मुख्य समाचार
विश्व
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...
। अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ट्राभल एडभाइजरीमा नागरिकहरूलाई ‘सावधानीपूर्वक यात्रा गर्न’ र अमेरिका जानुअघि ‘सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्न’ सुझाव दिइएको छ। यस एडभाइजरीमा चीन–अमेरिका बीचको बिग्रँदो आर्थिक र व्यापारिक सम्बन्ध तथा संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षाको अवस्थालाई ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमा ९० दिनको लागि पारस्परिक कर लगाउने निर्णयमा रोक लगाएका छन्। तर चीनका लागि भने करमा रोक लगाइएको छैन। चिनियाँ सामानमा भन्सार कर अझै बढाएर १०४% बाट १२५% पुर्‍याएका छन्। चीनले प्रतिशोधात्मक ८४% कर लगाएपछि ट्रम्पले यो कदम चालेका हुन्। अब चीनमा बनेको १०० डलरको उत्पादन अमेरिका ...
— अमेरिकासँग बढ्दो ट्रेड वारका बीच चीनले आफ्ना नागरिकको अमेरिका यात्राबारे एडभाइजरी जारी गरेको छ । चीनको संस्कृति पर्यटन मन्त्रालयले एक एडभाइजरी जारी गर्दै अमेरिका यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ । अमेरिका जानुअघि जोखिम आकलन गर्न र सावधानीपूर्वक यात्रा गर्न सुझाव दिएको छ । यसमा चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा गिरावट र संयुक्त राज्य अमेरिकाको ...
— गाजा सिटीको पूर्वी भागमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा परी कम्तीमा ४० जना घाइते भएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय अस्पतालका अनुसार मंगलबार बिहान अल–हवासी मस्जिदनजिकै शेजैया बस्तीमा आक्रमण गरिएको थियो । हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार युद्धक विमानले यो क्षेत्रलाई निसाना बनाएको ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका औषधिमा पनि ट्यारिफ लगाउने बताएका छन् । उनले भने, ‘हामी एकदमै महत्त्वपूर्ण कदम उठाउन गइरहेका छौं । अब हामी औषधिमा पनि ट्यारिफ लगाउनेछौं । त्यसो हुँदा विदेशी कम्पनी औषधि बनाउनका लागि अमेरिका फर्किनेछन् । किनकी अमेरिका सबैभन्दा ठूलो बजार हो ।’ उनले यसबाट औषधि कम्पनीहरुमाथि ...
— उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएको छ । राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति ९ः०० बजे (१३०० जिएमटी) आगलागी भएको हो । बुधबार बिहान ३ः०० बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको ...
: क्यारिबियन मुलुक डोमिनिकन रिपब्लिकमा एक नाइटक्लबको छत भत्किँदा ९८ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्। मंगलबार बिहान राजधानी सान्टो डोमिङ्गोको जेट सेट नाइटक्लबको छल भत्किएको हो। उक्त समयमा क्लबमा एक गायकको कन्सर्ट चलिरहेको थियो। यस घटनामा गायकको पनि मृत्यु भएको जनाइएको छ। घटना भएको समयमा रात्रि क्लबमा ४०० भन्दा बढी व्यक्ति ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन्। अब चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४% आयात शुल्क लाग्नेछ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो।' आफ्नो ...
। मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुख मार्क रुटले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् । नाटो प्रमुखको भ्रमण एशिया–प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो । ‘हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन’, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भने, ‘उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा ...
। ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क (ट्यारिफ) घोषणा गरिएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि विश्व अर्थ बजारमा हलचल देखिएको छ । अनुदान रोक्ने ट्रम्पको निर्णयले विश्व अर्थतन्त्र तरंगित बनेका बेला मुख्य व्यापार साझेदार राष्ट्रहरूलाई उच्च भन्सार कर लगाएसँगै विश्व सेयर बजार ओरालो लागेको हो । ट्रम्पले गत साता अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका थिए । अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी ...
— कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आत्मरक्षाको प्रयासमा स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ प्रस्थान गरिरहेका छन् । भीषण वर्षा र बाढीका कारण किन्सासामा कम्तीमा ३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । पश्चिमी किन्सासामा धेरै घर शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षापछिको बाढीले बगाएको छ । कंगो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले यदि चीनले अमेरिकामाथि लगाएको ३४% प्रतिशोधात्मक कर फिर्ता नलिए मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने जनाएका हुन्। ट्रम्पले चीनमाथि ५०% नयाँ कर लगाइने जनाएका छन्। अमेरिकी राष्ट्रपति कार्यालयले अप्रिल ९ देखि चीनबाट अमेरिका आउने सामानहरूमा ३४% कर लगाउने बताएपछि चीनले शुक्रबार अमेरिकामा पनि उति नै ...
: दर्ता बिना हजमा भाग लिने मानिसको संख्या कम गर्न साउदी अरबले भारत र पाकिस्तानसहित १४ देशका मानिसको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ। उमराह, व्यापार र पारिवारिक भ्रमणका लागि जुनको मध्यसम्म भिसा प्रतिबन्धित रहने जनाइएको छ। साउदीले भारत, पाकिस्तान, बंगलादेश, मिस्र, इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया, यमन र मोरक्कोको भिसामा अस्थायी प्रतिबन्ध ...
— साउदी अरबले भारत, पाकिस्तानसहित १४ देशका नागरिकहरुलाई भिसा प्रतिबन्ध लगाएको छ । आगामी हज यात्रालाई लक्षित गर्दै भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि यी देशका नागरिकहरुलाई उमरा, व्यापारिक तथा पारिवारिक भ्रमणका लागि भिसा प्रदान गर्न अस्थायी रुपमा रोक लगाएको हो । भिसा प्रतिबन्धको सूचीमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्टलगायतका मुलुकहरू परेका छन् । समाचार अनुसार यो ...
First Prev ... 28 29 30 31 32 33 34 35 36 37 38 ... Next Last