मुख्य समाचार
विश्व
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...
: इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्धनलाई चीनले अस्वीकार गरेको छ । चीनले इरानी तेल खरिद गर्ने पाँच कम्पनीमाथि लगाइएको अमेरिकी प्रतिबन्धलाई मान्न नसकिने स्पष्ट पारेको हो । चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि गर्न चिनियाँ कम्पनीहरूलाई रोक्छन् । यी अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सेना फिर्ताको घोषणालाई जर्मनीले अस्वभाविक निर्णय नभएको प्रतिक्रिया दिएको छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले अमेरिकाले आफ्नो देशबाट ५,००० सैनिक फिर्ता गर्ने निर्णय ‘पहिल्यै अनुमान’ गरिएको बताएका छन् । उनले युरोपमा, विशेष गरी जर्मनीमा, अमेरिकी सैनिकको उपस्थिति जर्मनी र अमेरिका दुवैका लागि महत्वपूर्ण रहेको पनि बताएका छन् । ...
: इरानमा युद्धका कारण मूल्यहरू तीव्र रूपमा आकासिँएको छ । अमेरिका र इजरायलसँगको युद्धका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुग्दा लाखौं रोजगारी गुमेको र रोकिएका छन् । खाद्यान्न, औषधि, गाडी, विद्युतीय उपकरण र पेट्रोकेमिकल उत्पादनलगायतका धेरै वस्तुहरूका लागि इरानीहरूले अघिल्लो हप्ताको तुलनामा यो शनिबार धेरै बढी मूल्य तिर्नुपरेको छ । इरानको पूर्वाधारमा भएको बमबारी, अमेरिकी प्रतिबन्ध र ...
: इन्धन संकटका कारण अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ को सेवा बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् । शनिबार छुट मूल्यको सेवा दिने स्पिरिट एयरलाइन्सले अचानक सञ्चालन बन्द गरेपछि अलपत्र परेका यात्रुहरू र प्रभावित कर्मचारीहरूको अवस्थालाई सम्हाल्न अमेरिकी एयरलाइन्स र सरकारी अधिकारीहरूबीच खिचातानी भएको छ । सस्तो उडान सेवा दिने उक्त कम्पनीको पतनबारे राजनीतिक र व्यावसायिक आरोप–प्रत्यारोप ...
: अमेरिकाले जर्मनबाट आफ्ना पाँच हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इरानसँगको युद्धको विषयलाई लिएर बिच्किएको अमेरिकाले जर्मनीमा खटिएका आफ्ना सैनिकमध्ये पाँच हजारलाई फिर्ता गर्ने घोषणा गरेको हो । अमेरिकी रक्षा विभागले जर्मनीबाट सैनिक फिर्ता लिने योजना बनाएको हो । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रिड्रिख मेर्जबीच इरानसँगको ...
इजरायली हवाई आक्रमणमा परेर दक्षिणी लेबनानमा १३ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा चार महिला र एक बच्चासहित १३ जनाको मृत्यु भएको दाबी गरेको हो। इजरायल रक्षा बलले यसअघि नाबाटियाह जिल्लाको हबुशमा खाली गर्ने आदेश जारी गरेको थियो। यस क्षेत्रमा भएको आक्रमणमा दुई महिला र एक बच्चासहित ८ जनाको मृत्यु भएको ...
: इन्धन संकटका कारण अमेरिकी ‘स्पिरिट एयरलाइन्स’ ले सबै उडान रद्द गरेको छ । इन्धन संकटका कारण स्पिरिट एयरलाइन्सले क्रमवद्ध उडान घटाएको थियो । अमेरिकाको कम लागत विमान कम्पनी स्पिरिट एयरलाइन्सले सबै उडानहरू रद्द गरिएको जनाएको छ । कम्पनीले सम्भावित ह्वाइट हाउसको उद्धार योजना असफल भएपछि ‘क्रमबद्ध रूपमा सञ्चालन बन्द गर्ने’ प्रक्रिया सुरु गरेको थियो ...
: जेलमा रहेकी इरानकी मानवअधिकार अभियन्ता तथा सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्य अचानक रुपमा बिग्रिए गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । मोहम्मदी दुई पटक पूर्णरूपमा होस गुमाउने अवस्थामा पुगेको र मुटुसम्बन्धी गम्भीर संकट (कार्डियाक क्राइसिस) देखिएको उनको फाउन्डेसनले जनाएको छ । ‘जेलका चिकित्सकहरूले उनको अवस्था त्यहीँ नियन्त्रण गर्न नसकिने निष्कर्ष ...
: इरानले अमेरिकासँग वार्ताका लागि पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने इरानको यस नयाँ प्रस्तावबाट सन्तुष्ट छैनन् । ‘युद्धविरामका कारण इरानविरुद्धको ‘अभियान समाप्त’ भएको तर युद्ध जारी राख्न आफूलाई अमेरिकी कांग्रेसको स्वीकृति आवश्यक नपर्ने बताएका छन्। हाउस स्पीकर माइक जोन्सन र कार्यवाहक सीनेट अध्यक्ष चक ग्रास्लीलाई लेखेको पत्रमा ट्रम्पले भनेका ...
: इरानका सर्वोच्च नेता मोजतबा खामेनीको तर्फबाट अर्को लिखित वक्तव्य जारी भएको छ । वक्तव्यमा उनले इरानी जनतालाई ‘आर्थिक समस्या सामना’ गर्न अपिल गरेका छन् । बयानमा उनले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ, अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि दुश्मनलाई हराउनु पर्छ ।’ उनले भनेका छन्, ‘कामदारहरूको समर्थन गर्नुपर्छ ...
: अमेरिकाले इजराइल र खाडी क्षेत्रका केही देशहरूलाई ८.६ अर्ब डलर बराबरको हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकाले प्याट्रियट मिसाइल डिफेन्स सिस्टमलगायतका विभिन्न प्रिसिजन हतियारहरूको बिक्री स्वीकृत गरेको हो । यो निर्णय जब अमेरिका–इजराइल र इरानबीचको द्वन्द्वपछि युद्धविराम लागू भएको तीन हप्ताभन्दा बढी समय भइसकेपछि आएको हो । अमेरिकाले हतियार उपलब्ध गराउने देशहरूमा इजराइल, ...
। इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन ...
। अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सैनिक हटाउने निर्णय गरेको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुनेछ। यो कदम सीधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच भएको सवाल-जवाफ पछि चालिएको हो। मर्जले गत महिना एक कार्यक्रममा अमेरिकाको कुनै राम्रो योजना नभएको बताएका थिए। यस युद्धबाट कसरी ...
First Prev ... 26 27 28 29 30 31 32 33 34 35 36 ... Next Last