मुख्य समाचार
विश्व
: फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेको एक महिना नपुग्दै उनले राजीनामा दिएका हुन्। लेकोर्नु पछिल्लो दुई वर्षमा पाँचौं फ्रान्सेली प्रधानमन्त्री हुन्। नयाँ मन्त्रिपरिषद् घोषणा भएको केही घण्टापछि नै उनको राजीनामा आएको हो। लेकोर्नुले सोमबार बिहान राष्ट्रपति इमानुएल म्याक्रोनसँग लगभग एक घण्टा भेटघाट गरेका थिए। त्यसको केही समयपछि राष्ट्रपति कार्यालयले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले शुल्क र व्यापारको सहयोगमा भारत र पाकिस्तानबीच द्वन्द्व रोकिएको बताएका हुन्। यद्दपि भारतले भने उनको दावीलाई अस्वीकार गर्दै भारत र पाकिस्तान बीचको मुद्दा द्विपक्षीय भएको बताएको छ। पत्रकारहरूले उनलाई के तपाईं ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानन्यायाधीश बीआर गवईमाथि जुत्ता प्रहार भएको घटनाको निन्दा गरेका छन्। उनले घटनाबारे आफूले प्रधानन्यायाधीश गवईसँग कुरा गरेको र उक्त आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित रहेको बताएका छन्। 'मैले भारतका प्रधानन्यायाधीश बीआर गवईजीसँग कुरा गरेँ। सर्वोच्च अदालत परिसरमा उहाँमाथि भएको आक्रमणबाट प्रत्येक भारतीय आक्रोशित छन्। हाम्रो समाजमा यस्ता निन्दनीय कार्यहरूको लागि कुनै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध रोक्ने प्रयासमा संलग्न सबै पक्षहरूलाई 'छिटो कदम चाल्न' अपील गरेका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले सबैलाई छिटो काम गर्न आग्रह गरेका हुन्। 'हमास र विश्वभरका देशहरू (अरब, मुस्लिम र अन्य) सँगको छलफल धेरै सकारात्मक छ,'ट्रम्पले भने, 'मलाई भनिएको छ कि शान्ति योजनाको पहिलो चरण यसै हप्ता पूरा ...
: इजरायल र हमासबीचको शान्ति वार्ताको वातावरण अहिलेसम्म 'सकारात्मक' रहेको बताइएको छ। इजरायल र हमासबीचको शान्ति वार्ताको वातावरण अहिलेसम्म सकारात्मक रहेको इजिप्टियन मिडियाले रिपोर्ट गरेका छन्। इजिप्टको राज्य गुप्तचर एजेन्सीसँग सम्बद्ध अल-कायरा न्यूजले पहिलो चरणको वार्ता 'सकारात्मक वातावरण' मा सम्पन्न भएको रिपोर्ट गरेको छ। छलफलहरू इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको रिहाइको तयारीमा केन्द्रित थिए। वार्तामा ...
: रुसी आक्रमणमा परी युक्रेनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणमा ५०० लडाकु ड्रोन र ५० भन्दा बढी क्षेप्यास्त्र प्रयोग गरिएको बताए। ती हतियारहरू किन्जल हाइपरसोनिक क्षेप्यास्त्र र क्रुज क्षेप्यास्त्रसमेत रहेको उनको भनाइ छ। आक्रमणमा पश्चिमी, दक्षिणी, उत्तरी, पूर्वी र मध्य युक्रेनका नौ क्षेत्रलाई ...
: स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले सोमबार चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा गरेको छ। यो पुरस्कार मानव शरीरको प्रतिरक्षा प्रणालीको कार्यसम्पादनमा गरिएको महत्त्वपूर्ण अनुसन्धानका लागि म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र शिमोन सकागुचीलाई प्रदान गर्ने घोषणा गरिएको हो। यो पुरस्कार 'प्रेरिफेरल इम्यून टोलरेन्स'सम्बन्धी उनीहरूको क्रान्तिकारी अनुसन्धानका लागि दिइने भएको हो, जसले शरीरलाई हानि नगर्ने गरी प्रतिरक्षा ...
