मुख्य समाचार
विश्व
: अमेरिकाले रुसबाट तेल खरिद गर्न जारी राख्यो भने चीनको करमा उल्लेखनीय वृद्धि गर्ने चेतावनी दिएको छ। यसबारे चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयले भनेको छ,‘चीनले सधैँ आफ्नो राष्ट्रिय हित अनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ।’ चिनियाँ विदेश मन्त्रालयले ट्यारिफ युद्धमा कोही पनि विजेता हुन नसक्ने प्रष्ट पारेको छ। ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत ट्यारिफ शुल्क लगाइने घोषणा गरेका छन् । भारतले रुसबाट ठूलो परिमाणमा हतियार र ऊर्जा खरिद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ट्रम्पले यसबारे थप कदम चालिने संकेत पनि दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत बुधबार आफ्नो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘भारत हाम्रो मित्र ...
— बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएको छ । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरेका हुन् । तर यसमा केही सर्तहरू भने छन् । बेलायतले अघि सारेका सर्तहरू इजरायलले नमानेमा प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने प्रधानमन्त्री स्टार्मरको भनाइ छ । गाजाको भयावह अवस्था अन्त्य ...
: चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण करिब ३० जनाको मृत्यु भएको छ। शनिबारदेखि सुरू भएको वर्षाका कारण अहिलेसम्म ८० हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पहिरोमा परी केही मानिस बेपत्ता भएको जनाइएको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता भएका ...
: दक्षिण-पूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा रहेको जेलमा रुसी हवाई आक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। क्षेत्रीय नेता इभान फेडेरोभले जापोरिजियामा रातभर भएको आक्रमणले नजिकैका घरहरूमा पनि क्षति पुर्‍याएको बताएका छन्। यस अवधिमा रुसी सेनाले हवाई ग्लाइड बम प्रयोग गरी आठ पटक आक्रमण गरेका गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति ...
। रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो ...
। अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् । ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन ...
। युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रूसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो । ‘१६ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन्, परिसर ध्वस्त भएको र नजिकैका घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले टेलिग्राममा ...
: अमेरिका पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा सहायता पुग्न दिनुपर्ने बताएका छन्। ओबामाले सामाजिक सञ्जाल एक्समा लेख्दै गाजाका मानिसबाट खाना र पानीलाई टाढा राख्नुको कुनै तर्क नरहेको बताएका हुन्। गाजामा भोकमरी, कुपोषण र अनिकाल रहेको भन्दै ओबामाले यो अवस्था देखेर विश्व चुप लागेर बस्न नसक्ने बताए। उनले भने,‘गाजा संकटको स्थायी समाधानका लागि इजरायली बन्धकको रिहाइ ...
— सोमबार अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । न्युयोर्क शहरको म्यानहट्टनमा गोलाबारीमा दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोलाबारी गर्ने बन्धुकधारी पनि मारिएका छन् । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै मिडटायनमा एक सक्रिय सुटरविरुद्ध जाँच चलिरहेको बताएका छन् ...
: थाईल्यान्डको राजधानी बैंककको खाद्य बजारमा सामूहिक गोलीबारी भएको छ। गोलीबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको थाई प्रहरीले जनाएको छ। ओर टोर कोर बजारमा भएको आक्रमणमा अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार संदिग्ध व्यक्तिको पनि मृत्यु भएको छ। प्रहरीले थाईल्याण्डको राजधानीमा भएको आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएको छ। स्थानीय सञ्चारमाध्यमले मारिएकामध्ये केही सुरक्षा गार्ड रहेको बताएको ...
— ईयूको निर्यातमा १५ प्रतिशत कर लगाइने गरी आइतबार संयुक्त राज्य अमेरिका र युरोपेली संघ (ईयू) बीच व्यापार सम्झौता भएको छ । यो सम्झौता ट्रान्सएट्लान्टिक भन्सार शुल्क विवादलाई समाधान गर्न गरिएको हो । यसअघि उक्त भन्सार विवादका कारण अमेरिका र ईयूबीच व्यापारिक युद्ध हुन सक्ने जोखिम देखिएको थियो । स्कटल्यान्डस्थित आफ्नै गल्फ रिसोर्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ...
— उत्तरपूर्वी कंगोमा ‘एलाइड डेमोर्क्याटिक फोर्स’ (एडीएफ) का विद्रोहीले आइतबार गरेको हमलामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको कंगो सेनाले जनाएको छ । कंगोमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति अभियानका अनुसार ९ जना बालबालिकाको ज्यान गएको छ । इस्लामिक स्टेटप्रति समर्पित एडीएफले कोमान्डा सहरको क्याथोलिक चर्चमा प्रार्थनाका लागि भेला भएकामाथि हमला गरेको स्थानीयले जनाएका छन् । प्रार्थना स्थललक्षित ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट १ देखि लागू गर्ने गरी विश्वभरका लागि कर नीति ल्याइरहँदा संयुक्त राज्य अमेरिका र चीनका उच्च आर्थिक अधिकारीहरूबीच यसबारेमा सोमबार वार्ता भएको छ । विश्वका शीर्ष दुई अर्थतन्त्र भएका मुलुकबीच स्विडेनको राजधानी स्टकहोममा हुने वार्ता दुई दिनसम्म चल्ने बताइएको छ । सोमबार मात्रै ईयूसँग नयाँ सम्झौता गरेको अमेरिकासँग अन्य देशहरू ...
: कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुता जारी रहे व्यापार वार्ता पुनः सुरु नगर्ने चेतावनी दिएपछि दुई पक्ष युद्धविराम गर्न सहमत भएका हुन्। मलेसियाका नेता अनवर इब्राहिमले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईले तत्काल युद्धविरामका लागि इच्छा व्यक्त गरेको बताए। ...
— चीन सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विश्वव्यापी सहकार्य संगठन स्थापना गर्ने प्रस्ताव अघि सारेको छ । यस संगठनको मुख्यालय साङ्घाइमा राख्ने योजना रहेको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसमार्फत विशेषगरी ग्लोबल साउथ भनिने विकासोन्मुख देशहरूलाई एआईमा चीनले गरेका प्रगतिसँगै एआईसम्बन्धी उत्पादन साझा गर्ने उद्देश्य राखिएको छ । द्रुत गतिमा विस्तार भइरहेको एआई प्रविधिको नियमनमा ...
First Prev ... 19 20 21 22 23 24 25 26 27 28 29 ... Next Last