मुख्य समाचार
विश्व
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको एच-१ बी भिसाका लागि आवेदन गर्दा १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था खारेज हुने भएको छ। बोस्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश संघीय न्यायाधीशले एच-१ बी भिसामा कर्मचारी ल्याउन रोजगारदाता कम्पनीलाई लगाएको प्रतिवर्ष एक लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम खारेज गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। न्यायाधीश लियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेको दाबी गरेका छन् । ट्रम्पले सोमबार यसो भनिरहँदा उता इजरायल र इरान भने एकअर्कामाथि गरिरहेका थिए । ‘इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम गर्न खोजिरहेका छन् । शान्ति सम्बन्धी अन्तिम वार्ता अगाडि बढिरहेका छन्,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमा लेखेका छन्, ...
। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्कमा हुने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा देशभरबाट छनोट भएका करिब ४ सय खेलाडीको सहभागिता रहने जानकारी दिएको छ । प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष अच्युत खनालका ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले राष्ट्रपति सीलाई स्वागत गरेका छन्। चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा किम जोङ उन र उनकी पत्नी री सोल जुले मुस्कुराउँदै र ताली बजाउँदै चिनियाँ राष्ट्रपतिको स्वागत गरेको ...
: अमेरिकाको मध्यस्थतामा भएको सशर्त युद्धविराम सम्झौताको केही दिनपछि दक्षिणी लेबनानमा इजरायलले गरेका आक्रमणहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरू पनि रहेका छन् । लेबनानी सेनाका अनुसार खार्दाली–नाबातियेह सडकमा सैन्य सवारीसाधनमाथि भएको इजरायली आक्रमणमा एक ब्रिगेडियर जनरल, एक क्याप्टेन र एक सैनिकको ज्यान गएको हो । इजरायली सेनाले उक्त ...
: मध्यपूर्वको तनाव उत्कर्षमा पुगेका बेला इरानले आइतबार राति इजरायलमाथि कयौँ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। लेबनानको राजधानी बेरूतमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणको बदला लिन यो कारबाही गरिएको इरानले जनाएको छ। बेरूतमा भएको उक्त इजरायली आक्रमणमा २ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। इजरायलका अनुसार गत अप्रिल महिनामा भएको युद्धविराम ...
: इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि केही इजरायली राजनीतिज्ञहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा आलोचना गरेका छन्। उनीहरूले इरानविरुद्ध सैन्य बल प्रयोग गरेर कडा जवाफ दिन माग समेत गरेका छन्। आगामी निर्वाचनमा नेतान्याहुलाई चुनौती दिइरहेका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले यस घडीलाई 'सत्यको क्षण' को रूपमा चित्रण गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मा एक वक्तव्य जारी गर्दै बेनेटले ...
: फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ७:३७ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। शक्तिशाली भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर ठूला पराकम्पहरू (आफ्टरशक्स) महसुस गरिएका छन्। भूकम्प लगत्तै फिलिपिन्सको मिन्डानाओ क्षेत्रका केही तटीय इलाकाहरूमा सुनामी आउन सक्ने आशंका ...
: इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ। इजरायली आक्रमण लगत्तै इरानको सरकारी टेलिभिजनले देशका प्रमुख सहरहरू शक्तिशाली विस्फोटले थर्किएको पुष्टि गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, 'राजधानी तेहरान, तब्रिज र इस्फहानमा एकपछि अर्को गर्दै कयौँ शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।' यसका ...
। विश्व बजारमा स्पेस एक्सको सबैभन्दा ठूलो आईपीओ खुल्दैछ । स्पेस एक्स विश्वको सबैभन्दा ठूलो निजी अन्तरिक्ष कम्पनी हो । जसको संस्थापक इलन मस्क हुन् । यो कम्पनीले सेयर निष्कासन गरी करिब ७५ अर्ब अमेरिकी डलर उठाउने तयारी गरेको छ । यो आईपीओ २ किसिमबाट निष्कासन हुन्छ । पहिलो हो– सेक्युरिटिज कम्पनीहरूमार्फत । त्यस्तै बुक बिल्डिङ विधिबाट ...
। अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै गएको छ । यसैबीच अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) भित्र इजरायलले अमेरिकी अधिकारी र ट्रम्प सरकारको आन्तरिक जानकारी जुटाउन जासुसी गरिरहेको आरोप लागेको छ । एनबीसी न्युज रिपोर्टअनुसार दुई वर्तमान र एक पूर्व अमेरिकी अधिकारीले पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले भर्खरै इजरायलसँग जोडिएको काउन्टर–इन्टेलिजेन्स खतराको स्तर बढाएर गम्भीर ...
— अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध आज १०० औँ दिनमा प्रवेश गरेको छ। युद्ध जारी रहँदा र युद्धविरामका लागि भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्। विभिन्न सर्वेक्षणहरूले अमेरिकी जनतामाझ यो युद्धप्रति नकारात्मक धारणा रहेको देखाएका छन्। युद्धप्रति जनसमर्थनको अभावले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीलाई राजनीतिक रूपमा दबाबमा पार्न सक्ने देखिएको छ। युद्ध सुरु ...
: इरानका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विश्वास जित्न पर्याप्त कदम नचालेका कारण वार्ता पूर्ण रूपमा ठप्प भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीबीच सम्भावित भेटघाटको आशामाथि इरानले पूर्णविराम लगाएको छ । खामेनीका निकट सहयोगी तथा वरिष्ठ सैन्य सल्लाहकार मोहसेन ...
: इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीसैन्य सल्लाहकार मोहसेन रेजाइले अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौता २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने विषयमा अड्किएको बताएका छन् । शुक्रबार अमेरिकी समाचार संस्था सीएनएनसँगको विशेष अन्तर्वार्तामा उनले भने, ‘वार्ता ठप्प अवस्थामा पुगेको छ र यो गतिरोध तोड्ने जिम्मेवारी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि छ । ...
: मानसरोवर कैलाशको दर्शन गर्न गएका एक जना भारतीय तीर्थालुको ताक्लाकोटमा मृत्यु भएको छ । रसुवाको केरुङ नाका हुँदै चीनको स्वशाशीत क्षेत्र तिब्बतमा रहेको धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न गएका तीर्थालुको मृत्यु भएको ताक्लाकोटस्थित चिनियाँ सुरक्षा निकायले जनाएको छ । चीनको लामो बाटो स्थलगत यात्रा गरेर मानसरोवर पुगेका यात्रुको मृत्यु भएको बताइएको छ । यद्यपी ...
: अमेरिकाको एक सङ्घीय अदालतले ट्रम्प प्रशासनको विवादित आप्रवासन नीतिलाई खारेज गरिदिएको छ। शुक्रबार भएको उक्त फैसलासँगै ३९ देशका आप्रवासीहरूका लागि अमेरिका प्रवेश गर्ने र त्यहाँ बस्ने प्रक्रियामा सिर्जना भएको जटिलता तत्कालका लागि हटेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको रोड आइल्यान्डस्थित डिस्ट्रिक्ट कोर्टका मुख्य न्यायाधीश जोन म्याककोनेल जूनियरले उक्त फैसला सुनाएका हुन्। फैसलाका क्रममा ...
First Prev ... 14 15 16 17 18 19 20 21 22 23 24 ... Next Last