मुख्य समाचार
विश्व
: भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल एपी सिंहले मे महिनामा भारत– पाकिस्तानबीचको सैन्य द्वन्द्वका क्रममा भारतीय सेनाले पाकिस्तानका पाँच लडाकु विमान र एउटा ठुलो विमान खसालेको दाबी गरेका छन्। पहलगाम आक्रमणपछि मे ६–७ को राति, भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका अतिवादी शिविरलाई निशाना बनाएको थियो। यो अपरेशनलाई ‘अपरेशन सिन्दूर’ नाम दिइएको थियो। यसपछि ...
: इजरायलको आक्रमणबाट गाजा शहरमा बस्ने ५ जना पत्रकारको मृत्यु भएको छ। अल जजीराका अनुसार आइतबार साँझ गाजा शहरको अल-शिफा अस्पतालको मुख्य ढोका बाहिर रहेको पालमा बसिरहेका बेला भएको आक्रमणमा सात जनाको मृत्यु भएको छ। तीमध्ये अल जजीरा संवाददाता अनस अल-शरीफ, मोहम्मद क्रेकेह र क्यामेरा मेन इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवा रहेका छन्। करिब ...
। चीन भावी विदेशमन्त्रीको दावेदार मानिएका एक वरिष्ठ कूटनीतिज्ञ पक्राउ परेका छन् । चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख लिउ जियानचाओलाई हिरासतमा लिइएको हो । वाल स्ट्रिट जर्नलले आइतबार सार्वजनिक गरेको विवरणमा जुलाईको अन्त्यमा विदेश भ्रमणबाट बेइजिङ फर्केपछि अधिकारीहरूले लिउलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको उल्लेख छ । तर, लिउलाई नियन्त्रणमा ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने मिति तय भएको छ । उनीहरुबीच आलास्कामा यही अगष्ट १५ तारिखमा भेटवार्ता हुने भएको हो । त्यसको तयारी करिब पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवै नेताले यो भेटलाई रूस–युक्रेन युद्धको शान्ति प्रक्रियाको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले शान्ति सम्झौतामा केही ...
। युरोपेली राष्ट्रहरूले युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिकाले रसियासँग गर्न लागेको शान्ति वार्तामा किभको सहभागिता अनिवार्य हुनुपर्ने माग गरेका छन् । उनीहरूले रसियासँगको कुनै पनि शान्ति वार्तामा किभ (युक्रेन) लाई अनिवार्य रूपमा सहभागी गराउनुपर्ने अडान लिएका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली आयोगका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ...
। आगामी ३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्ने भन्दै विज्ञहरुले मानव र ग्रहको स्वास्थ्यमा गम्भीर जोखिम बढेको औंल्याएका छन्। उनीहरुले विश्वभर हरेक वर्ष मानव स्वास्थ्यसँग सम्बन्धित रहेर करिब १५ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगिरहेको बताएका छन्। स्वास्थ्य अनुसन्धान जर्नल द लान्सेटमा प्रकाशित पछिल्लो अनुसन्धान प्रतिवेदनमा यस्तो जोखिम उल्लेख गरिएको छ। प्रतिवेदनमा माइक्रोप्लास्टिक र प्लास्टिक ...
। अमेरिकाको न्युयोर्क शहरको अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्युयोर्क प्रहरी विभागले जनाएको छ । विभागका प्रवक्ताले एएफपीसँग भनेका छन्, ‘स्थानीय समयअनुसार राति १:२० मा ‘सामान्य भनाभनपछि’ गोली चलेको थियो । प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ ...
। गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य ...
। इजरायलको सुरक्षा क्याबिनेटले गाजामा नियन्त्रण गर्ने निर्णय गरेकोप्रति ब्रिटेनका प्रधानमन्त्री कियर स्टार्मरले प्रतिक्रिया जनाएका छन्। स्टार्मरले इजरायलको यो निर्णयलाई गलत बताउँदै यसबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक सन्देश पोस्ट गर्दै उनले भने, ‘गाजामा आफ्नो आक्रमणलाई अझै विस्तार गर्ने इजरायली सरकारको निर्णय गलत हो। हामी यसमा तुरुन्त पुनर्विचार गर्न उनीहरूलाई आग्रह गर्दछौं।’ स्टार्मरले गाजामा ...
