मुख्य समाचार
विश्व
। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो । उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशमाथि १० प्रतिशत भन्सार लगाउने आफ्नो चेतावनी दोहोर्‍याएका छन्। डोनाल्ड ट्रम्पले भने,‘जब मैले ६ ब्रिक्स देशबारे सुनेँ, उनीहरूले ठुलो क्षति बेहोरेका छन्। यदि उनीहरू अगाडि बढे भने चाँडै नै समाप्त हुनेछन्।’ ट्रम्पले यो भन्दै गर्दा कुनै पनि देशको नाम लिएनन्। ट्रम्पले भने, ‘हामी कुनै पनि देशलाई हामीसँग खेल खेल्न दिने छैनौँ।’ ट्रम्प ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले कुन देशका कति लडाकु विमान क्षतिग्रस्त भए भन्ने कुरा भनेनन्। यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले सधैँ यी दाबीलाई अस्वीकार ...
: सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार दक्षिणी सिरियामा हालै भएको हिंसामा ५९४ जनाको मृत्यु भएको छ। बेलायतस्थित उक्त संस्थाले आइतबारदेखि सुरु भएको हिंसा चरम क्रूरताले भरिएको बताएको हो । एसओएचआरले बिहीबार हिंसामा ड्रुज समुदायका ३०० जनाले ज्यान गुमाएको बताएको छ। यसमा १४६ लडाकु र १५४ जना सर्वसाधारण छन्। एसओएचआरका अनुसार १५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी ...
: इजरायलले आफ्नो सेनाले सिरियाली राजधानी दमास्कसस्थित सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ। सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ। ‘चेतावनीको समय सकिएको छ। अब कठोर र पीडादायी प्रहार हुनेछन्,’इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भने। इजरायलले दक्षिण–पश्चिमी सिरियामा रहेको ड्रुज समुदायलाई जोगाउन प्रयास गरिरहेको बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने,‘हामी ...
: थाइल्याण्डको प्रहरीले भिक्षुसँग यौनसम्पर्क गरी तस्बिर र भिडियो प्रयोग गरेर पैसा असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिस गोल्फ भनेर चिनिने ती महिलाको कम्तीमा नौ जना भिक्षुसँग सम्बन्ध थियो। प्रहरीले बताएअनुसार उनले विगत तीन वर्षमा ब्ल्याकमेलिङ मार्फत करिब ३८ करोड ५० लाख भाट असुल गरेकी छन्। अनुसन्धानकर्ताले उनको घरमा खानतलासी गर्दा भिक्षुलाई ब्ल्याकमेल ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशमा नयाँ पारस्परिक कर लगाउने घोषणा गरेका छन्। सयौँ देश उनको निशानामा छन्। ती देशमाथि कुनै पनि समयमा कर लगाउने घोषणा हुन सक्छ। जापान, ब्राजिल, क्यानडा, इन्डोनेसिया र दक्षिण अफ्रिकालाई कर पत्र पठाएपछि अब राष्ट्रपति ट्रम्पले १५० भन्दा बढी देशलाई पनि कर पत्र पठाउन लागेका छन्। यो कुरा ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको सरकारमा ठुलो फेरबदल गरेका छन्। उनले वर्तमान प्रधानमन्त्री डेनिस श्मिहाललाई हटाएर युलिया स्विरिडेन्कोलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। युक्रेनको रुससँगको युद्ध चौथो वर्षमा प्रवेश गरेका बेला जेलेन्स्कीको सरकार पुनर्गठन भएको हो। युलिया स्वीरिडेन्कोलाई देशको नयाँ प्रधानमन्त्री बनाउने प्रस्ताव संसदमा राखिएको छ। यसअघि प्रधानमन्त्री श्मीहालले आफ्नो पदबाट राजीनामा दिएका ...
। पाकिस्तानको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ । सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो । चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि ...
। इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण गरेको छ । बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि निशाना बनाएको थियो । यो आक्रमणबाट कम्तिमा तीन जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले सीरियामा ड्रुज समुदायलाई जोगाउन र ...
। बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताएका छन् । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद गर्नेछ । ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने इन्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने उल्लेख गरेका छन् । यो राष्ट्रपतिले यसअघि इन्डोनेसियालाई लगाउने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका तर्फबाट रुसको राजधानी मस्कोमा आक्रमण गर्न नहुने बताएका छन् । फाइनान्सियल टाइम्सको एक रिपोर्टमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग मस्कोमा आक्रमण तीव्र बनाउनुपर्ने कुरा गरेको खबर सार्वजनिक भएपछि उनको यो बयान आएको हो । फाइनान्सियल टाइम्सले सुत्रलाई उदृत गर्दै भनेको थियो, ‘यदि अमेरिका युक्रेनलाई लामो दूरीमा मार हान्न सक्ने हतियार ...
— इजरायलले पूर्वी लेबनानको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेसनल न्युज एजेन्सी (एनएनए) ले जनाएको छ । इजरायली सेनाले लेबनानको लडाकु समूह हिजबुल्लाहका लक्ष्यमा प्रहार गरेको पुष्टि गरेको छ । मृतकमध्ये सात जना सिरियाली छन् । आक्रमणमा परी आठ जना घाइते भएका छन् । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै ...
— युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने तथा रुसी व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै रुसले चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रुसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न दबाब दिएका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी गरेका छन् । बीबीसीसँगको विशेष टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तर उनीसँगको सम्बन्ध टुटेको भने होइन ।’ त्यसो त उनले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि थपे । ‘हामी निकै दुःखी छौं, म रुससँग दुःखी छु । यदि ५० दिनमा शान्ति सम्झौता भएन ...
First Prev ... 22 23 24 25 26 27 28 29 30 31 32 ... Next Last