मुख्य समाचार
विश्व
: उत्तर कोरियाली नेता किम जोङ उनलले हतियारस्तरको आणविक सामग्री उत्पादन गर्ने नयाँ केन्द्रको निरीक्षण गर्दै आफ्नो देशले ‘राज्यको आणविक शक्ति घातांकीय रूपमा बढाउने’ योजना बनाएको बताएका छन् । यो जानकारी सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले सार्वजनिक गरेको हो । किमका अनुसार उत्तर कोरियाले पछिल्ला पाँच वर्षमा हतियारस्तरको आणविक सामग्री उत्पादन क्षमता ...
: रूसले भूस्थल युद्धमा ठोस प्रगति गर्न संघर्ष गरिरहेको बेला युक्रेनमा हवाई आक्रमणहरू तीव्र रूपमा बढाइरहेको छ । रूसका हवाई आक्रमणहरू पछिल्ला महिनाहरूमा मात्रा र तीव्रतामा उल्लेखनीय रूपमा बढेका छन् । मस्कोका सेनाहरू जमिनमा उल्लेखनीय सफलता हासिल गर्न असफल भइरहेका बेला युक्रेनमाथि पहिलेभन्दा धेरै ड्रोन र उच्च–गतिका क्षेप्यास्त्रहरू प्रयोग गरेर आक्रमण गरिएको छ । यी विशाल ...
: पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगोको एक सहर वरिपरि भएका विद्रोही आक्रमणमा पछिल्ला केही दिनमा ३० बढी मानिस मारिएका छन् । जसले इबोला नियन्त्रण अभियानमा कठिन भएको छ । उत्तरी किभुको बेनी सहर वरिपरिका तीन गाउँमा बुधबार बिहानै गरिएको आक्रमणमा कम्तीमा १० जनाको हत्या गरिएको बताइएको छ । इस्लामिक स्टेटसँग सम्बन्धित मिलिसिया ‘अलाइड डेमोक्रेटिक फोर्सेस’ ...
गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको प्यालेस्टिनी क्षेत्रका नागरिक सुरक्षा एजेन्सीका प्रवक्तालाई उदृत गर्दै एएफपीले जनाएको छ । गाजाका आवासीय भवनहरूमा भएको इजरायली हवाई आक्रमणमा सात जना र गाजा सहरको पश्चिममा रहेको अल–साती शरणार्थी शिविरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको प्रवक्ता महमुद बासले बताए । गाजा सहरको अल–सिफा अस्पतालमा भएको आक्रमणमा १५ जना ...
: इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले दुश्मन हारिसकेको टिप्पणी गरेका छन् । खामेनीले एक लिखित सन्देश दिँदै यस्तो बताएका हुन् । इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको पुण्यतिथिका अवसरमा विगत छ वर्षदेखि तत्कालीन सर्वोच्च नेता अली खामेनीले सम्बोधन गर्दै आएका थिए । तर यस वर्ष भने इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको लिखित सन्देश सार्वजनिक रूपमा ...
: इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो। अमेरिकी मध्यस्थतामा भएको यो युद्धविराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्ना सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने लगायतका कडा सर्तहरू राखिएका छन्। गत बुधबार दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ...
: इरानका सर्वोच्च नेता (सुप्रिम लिडर) अयातोल्लाह अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि आगामी जुन २१ को आसपासमा अन्तिम संस्कार गरिने भएको छ। खामेनीलाई उनको अन्तिम इच्छा अनुसार इरानको मशहद सहरस्थित शिया इस्लामका चर्चित इमाम रजाको पवित्र दरगाह परिसर नजिकै दफन (सुपुर्द-ए-खाक) गरिने भएको इरानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा जारी इजरायली सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। ट्रम्पले सोमबार नेतान्याहुसँग फोनवार्ता गर्दै आक्रोश पोखेका हुन्। अमेरिकी सञ्चारमाध्यम 'एक्सियोस'को रिपोर्ट अनुसार, आक्रोशित ट्रम्पले नेतान्याहुलाई 'पागल'सम्म भन्नुको साथै अपशब्द समेत प्रयोग गरेका थिए। लेबनानमाथि इजरायलले गरेको आक्रमणपछि इरानले सोमबार एक चेतावनी जारी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको दाबी गरिएका समाचारहरू झूटो भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले मङ्गलवार राति ढिलो गरी इरान र अमेरिकाबीच लगातार कुराकानी भइरहेको स्पष्ट पारेका हुन्। यद्यपि, यो वार्ता कुन दिशामा अघि बढ्छ भन्ने कुरा भने कसैलाई थाहा नभएको उनले बताए। आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा एक पोस्ट लेख्दै ट्रम्पले भनेका ...
। इरानको ड्रोन र मिसाइल आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिस घाइते भएका छन्। बुधबार कुवेतको सरकारी समाचार एजेन्सीले जनाएअनुसार आक्रमणलगत्तै उडानहरू रोकिएको छ भने विमानहरूलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको थियो। कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै रिपोर्टमा अन्तर्राष्ट्रिय विमानस्थलको ‘टी-१’ ‍भवनमा आक्रमण भएको जनाइएको छ। मिसाइल आक्रमणविरुद्ध गरिएको प्रतिरक्षा फायरिङबाट खस्न सक्ने भग्नावशेषबाट सावधान रहन ...
कम्बोडियाले थाइल्यान्डसँगको समुद्री सीमा विवाद समाधानका लागि अन्तर्राष्ट्रिय कानुन अन्तर्गत ‘अनिवार्य मध्यस्थता प्रक्रिया’ सुरु गरेको छ । थाइल्यान्डको सरकारले गत महिना मात्रै दुई देशबीच सन् २००१ मा भएको सीमा वार्ता सम्बन्धी सम्झौता एकपक्षीय रूपमा खारेज गरेको थियो । त्यसपछि कम्बोडियाले यो कदम चालेको हो । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले अन्तर्राष्ट्रिय कानुनबमोजिम आफ्नो सार्वभौमसत्ता र समुद्री अधिकारको ...
चीनको मध्यक्षेत्रमा पर्ने एक कोइला खानीमा भएको ग्यास विस्फोटको घटनालाई लिएर अधिकारीले काउन्टी तहका कम्युनिस्ट पार्टी प्रमुखमाथि अनुसन्धान सुरु गरेका छन् । मंगलबार राति ‘प्रोभिन्सियल डिसिप्लिन इन्स्पेक्सन एन्ड सुपरभाइजरी कमिसन’ले सोधपुछको प्रक्रिया अघि बढाएको हो । कमिसनका अनुसार चाङ्झी सहरअन्तर्गत पर्ने चिनयुआन काउन्टीका पार्टी सचिव ५२ वर्षीय झाओ योङ्जिनमाथि अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको आशंका गरिएको ...
। ताइवानको सैन्य हतियार विकास गर्ने सर्वोच्च निकायले मंगलबार तीनवटारोबोट प्याट्रोल डग सार्वजनिक गरेको छ। चीनसँग विवाद रहेको दक्षिण चीन सागरका टापुहरूमा सुरक्षा दिनका लागि यी रोबोटहरूको प्रयोग गर्न सकिने सैन्य अधिकारीहरूले बताएका छन्। ताइवानलाई चीनले आफ्नो भूभाग दाबी गर्दै आएको सन्दर्भमा ताइवानले सम्भावित चिनियाँ आक्रमणलाई रोक्न आफ्नो सेनालाई आधुनिक बनाउँदै लगेको छ । जसमा ड्रोन ...
। अमेरिकाले स्ट्रेट अफ होर्मुजमा आफ्नो नौसैनिक नाकाबन्दी अभियानअन्तर्गत इरानतर्फ जाँदै गरेको एउटा खाली तेल ट्यांकरमा आक्रमण गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार बोत्सवानाको झण्डा बाहक जहाजले पटक–पटक दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी विमानले त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको थियो । सेन्टकमले मंगलबार सार्वजनिक गरेको भिडियोमा उक्त ट्यांकरमाथि आक्रमण गरिएको क्षण देखाइएको छ ...
। सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढेको छ । इजरायलको रक्षा मन्त्रालयका अनुसार देशको रक्षा निर्यात करिब ३० प्रतिशतले बढेर १९.२ अर्ब अमेरिकी डलर पुगेको हो । इजरायलले रक्षा निर्यातको नयाँ कीर्तिमान बनेको यो लगातार पाँचौँ वर्ष हो । पछिल्ला पाँच वर्षमा इजरायलको रक्षा निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको समाचार एजेन्सी रोयटर्सले जनाएको ...
। अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मृत्यु भएका इरानका पूर्वसर्वोच्च नेता आयातुल्लाह अली खामेनीको तीन महिनापछि औपचारिक रुपमा अन्तिम संस्कार गर्ने तयारी थालिएको छ । उनको गत फेब्रुअरी २८ मा आफ्नै निवासमा भएको हवाई हमलामा परी निधन भएको थियो । इस्लामिक परम्परा अनुसार सामान्यतया मृत्यु भएको केही दिनभित्रै अन्त्येष्टि गरिनुपर्ने भए पनि इरान सरकारले यसलाई अनिश्चितकालका ...
First Prev ... 16 17 18 19 20 21 22 23 24 25 26 ... Next Last