मुख्य समाचार
विश्व
: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै कूटनीतिक समाधानको प्रयास भइरहेका बेला वासिङ्टनले 'लापरवाह सैन्य दुस्साहस' रोजेको बताएका छन् । स्ट्रेट अफ होर्मुजमा दुवै देशका सेनाबीच भएको पछिल्लो झडप र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानी जनता कहिल्यै पनि दबाबको अगाडि नझुक्ने स्पष्ट पारेका ...
: लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो भीषण आक्रमणमा थप ३९ जनाको ज्यान गएको छ। दक्षिण लेबनानको सक्सकिया सहरमा भएको इजरायली आक्रमणमा एक बालिकासहित कम्तीमा ७ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्। इजरायली सेनाले आफूले हिजबुल्लाहका लडाकुहरूलाई लक्षित गरेको र सर्वसाधारणको क्षतिबारे सचेत रहेको बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नबातियामा एक ...
: भारतको तमिलनाडु राज्यमा ठूलो राजनीतिक परिवर्तन भएको छ। चर्चित तमिल अभिनेता तथा 'तमिलगा वेत्री कलगम' (TVK) का प्रमुख जोसेफ विजय (विजय थलापति) लाई राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरिएको छ। तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। मुख्यमन्त्रीका रूपमा विजयको शपथ ग्रहण समारोह आज आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा आयोजना गरिने ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म ९ वटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गराउन भूमिका निर्वाह गरिसकेको दाबी गरेका छन्। ट्रम्पका अनुसार, अब उनको प्रयास रुस-युक्रेन युद्ध रोक्ने हो र उनी यसलाई आफ्नो १०औँ शान्ति पहल बनाउन चाहन्छन्। समाचार एजेन्सी एएनआईका अनुसार, ह्वाइट हाउसबाट भर्जिनिया प्रस्थान गर्नुअघि ट्रम्पले यो युद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक द्वन्द्व बनेको र हरेक ...
। अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो उच्च रूपमा प्रशोधित युरेनियम निकालेर वासिङ्गटन ल्याएको छ । यो युरेनियम धेरै वर्षदेखि त्यहाँको एउटा पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो। अमेरिकाले शुक्रबार जानकारी दिएअनुसार, उक्त युरेनियम काराकास नजिकै रहेको साइटबाट निकालिएको हो र त्यसपछि सुरक्षित रूपमा अमेरिका पठाइएको हो। यो अपरेसन अमेरिका, भेनेजुएला, बेलायत र आईएईएले मिलेर गरेका हुन्। अमेरिकी ऊर्जा विभागका ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिने युद्धविराम भएको घोषणा गरेका छन् । उनका अनुसार मे ९ देखि ११ सम्म दुवै देशबीच 'सिजफायर' (युद्धविराम) रहनेछ। यस युद्धविरामको अवधिमा दुवै देशले एक-अर्काका १,०००–१,००० युद्धबन्दीहरूलाई पनि साटासाट गर्ने राष्ट्रपति ट्रम्पले जानकारी दिए । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले भनेका छन्, 'मलाई यो घोषणा गर्न पाउँदा ...
: अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभरका परिवारहरू महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले भने ठूलो नाफा कमाइरहेका छन् । युद्धका कारण उत्पन्न अनिश्चितता र इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि जीवनयापनको खर्च बढेको छ र कम्पनी, परिवार तथा सरकारहरूको बजेटमा असर परेको छ । तर केही संस्था संकटको किनारामा पुगेका बेला युद्धबाट फाइदा हुने व्यवसाय ...
: युद्धविरामका कारण केही सातादेखि अमेरिका र इरानबीच मत्थर रहेको मध्यपूर्वको द्वन्द्व फेरि चर्किन थालेको छ । जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच गोलाबारी भएको घटना सार्वजनिक भए लगत्तै शुक्रबार बिहान यूएईले इरानबाट हवाई हमला गरिएको बताएको छ । यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन रोकिएको बताएको छ । यूएईको रक्षा मन्त्रालयले फेरि ...
: अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमा बढ्दो द्वन्द्वका कारण हजारौं समुद्री कामदार अलपत्र परेका छन् । इरानी बन्दरगाहमा करिब १० हप्तादेखि फसेका भारतीय समुद्री कामदार अनिश अनायासै इरान युद्धका प्रत्यक्ष साक्षी बनेका छन् । फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अपरेशन एपिक फ्युरी’ सुरु गर्नुभन्दा केही दिनअघि अनिश एउटा मालवाहक जहाजमार्फत शत्त अल–अरब जलमार्ग ...
घातक ‘हान्ता भाइरस’ को पुष्टि भएको प्रकोपपछि क्रुज जहाजबाट उद्धार गरिएका दुई जना गम्भीर अवस्थामा रहेका यात्रुहरू उपचारका लागि नेदरल्यान्ड्स पुगेका छन् । जहाज सञ्चालक ‘ओसनवाइड अभियान यात्रा’ ले जनाएको छ । तेस्रो एक यात्रुको अवस्था स्थिर छ । उनी उद्धार उडानमा थिए भए पनि उडान ढिलाइ भएको कम्पनीले जनाएको छ । एमभी होन्डियस नामक उक्त ...
यमुनामा डुङ्गा डुब्दा ५ बालबालिका र एक महिला बेपत्ता, ३ को जीवितै उद्धार
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावपूर्ण स्थिति र युद्ध छिट्टै अन्त्य हुने दाबी गरेका छन् । बुधबार साँझ एक सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले आफूहरू इरानसँगको युद्धलाई तन्काउने पक्षमा नरहेको बताएका हुन् । जर्जियाका गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भने, 'अहिले जे भइरहेको ...
: पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको मध्यग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ। प्रारम्भिक रिपोर्टअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनको गाडी रोकेर अन्धाधुन्ध गोली चलाएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। यस घटनापछि पश्चिम बंगालको राजनीति निकै ...
: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले 'धम्कीहरू' अन्त्य भएको खण्डमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ला गर्ने संकेत दिएको छ। इरानी नियमहरू पालना गर्दै यस मार्गबाट आवतजावतमा सहयोग पुर्‍याएको भन्दै आईआरजीसीले जहाज मालिकहरूलाई धन्यवाद समेत दिएको छ। आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'आक्रमणकारीहरूको धम्की समाप्त भएपछि नयाँ प्रक्रियाअन्तर्गत यस समुद्री ...
: अमेरिकाले इरानका सैन्य ठेगानाहरूमा बमबारी गरेको दाबी गरेपछि दुई देशबीचको तनाव फेरि एकपटक चरम बिन्दुमा पुगेको छ। अमेरिकी हमलाको कडा प्रतिवाद गर्दै इरानी नेताहरूले यसलाई गम्भीर गल्तीको संज्ञा दिएका छन्। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जाल एक्समा एक अरबी उखान उद्धृत गर्दै अमेरिकालाई सांकेतिक तर कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, 'यदि ...
। अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ । उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने ...
First Prev ... 24 25 26 27 28 29 30 31 32 33 34 ... Next Last