मुख्य समाचार
विश्व
। मध्यपूर्व क्षेत्रमा बढ्दो युद्ध र तनावका कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरूको सुरक्षा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय श्रम अधिकारसम्बन्धी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। खाडीमा आप्रवासीका लागि श्रम न्यायको गठबन्धन, दासत्व विरोधी अन्तर्राष्ट्रिय, भवन र काठ कामदार अन्तर्राष्ट्रिय, इक्विडेम, ग्लोबल श्रम न्याय, अन्तर्राष्ट्रिय घरेलु कामदार महासंघ, आईटीयूसी अफ्रिका, श्रमिक सञ्जालले संयुक्त रूपमा ऐक्यवद्धता जारी गर्दै इजरायल–अमेरिका ...
: संयुक्त राज्य अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा गरेका सैन्य हमलाहरूमा परी हालसम्म १,३०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका लागि इरानी राजदूत अमिर सइद इरावानीले अमेरिका र इजरायलले जानाजानी नागरिक बस्ती र पूर्वाधारलाई निशाना बनाएको गम्भीर आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघको एक ब्रिफिङमा बोल्दै राजदूत इरावानीले जारी द्वन्द्वका कारण ...
: मध्यपूर्वको आकाश यतिबेला बारुदको धुवाँले ढाकिएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको 'संयुक्त सैन्य कारबाही'ले विश्वविश्व मानचित्रमै ठूलो हलचल ल्याएको छ। पछिल्लो एक सातादेखि जारी यो भीषण युद्धले केवल दुई देशलाई मात्र होइन,सम्पूर्ण विश्वको अर्थतन्त्र,शान्ति र पर्यावरणलाई नै चुनौती दिएको छ। इरानको सत्ताको केन्द्र मानिने तेहरानका महत्वपूर्ण संरचनाहरू ध्वस्त भएका छन् ...
। पाकिस्तानले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । काठमाडौंस्थित पाकिस्तानी दूतावासले विदेशमन्त्री दरले नेपाल सरकारलाई बधाई सन्देश पठाएको जनाएको छ । पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै ...
। भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् । ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई ...
। मध्यपूर्व क्षेत्रमा इजरायल-अमेरिका र इरानबीच बढेको सैन्य तनाव अझै कम भएको छैन । मिसाइल तथा हवाई आक्रमण जारी रहँदा खाडी मुलुकहरूमा रहेका नेपालीको सुरक्षाबारे चिन्ता यथावत छ । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेस लक्षित गरी मिसाइल आक्रमण गरिरहेकाले साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन र ओमान लगायत देशमा सुरक्षा जोखिम ...
। इरानमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन् । ट्रम्पले भनेका छन्, ‘इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि कमजोर भइसकेको छ ।’ फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए ...
। बाङ्ग्लादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएकामा बधाई दिएका छन् । सोमबार फेसबुकमार्फत प्रधानमन्त्री रहमानले संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गराएकामा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन् । ‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलतालाई तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुतीलाई प्रतिबिम्बित गर्दछ,’ प्रधानमन्त्री रहमानले लेखेका ...
। मध्यपूर्वमा जारी द्वन्द्वका कारण निम्तिएको बढ्दो ऊर्जा संकटका बीच बिजुली र इन्धन बचत गर्नका लागि बंगलादेशले सोमबारदेखि सबै विश्वविद्यालयहरू बन्द गर्ने भएको छ। योसँगै त्यहाँ इद-उल-फित्रको बिदा पनि अगाडि सारिएको छ। सार्वजनिक र निजी दुवै क्षेत्रका विश्वविद्यालयहरूमा लागु हुने गरी अधिकारीहरूले यो निर्णय गरेका हुन्। यस कदमले बिजुलीको खपत घटाउनुका साथै सवारी साधनको चापलाई कम ...
। अमेरिका, इजरायल र इरानबीच जारी युद्धको बीचमा होर्मुज घाँटी नजिकै रहेको खार्ग टापुको महत्त्व अचानक बढेको छ। केही सञ्चारमाध्यमका रिपोर्टहरूमा दाबी गरिएअनुसार, ट्रम्प प्रशासनले यस टापुमा कब्जा जमाउन सैन्य विकल्पहरूमाथि विचार गरिरहेको छ, किनभने यसलाई इरानको तेल आम्दानीको सबैभन्दा ठूलो केन्द्र मानिन्छ। वास्तवमा इरानको करिब ८० देखि ९० प्रतिशत कच्चा तेलको निर्यात यही टापुबाट हुन्छ। ...
इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले सोमबार जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे जकार्ताबाट करिब २५ किलोमिटर टाढा ...
। पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । लस एन्जलस प्रहरी विभागका अधिकारीहरू आइतबार स्थानीय समय अनुसार दिउँसो १ः१५ बजे गोली चलेको खबर पाएपछि घटनास्थल पुगेका थिए । प्रहरीले एक संदिग्ध व्यक्तिलाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ । एक प्रहरी अधिकारीले बीबीसीका अमेरिकी साझेदार सिबिएस न्यूजलाई दिएको जानकारी अनुसार निशाना बनाइएको ...
: फेब्रुअरी २८ मा अमेरिकी-इजरायली हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा गरेका छन्। उनलाई इरानको 'एसेम्ब्ली अफ एक्सपर्ट्स' (विज्ञहरूको सभा) ले चयन गरेको हो। ८८ सदस्यीय यो निकायमा निर्वाचित वरिष्ठ धर्मगुरुहरू हुन्छन्, जसको मुख्य जिम्मेवारी सर्वोच्च नेताको छनोट गर्नु हो। सन् ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध कहिले अन्त्य गर्ने भन्ने कुरा आफूले इजरायलसँग मिलेर तय गर्ने बताएका छन्। द टाइम्स अफ इजरायल सँगको एक संक्षिप्त टेलिफोन अन्तर्वार्तामा ट्रम्पले यस निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पनि सहभागिता रहने तर अन्तिम निर्णय भने वासिङ्टनकै हुने स्पष्ट पारेका छन्। उनले टेलिफोन अन्तर्वार्तामा भने 'इरानसँगको युद्ध कहिले अन्त्य गर्ने भन्नेमा ...
। सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा उनीहरूसँग सक्रिय छलफल गरिरहेको सीएनएन दाबी छ । इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक-इरान सीमा क्षेत्रमा, विशेष गरी इराकको कुर्दिस्तान क्षेत्रमा सक्रिय छन्। ...
: भारतले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले नेपाली नागरिकहरूले उत्साहजनक सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरे। उनले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाल सरकार, नेपाली जनता तथा सरोकारवालाहरूलाई विशेष परिस्थितिका बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिए। भारतले सधैं नेपालमा शान्ति, प्रगति ...
First Prev ... 33 34 35 36 37 38 39 40 41 42 43 ... Next Last