्दै बीबीसीले युद्धविराम सहमति बनेको समाचार प्रकाशित गरेको छ । यो सम्झौता स्थानीय समयअनुसार शुक्रबार साँझ ४ बजेबाट लागु हुने समाचारमा उल्लेख छ । इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले एक वक्तव्यमार्फत युद्धविरामबारे जानकारी दिएका छन् । ‘हामी युद्धविरामको स्थितिमा छौं ...
First Prev ... 11 12 13 14 15 16 17 18 19 20 21 ... Next Last