। इन्डोनेसियाले गाजाका दुई हजार घाइतेहरूको उपचार गर्ने भएको छ। इन्डोनेसियाका राष्ट्रपति कार्यालयका प्रवक्ताले यसबारे जानकारी दिए पनि यी व्यक्ति इन्डोनेसिया कसरी पुग्ने भन्ने विवरण हालसम्म सार्वजनिक गरिएको छैन। इन्डोनेसियाले सिंगापुरको दक्षिणमा रहेको गलाङ टापुमा देशको रक्षा र परराष्ट्र मन्त्रालयको समन्वयमा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने जनाएको छ । यस टापुमा संयुक्त राष्ट्रसंघले पहिले भियतनामी शरणार्थीहरूलाई आश्रय दिएको ...
— उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । 'गान्सु क्षेत्रमा अगस्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ । अचानक बाढी आएको छ । अगस्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा वर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ ...
— भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार टेलिफोनमार्फत अत्यन्तै सौहार्दपूर्ण र फलदायी संवाद भएको जानकारी दिएका छन् । उक्त वार्तामा युक्रेनको ताजा परिस्थितिबारे छलफल हुनुका साथै भारत–रुस द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि विचारविमर्श भएको बताइएको छ । 'मेरो मित्र राष्ट्रपति पुटिनसँग अत्यन्तै राम्रो र विस्तृत संवाद भयो । युक्रेनसम्बन्धी पछिल्ला घटनाक्रमहरूबारे जानकारी ...
— मलेसियाका उपभोक्ताहरू किनमेलमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्न तिव्र रूपमा आकर्षित भइरहेका छन् । हालै सार्वजनिक भएको एक सर्वेक्षणअनुसार ५८ प्रतिशत मलेसियालीले किनमेल गर्दा कृत्रिम बुद्धिमत्ताको सहारा लिने गरेका छन्, जुन संख्या विश्वको औसत ३७ प्रतिशतभन्दा धेरै हो । आद्येन खुद्रा प्रतिवेदन २०२५ अनुसार, मलेसियाली उपभोक्ताहरू किनमेल गर्दा नयाँ वस्तुका बारेमा जानकारी लिन, सुझाव पाउन तथा ...
— गाजा शहर नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयलाई लिएर विश्वभर भइरहेको आलोचनालाई इजरायलले खारेज गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल कात्जले कुनै पनि देशद्वारा इजरायलको निन्दा गर्ने, प्रतिबन्धको धम्की दिने कार्यले आतंकवादविरुद्धको संकल्पलाई कमजोर पार्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो शत्रु हामीलाई मजबुद र एकजुट मुट्ठीका रुपमा पाउनेछ, जसले उनीहरुविरुद्ध शक्तिशाली आक्रमण ...
— संयुक्त राष्ट्रसंघको मानवीय समन्वय कार्यालय (ओसीएचए)ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित सर्वसाधारणमा भोकमरी र कुपोषणको संकट दिनप्रतिदिन गहिरिँदै गएको जानकारी दिएको छ । मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा अहिले तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साउन महिनामा करिब एक लाख छत्तीस हजार बालबालिकामध्ये झण्डै बाह्र हजार बालबालिका ...
— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजामा पूर्ण नियन्त्रण गर्ने योजनालाई उनको मन्त्रिपरिषद्ले अनुमति दिएको छ । नेतान्याहुको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषद्ले बहुमतबाट यो निर्णय गरेको हो । हमासले भने इजरायलको उक्त निर्णयलाई ‘युद्ध अपराध’ भन्दै प्रतिक्रिया दिएको छ । गाजा नियन्त्रणको निर्णयपछि इजरायल र हमास दुवैतर्फबाट शुक्रबार अबेरसम्म बमबारी भएको छ । इजरायली निर्णयपछि गाजामा रहेका प्यालेस्टिनीको भविष्यलाई लिएर ...
First Prev ... 27 28 29 30 31 32 33 34 35 36 37 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम