मुख्य समाचार
विश्व
— उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त भएको छ । एसोसिएट प्रेसले सेना र अग्नि नियन्त्रकहरुलाई उद्धृत गर्दै घटनामा एकको मृत्यु भएको र अन्य केही घाइते भएको उल्लेख गरेको छ । बंगालादेशको स्थानीय जमुना टीभीका अनुसार दुर्घटनाका बेला कलेज परिसरमा विद्यार्थीहरु बाहिरै थिए । टेलिभिजन फुटेजमा दुर्घटनास्थलबाट आगोको मुस्लो माथिसम्म गएको र ...
: बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ। आज दिउँसो बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रको दियाबारी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो। विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेकाले विद्यार्थी ज्यान जोगाउन दौडिरहेको देखिन्छ। हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गरे। एफ–७ चिनियाँ विमान हो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। केही ...
— गाजाको देर अल–बलाह क्षेत्र खाली गर्ने इजरायली सेनाको आदेशमा संयुक्त राष्ट्रसंघले चिन्ता जनाएको छ । संयुक्त राष्ट्रको मानविय मामलाको एजेन्सी अफ फर द कोअर्डिनेशन अफ ह्यूम्यानेटेरियन अफेयर्सले यो आदेशले २१ लाख नागरिक गाजापट्टीको १२ प्रतिशत क्षेत्रमा सिमित भएको र आवश्यक सेवा ठप्प भएको बताएको बीबीसीले उल्लेख गरेको छ । आइतबार इजरायलको डिफेन्स फोर्सले देर अल–बलाह क्षेत्रमा ...
: भियतनाममा खराब मौसमका कारण पर्यटक सवार डुङ्गा पल्टिँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ। उत्तरी भियतनामको लोकप्रिय पर्यटकीयस्थल हालोङ खाडीमा उक्त दुर्घटना भएको हो। रिपोर्टका अनुसार धेरैजसो यात्रु भियतनामको राजधानी हनोइबाट आएका थिए। उद्धारकर्मीहरूले ११ जनालाई पानीबाट जीवितै उद्धार गरिएको बीबीसीमा समाचार छ। पर्यटकहरू डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले ...
युद्धविराम घोषणापछि पनि सिरियामा झडप, ९०० भन्दा बढीको मृत्यु
— दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले आइतबारसम्म कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अझै १२ जना हराइरहेको सरकारले जनाएको छ । गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जना तथा सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार परेको भीषण वर्षापछि ...
— युक्रेनसँगको युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता गर्न तयार रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, ‘राष्ट्रपति पुटिन युक्रेनसँग शान्ति सम्झौता गरेर सकेसम्म चाँडो शान्तिपूर्ण निष्कर्षमा पुग्न इच्छुक हुनुहुन्छ ।’ प्रवक्ता पेस्कोभले पुटिनलाई उद्धृत गर्दै यसका लागि लामो प्रक्रियाबाट गुज्रनुपर्ने भएकाले त्यति सहज ...
— पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । उक्त बसमा पिकनिक मनाउन ...
। दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ । उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो । उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स देशमाथि १० प्रतिशत भन्सार लगाउने आफ्नो चेतावनी दोहोर्‍याएका छन्। डोनाल्ड ट्रम्पले भने,‘जब मैले ६ ब्रिक्स देशबारे सुनेँ, उनीहरूले ठुलो क्षति बेहोरेका छन्। यदि उनीहरू अगाडि बढे भने चाँडै नै समाप्त हुनेछन्।’ ट्रम्पले यो भन्दै गर्दा कुनै पनि देशको नाम लिएनन्। ट्रम्पले भने, ‘हामी कुनै पनि देशलाई हामीसँग खेल खेल्न दिने छैनौँ।’ ट्रम्प ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा भारत र पाकिस्तानबीच भएको द्वन्द्वमा पाँच लडाकु विमान खसालिएको दाबी गरेका छन्। शुक्रबार राति ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको रात्रिभोजको क्रममा उनले कुन देशका कति लडाकु विमान क्षतिग्रस्त भए भन्ने कुरा भनेनन्। यसअघि पाकिस्तानले पनि भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले सधैँ यी दाबीलाई अस्वीकार ...
: सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार दक्षिणी सिरियामा हालै भएको हिंसामा ५९४ जनाको मृत्यु भएको छ। बेलायतस्थित उक्त संस्थाले आइतबारदेखि सुरु भएको हिंसा चरम क्रूरताले भरिएको बताएको हो । एसओएचआरले बिहीबार हिंसामा ड्रुज समुदायका ३०० जनाले ज्यान गुमाएको बताएको छ। यसमा १४६ लडाकु र १५४ जना सर्वसाधारण छन्। एसओएचआरका अनुसार १५४ जना सर्वसाधारणमध्ये ८३ जनालाई सरकारी ...
: इजरायलले आफ्नो सेनाले सिरियाली राजधानी दमास्कसस्थित सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ। सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ। ‘चेतावनीको समय सकिएको छ। अब कठोर र पीडादायी प्रहार हुनेछन्,’इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भने। इजरायलले दक्षिण–पश्चिमी सिरियामा रहेको ड्रुज समुदायलाई जोगाउन प्रयास गरिरहेको बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने,‘हामी ...
: थाइल्याण्डको प्रहरीले भिक्षुसँग यौनसम्पर्क गरी तस्बिर र भिडियो प्रयोग गरेर पैसा असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिस गोल्फ भनेर चिनिने ती महिलाको कम्तीमा नौ जना भिक्षुसँग सम्बन्ध थियो। प्रहरीले बताएअनुसार उनले विगत तीन वर्षमा ब्ल्याकमेलिङ मार्फत करिब ३८ करोड ५० लाख भाट असुल गरेकी छन्। अनुसन्धानकर्ताले उनको घरमा खानतलासी गर्दा भिक्षुलाई ब्ल्याकमेल ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशमा नयाँ पारस्परिक कर लगाउने घोषणा गरेका छन्। सयौँ देश उनको निशानामा छन्। ती देशमाथि कुनै पनि समयमा कर लगाउने घोषणा हुन सक्छ। जापान, ब्राजिल, क्यानडा, इन्डोनेसिया र दक्षिण अफ्रिकालाई कर पत्र पठाएपछि अब राष्ट्रपति ट्रम्पले १५० भन्दा बढी देशलाई पनि कर पत्र पठाउन लागेका छन्। यो कुरा ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको सरकारमा ठुलो फेरबदल गरेका छन्। उनले वर्तमान प्रधानमन्त्री डेनिस श्मिहाललाई हटाएर युलिया स्विरिडेन्कोलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। युक्रेनको रुससँगको युद्ध चौथो वर्षमा प्रवेश गरेका बेला जेलेन्स्कीको सरकार पुनर्गठन भएको हो। युलिया स्वीरिडेन्कोलाई देशको नयाँ प्रधानमन्त्री बनाउने प्रस्ताव संसदमा राखिएको छ। यसअघि प्रधानमन्त्री श्मीहालले आफ्नो पदबाट राजीनामा दिएका ...
First Prev ... 34 35 36 37 38 39 40 41 42 43 44 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम