मुख्य समाचार
विश्व
। घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए । मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी ...
। भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी अगष्ट १७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा ...
। समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी अन्तर्राष्ट्रिय कानुनी उपकरण विकास गर्न स्वीट्जरल्यान्डको जेनेभामा निर्णायक वार्ता सुरु भएको छ । संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम र स्वीटजरल्यान्ड सरकारको आयोजनामा ग्लोबल प्लाष्टिक सन्धि अनुमोदनको प्रयासस्वरुप निर्णायक वार्ता सुरु भएको हो । अन्तरसरकारी वार्ता समितिको पाँचौं सत्रको दोस्रो भाग (आईएनसी ५.२) नाम दिइएको वार्तामा १५९ देशका सरकारी प्रतिनिधि, पर्यवेक्षक ...
। रूसबाट तेल आयात गर्ने विषयमा अमेरिका र युरोपेली संघको तर्फबाट उठाइएको प्रश्नप्रति भारतले शब्दमा जवाफ दिएको छ । रुसबाट तेल आयात गरेको भनेर भारतलाई निशाना बनाउनु ‘अनुचित र अविवेकी’ भएको भारतको टिप्पणी छ । कुनै पनि प्रमुख अर्थतन्त्रजस्तै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने पनि भारतले स्पष्ट पारेको छ । रुस–युक्रेन द्वन्द्व ...
इलनलाई टेस्लामा टिकाइराख्न कम्पनीले दियो २९ अर्ब डलर बराबरको सेयर
: भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा लेदोसहितको बाढीले बस्ती नै सखाप पारेको छ। मंगलबार आएको बाढीले उत्तरकाशी जिल्लाको धराली गाउँको एउटा बस्ती नै सखाप पारेको हो। हर्षिल क्षेत्रको खीर गंगा गदेरेमा एक्कासी लेदोसहितको बाढी आउँदा उक्त घटना घटेको हो। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार हालसम्म ४ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। ...
— भारतविरुद्ध लगातार निशाना साँधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत सरकारले जवाफ दिएको छ । सोमबार ट्रम्पले भारतमाथि अझ धेरै कर लगाउने धम्की दिएका थिए । त्यसको जवाफमा भारतले मध्यराति प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयले यस्तो प्रकारको धम्की अनुचित र तर्कहिन बताएको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिका अहिले पनि रुससँग ...
: रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गदै अमेरिका र युरोपेली संघलाई जवाफ दिएका हुन्। उनले भने, ‘युक्रेन द्वन्द्व सुरु भएदेखि नै रुसबाट तेल आयात गर्ने मुद्दामा भारत अमेरिका र युरोपेली संघको निशानामा परेको छ। वास्तवमा द्वन्द्व ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन र पाकिस्तान लगायत केही देशका ‘भाडाका सैनिकहरू’ संलग्न रहेको दाबी गरेका छन्। जेलेन्स्कीले ट्विटरमा लेखे,‘भोभ्चान्स्क क्षेत्रमा रहेका हाम्रा लडाकुहरूले युद्धमा चीन, ताजिकिस्तान, उज्बेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकको संलग्नताबारे रिपोर्ट गरिरहेका छन्। हामी यसको जवाफ दिनेछौं।’ अक्टोबर २०२४ मा प्रकाशित रिपोर्टले युक्रेनमा रुसी सेनालाई सहयोग गर्न उत्तर कोरियाली ...
— यमनको तटीय क्षेत्रमा मौसम खराबीका कारण एक डुंगा पल्टिदा कम्तिमा ५० जना आप्रवासीको मृत्यु भएको छ । डुंगामा १५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार यो दुर्घटना यमनको दक्षिणी प्रान्तको अबयान क्षेत्र नजिक भएको हो । अबयान सुरक्षा निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै तटरेखाको ठूलो क्षेत्रमा कैयौं शव बरामद गरिएको र ...
: पछिल्लो समयमा एआई धेरै उन्नत भएको छ। माइक्रोसफ्टका सह–संस्थापक र अर्बपति विल गेट्सले पनि यसबारे कुरा गरेका छन्। बिल गेट्सले आफू पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रगति देखेर छक्क परेको बताए। तर यो प्रविधिले अहिलेसम्म सबैभन्दा कठिन कोडिङ गर्ने काममा मानिससँग बराबरी गर्न नसकेको उनले बताए। कठिन काममा एआई पछाडि विल गेट्सले ...
‘मेडे, मेडे, मेडे... हाम्रा दुवै इन्जिन काम गरिरहेका छैनन्, अब हामी केवल ग्लाइडिङ गरिरहेका छौँ...’ यी शब्द २८ वर्षीय प्रथम अधिकारी डर्क डेजागरले २४ अगस्ट २००१ मा आपतकालीन अवस्थामा भनेका थिए। जब उडानको इन्जिन हावामा बिग्रियो। उडान एयर ट्रान्स्याट फ्लाइट २३६, एयरबस ए३३० थियो। एट्लान्टिक महासागरभन्दा ३९,००० फिटको उचाइमा ३०६ जना सवार थिए। उडानको ...
— पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई परमाणु ऊर्जालाई ‘शान्तिपूर्ण तरिकाले प्रयोग’ गर्ने अधिकार रहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्रीले हालै इरानमा भएको इजरायली आक्रमणको निन्दा गरेको र देशको रक्षा गरेकोमा इरानको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान भ्रमणमा ...
— म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई हमलामा परी कम्तीमा १३ जनाको मृत्यु भएको सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् । २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मामा गृहयुद्ध चर्किएको छ । म्यान्माका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउँ–ठाउँमा सहकार्य गरिरहेका छन् । ...
: रुसको सुदूर पूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ। यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका ...
: इजरायलका शीर्ष जनरल इयाल जमिरले चेतावनी दिएका छन्। यदि गाजामा रहेका बन्धकहरूको छिटो रिहाइबारे सम्झौता हुन सकेन भने युद्ध जारी रहने उनको भनाइ छ। लेफ्टिनेन्ट जनरल जमिरले गाजाका अधिकारीलाई सम्बोधन गर्दै भने, ‘बन्धकहरूको रिहाइमा सहमति नभएसम्म लडाइँ रोकिन्न।’ उनले सेनाको कमान्ड सेन्टरमा सैनिक र अधिकारीहरूसँगको भेटघाटको भिडियो पनि सार्वजनिक भएको छ। यसैबीच, प्यालेस्टिनी सशस्त्र समूहहरूले यस ...
First Prev ... 29 30 31 32 33 34 35 36 37 38 39 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम