मुख्य समाचार
विश्व
— रुसको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ । मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, 'मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि ...
— अलास्कामा अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिको भेट–वार्ता निष्कर्षविहीन बनेपछि युक्रेनका राष्ट्रपति अमेरिका जाने भएका छन् । ट्रम्पले जेलेन्स्कीसँग टेलिफोन वार्ता गरी वासिङ्टन बोलाएपछि उनी अमेरिका जान लागेका हुन् । बीबीसीका अनुसार उनी सोमबार वासिङ्टनका लागि उड्दै छन् । शनिबार बिहान राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच अलास्कामा तीन घन्टा वार्ता भएको थियो । उनीहरुको वार्तामा युद्ध विरामबारे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटलाई ʻ१० मध्ये १०ʼ मूल्याङ्कन दिएका छन्। उनले भने, ʻहाम्रो बैठक धेरै राम्रो रह्यो। अब युरोपेली सहभागिताको साथ सम्झौतामा पुग्ने जिम्मा जेलेन्स्कीको हो।ʼ ट्रम्पले थप भने, ʻरूस र युक्रेनले अर्को वार्ता गर्नेछन्। यसमा भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवै सहभागी हुनेछन्। अब के हुन्छ हेरौं।ʼ फक्स न्यूजसँग कुरा ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो कुराकानीबारेमा जानकारी दिएका छन्। उनले युद्धविराम, युक्रेनी युद्धबन्दीहरूको रिहाइ र लडाइँ जारी रहेसम्म रुसमाथि दबाब जारी राख्न आह्वान गरेका छन्। उनले आफू रुससँग दिगो शान्तिको खोजीमा रहेको बताए। ʻराष्ट्रपति ट्रम्पसँगको कुराकानीमा मैले त्रिपक्षीय बैठक भएन वा रुसले युद्धको इमानदार अन्त्यबाट बच्न खोज्यो भने रूसमाथि प्रतिबन्धहरू अझ कडा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अलास्कामा महत्त्वपूर्ण भेटवार्ता भएको छ। भेटवार्तालाई युक्रेन युद्धमा शान्तिका लागि एक महत्त्वपूर्ण कदम मानिएको थियो। तर युद्धविराम भएन। करिब तीन घण्टासम्म चलेको बैठकले केही प्रश्न उठाएको छ भने थोरै उत्तर दिएको छ। यस्ता छन् अलास्कामा भएको बैठकसँग सम्बन्धित पाँच महत्त्वपूर्ण कुरा १. पुटिन रातो कार्पेटबाट विश्व ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आलस्कामा भेट्दै छन् । अलजजिराका अनुसार अलास्कामा स्थानीय समयअनुसार बिहान ११ : ३० बजे (नेपाली समय शनिबार बिहान सवा १ बजे) दुई नेताबीच वार्ता सुरु हुनेछ । रुसतर्फबाट विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री आन्द्रेई बेलोउसुभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ, राष्ट्रपति पुटिनका सहायक युरी उशाकोभ र विशेष आर्थिक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने बताएका छन् । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग हुने शिखर वार्ताबारे फक्स न्यूज रेडियोसँग कुरा गर्दै ट्रम्पले छलफल सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई फोन गरी दोस्रो बैठकको तयारी गर्ने बताएका हुन् । उनका अनुसार यस्तो बैठक अलास्कासहित विभिन्न स्थानमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत्वको टोली प्रस्थान गरेर अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४ले देखाएको हो । महाशक्ति राष्ट्रका दुई शिर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्काको सबभन्दा ठूलो शहर एंकोरेजमा भेटवार्ता ...
। बेलायत, फ्रान्स र जर्मनीले परमाणु सम्झौताका लागि पुन: वार्तामा नआए इरानमाथि पुराना प्रतिबन्धहरू ब्युँत्याउन चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघलाई जानकारी गराउँदै यी तीन देशले आगामी अगस्ट महिनाको अन्त्यसम्म परमाणु कार्यक्रमबारे पुन: वार्तामा नआए कठोर प्रतिबन्ध लगाउन चेतावनी दिएका हुन् । बेलायत, फ्रान्स र जर्मनीलाई ‘ई थ्री’ नामले पनि सम्बोधन गर्ने चलन छ । यी तीन ...
। दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र ३ जना महिलासहित ९ जनाको मृत्यु भएको छ । अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपरसम्मका भवनहरू क्षतिग्रस्त भएको बताए । ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् । सार्वजनिक सुरक्षा ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विङ्गलले शिष्टाचार भेट गरेका छन् । आज भएको भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा एमसिसीको सहयोगप्रति आभार व्यक्त गरे । उनले एमसिसी परियोजनाका लागि गरेको सहकार्यको प्रशंसा गरे । मन्त्री खड्काले एमसिसी परियोजना सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन ...
। भारतको राजस्थानमा पिकअप भ्यान र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृतकमध्ये सात जना बालबालिका र ४ जना महिला छन् । प्रहरीका अनुसार उनीहरू सबै जना पिकभ्यानमा सवार थिए । उक्त भ्यान पार्किङ गरी राखिएको ट्रकमा गएर ठोक्किएको थियो । दौसा जिल्लाका प्रहरीले पीटीआईलाई दिएको ...
— भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित धरालीमा ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) सँगै आएको बाढीले तहस नहस गरेको एक साता बितेको छ । साउन २० मा खीरगंगा नदीमा आएको भीषण बाढीले धराली बजार क्षेत्रका होटल र घरहरू कटान गरेको छ। कतिपय घर बगाएर भागीरथी नदीमा पुगेका छन्। बाढीमा ५० जना भन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ। उत्तरकाशी ...
— टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन व्यक्ति फेला ...
— रुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए । अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने ...
: अमेरिका र चीनले एकअर्कामाथि कर नलगाउने सम्झौतालाई ९० दिनको लागि लम्ब्याएको छ यो निर्णय यसअघि दुई देशबिच भएको सम्झौताको म्याद सकिन लागेको बेला गरिएको हो। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो आदेशले मे महिनामा भएको सम्झौतालाई कायम राखेको छ। त्यसबेला दुवै देशले एकअर्काको सामानमा लगाइएको कर अस्थायी रूपमा स्थगित ...
First Prev ... 13 14 15 16 17 18 19 20 21 22 23 ... Next Last