मुख्य समाचार
विश्व
: भारतले बुधबार ओडिशाको तटमा रहेको चण्डीपुरस्थित लक्षित परीक्षण क्षेत्रबाट आफ्नो अग्नि–५ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ। यो क्षेप्यास्त्र परीक्षणले देशको रणनीतिक रक्षा क्षमतालाई बढाएको छ। अधिकारीहरूले रणनीतिक बल कमाण्डको तत्वावधानमा गरिएको यस प्रक्षेपणमा क्षेप्यास्त्रको सबै सञ्चालन र प्राविधिक प्यारामिटर पुष्टि गरिएको बताए। अग्नि–५ भारतको रक्षा अनुसन्धान तथा विकास संगठनद्वारा विकसित गरिएको ...
। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको हो । गलवान उपत्यकामा भएको ...
। अफगानिस्तानमा बसमा दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए । तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् । बसमा सवारमा सबैको ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताएका छन् । भारतको दुईदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि मोदीले सामाजिक सञ्जाल एक्समा आफूले चीन भ्रमणको निमन्त्रणा स्वीकारेको समेत उल्लेख गरेका छन् । रुसी तेल खरिद गरेर युद्ध अपराधलाई सघाएको आरोप लगाउँदै अमेरिकाले भारतमाथि भन्सार शुल्क बढाएर दबाव दिइरहेका ...
। भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा विवाद समाधानका उपाय खोज्नेछ । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले मंगलबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको भेटवार्तामा विशेषज्ञ समिति बनाउने निर्णय भएको हो । चिनियाँ परराष्ट्र मन्त्री वाङ यी अगस्ट १८ मा ...
। फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए । पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो । सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत ...
अझै जीवित छ १००० वर्ष पुरानो ‘गाउँ पूजा’
। हमासले गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ । अल जजिराका अनुसार, गाजामा इजरायलको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न वार्ता फेरि सुरु गर्न तयार भएको हमासले जनाएको हो । गाजा युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ । पछिल्लो समय इजरायलले गरेको नाकाबन्दीले बढेको भोकमरी बीच थप ठूलो विस्थापनको खतरा ...
। म्यानमारको सैनिक सरकारले आगामी डिसेम्बरमा आम चुनाव गराउने घोषणा गरेको छ । सैनिक सरकार प्रमुख जनरल मिन आङ ह्वाइङले आगामी डिसेम्बर २८ मा आम चुनाव घोषणा गरेका हुन् । म्यानमारमा सन् २०२१ मा सैनिक कू भएपछि पहिलो पटक चुनाव गराउन लागिएको हो । सन् २०२१ मा सेनाले सत्ता कब्जा गर्दै लोकतान्त्रिक चुनावबाट निर्वाचित नेता आङ साङ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीसँग भेटको पूर्वसन्ध्यामा ट्रम्पले युद्ध अन्त्य गरेर शान्ति सम्झौता गर्न युक्रेन नेटोमा सामेल हुन नपाउने शर्त अघि सारेका हुन् । ट्रम्पले भनेका छन्, ‘यदि उनी (जेलेन्स्की)चाहन्छन् भने तुरुन्तै रूससँगको युद्ध अन्त्य गर्न सक्छन् ।’ ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग ...
। गत शुक्रबार अलास्कामा रूसी राष्ट्रपति पुटिनसँग भेटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग ह्वाइट हाउसमा भेटवार्ता गरे । यस पटक दुवै नेताबीच यसअघि जस्तो घोचपेच चलेन बरू बढी तालमेल देखियो । जेलेन्स्की सुटमा देखिएपछि यसबारे पत्रकारले उनीसँग प्रश्न पनि सोधे। पत्रकारहरूसँगको भेटमा अधिकांश प्रश्नमा ट्रम्प नै बोलिरहे । युद्धविरामबारे ट्रम्पले भने, ‘कुनै ...
। अमेरिकाले ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको हो । मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित ...
— युक्रेनमा रुसी हमला अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टन पुग्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार भएको शिखर वार्तापछि ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि युक्रेन युद्ध अन्त्यका सम्बन्धमा सोमबार भेटवार्ता गर्ने कार्यक्रम तय छ । पुटिनसँगको शिखर वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम ...
— गाजाको नागरिक सुरक्षा विभागले आइतबार इजरायली हवाई आक्रमण र गोलीबारीमा कम्तीमा १८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ । प्रवक्ता महमुद बासलका अनुसार, गाजा सिटीको एक अस्पताल परिसरमा ड्रोन आक्रमण हुँदा ७ जनाको ज्यान गएको हो । ती मृतकहरू हमासका सदस्य रहेको जनाइएको छ, जो खाद्यान्न वितरण र सुरक्षाको जिम्मेवारीमा रहेका थिए । दक्षिण गाजाको खान ...
— उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् । हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् । 'बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै ...
: अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसका लागि भिजिट भिसा बन्द गरेको छ। मन्त्रालयले विरामको अस्थायी उपचार र मानवीय आधारमा निश्चित भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षा गर्न भिजिट भिसा बन्द गरिएको जनाएको छ। केही प्यालेस्टिनी अधिकार समूहले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्। प्यालेस्टिनी बाल राहत कोषले एक विज्ञप्ति ...
First Prev ... 12 13 14 15 16 17 18 19 20 21 22 ... Next Last