मुख्य समाचार
विश्व
— इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन जाने भएका छन् । नेतान्याहुको कार्यालयले उक्त भेटमा भन्सार शुल्क, गाजाको अवस्था र इरानी खतरा लगायतका विषयमा छलफल हुने बताएको छ । हृवाइट हाउसका एक अधिकारीका अनुसार बैठक सोमबार हुने भएको छ । अहिले अमेरिका र इजरायलबीच केही जटिल मुद्दा भएकाले भेट तीनै विषयमा केन्द्रित ...
— इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपतकालीन कर्मचारीको हत्याका विषयमा आफ्ना सैनिकबाट गल्ती भएको स्वीकार गरेको छ । त्यसदिन रफाह नजिक प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) का एम्बुलेन्स, संयुक्त राष्ट्रको एक कार र गाजा सिभिल डिफेन्सको एक दमकल ट्रममाथि गोलाबारी भएको थियो । इजरायलले उक्त गाडीको लस्कर अँध्यारोमा शंकास्पद रुपमा अघि बढिरहेकाले सेनाले ...
। अमेरिका शनिबार विशाल विरोध प्रदर्शनको केन्द्र बन्यो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्योगपति एलन मस्कको नीतिहरूको विरोधमा देशभर १२०० भन्दा बढी र्‍यालीहरू निकालिए। ‘ह्याण्ड्स अफ’ नाम दिइएको यस आन्दोलन सामाजिक सुरक्षा, रोजगारी कटौती, मानव अधिकार र आर्थिक नीतिको विरोधमा निकालिएको हो । ‘ह्याण्ड्स अफ’ भन्ने नाराको सन्देश हो- ‘हाम्रो अधिकारबाट हात हटाउ’ । अमेरिकी नागरिकको स्वतन्त्रता ...
। अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले जनाएको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका समेत छ । एक पूर्व अफगान अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्– तालिबानले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ । इजरायली स्रोतलाई उद्धृत गर्दै उक्त च्यानलले भनेको छ, ‘दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारहरूमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर’ नीतिको एक भागको रूपमा इजरायली सामानहरूमा लगाएको १७ प्रतिशत अतिरिक्त ...
बेलायतबाट लाखौं टायरहरू रिसाइकल गर्नका लागि भारत पठाउने गरिएको छ । अनि भारतमा ती टायरहरूलाई अस्थायी भट्टीमा पकाउने गरिन्छ । बीबीसीका अनुसार भारतमा त्यस्ता टायरहरूको जलनका कारण उत्पन्न हुने प्रदूषणले केवल पर्यावरणमा मात्रै भारी नोक्सान पुर्‍याएको छैन मानव स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्याहरू पनि पैदा गरिरहेको छ । बेलायतबाट भारतमा निर्यात गरिने अधिकांश बिग्रिएका टायरहरू भारतको ब्लाक मार्केटमा ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन गरिएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र 'डज' भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन गरेका ...
— म्यानमारमा गत मार्च २८ मा गएको विनाशकारी भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु भएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । साथै, संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबार लागू भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्नसक्छ । मेक्सिको र क्यानाडाका सामानहरूबाहेक अधिकांश अमेरिकी आयातमा असर पार्दै मध्यरातमा १० प्रतिशत ‘आधारभूत’ भन्सार शुल्क लागू भयो । यसमा ट्रम्पले देशको व्यापार घाटासँग सम्बन्धित समस्याहरू समाधान ...
। अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो । रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ । साथै, आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट ...
। चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा गरेको छ । न्युयोर्क टाइम्सका अनुसार चीनको अर्थ मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो। योसँगै, चीनले ११ अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखेको छ। यो निर्णयले ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनियाँ ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन् । संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन् । बिहीबार विश्वव्यापीरूपमा लागु गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो। बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ । विशेषगरी, एशिया-प्रशान्त ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को घोषणा गरेपछि अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । अमेरिकाको डो र एस एन्ड पी ५०० भनिने शेयर बजार सूचकांक क्रमश: ४ र ४.८ प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ । प्रविधि कम्पनीहरूको बाहुल्य ...
: संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय गरेको छ। संवैधानि अदालतका आठैजना सदस्य योलमाथिको अभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एकमत भएका थिए। राष्ट्रपति युनलाई पदच्युत गर्ने निर्णय राष्ट्रिय सभाले महाभियोग प्रस्ताव पारित गरेको १११ दिनपछि आएको हो। उनलाई गत डिसेम्बर ३ मा सैन्य शासन घोषणा गरेको ...
— चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ । ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा बढी वस्तु ...
First Prev ... 17 18 19 20 21 22 23 24 25 26 27 ... Next Last