: भारी हिमपातका कारण सयौं मानिसहरू सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भू-भागमा अलपत्र परेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ३५० भन्दा बढी पर्वतारोहीहरूलाई स्थानीय शहरमा सुरक्षित रूपमा सारिएको छ भने २०० भन्दा बढीसँग सम्पर्क गरिएको छ। सगरमाथाको पूर्वी भिरालोमा अवस्थित कर्मा उपत्यकामा शुक्रबार साँझदेखि हिमपात सुरु भएको थियो र शनिबार पनि जारी रह्यो, जसले गर्दा सयौं पर्वतारोही ...
— भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै कानुन व्यवसायीले जुत्ता प्रहार गरेका छन् । ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीका क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेको बार एन्ड बेन्चले जनाएको छ । दिल्ली प्रहरीले उनलाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ । दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे ...
— शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइएको छ । नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहोल्ममा आयोजित एक कार्यक्रममा प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो । शरीरको प्रतिरोध प्रणालीमा 'रेग्युलेटरी टी-सेल' नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई ...
— फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति इमानुएल म्याक्रोंले नवनियुक्त प्रधानमन्त्री लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् । लेकोर्नु २६ दिनअघि मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आइतबार मात्रै मन्त्रिपरिषद्को घोषणा गरेका थिए । नयाँ मन्त्रिपरिषद् गठन भएपछि देशभर राजनीतिक असन्तोष बढेको थियो । पुरानै व्यक्ति मन्त्रीमा दोहोरिएको भन्दै प्रधनमन्त्रीको आलोचना ...
— भारतिय सामाजिक अभियन्ता सोनाम वाङ्चुकले २४ सेप्टेम्बरमा लद्दाखमा भएको घटना स्वतन्त्र र न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । जोधपुर केन्द्रीय कारागारमा रहेका उनले गत सेप्टेम्बर २४ तारिखको घटना छानबिन नभएसम्म आफू जेलमै बस्न तयार रहेको बताएका हुन् । वाङ्चुकका वकिल मुस्तफा हाजी र उनका दाइ का त्सेतान दोर्जे लेले गत शुक्रबार जोधपुर केन्द्रीय जेलमा ...
: प्रतिबन्धित समूह 'प्यालेस्टाइन एक्सन' को समर्थनमा प्रदर्शन गरेको आरोपमा मध्य लन्डनमा करिब ५०० जनालाई पक्राउ गरिएको छ। बेलायती प्रहरीका अनुसार शनिबार प्यालेस्टाइन एक्सन समूहको समर्थनमा प्रदर्शनमा उत्रिएका कम्तिमा ५०० जना पक्राउ परेका हुन्। प्रदर्शनमा करिब एक हजार जना सहभागी भएको बताइएको छ। यस वर्षको जुलाईमा, बेलायती सरकारले प्यालेस्टाइन एक्सनलाई प्रतिबन्ध लगाएको थियो। त्यसबेलादेखि यस संस्थासँगको ...
: भारतको मध्य प्रदेशको छिंदवाडा जिल्लामा कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु भएपछि चिकित्सक, औषधि उत्पादक कम्पनीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले सरकारी डाक्टर प्रवीण सोनी, कफ सिरप उत्पादक कम्पनी श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य जिम्मेवार व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरेको हो। जिल्ला प्रशासनका अनुसार मृत्यु भएका ११ बालबालिकामध्ये १० जना परासिया ब्लकका बासिन्दा हुन्। ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग ...
: इजरायलले गाजामा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी (वफा)ले १५ जना मृतकमध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको उल्लेख गरेको छ। त्यस्तै दक्षिणी गाजाको अल-मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ। इजरायली सेनाले अल-मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको ...
First Prev ... 16 17 18 19 20 21 22 23 24 25 26 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम