मुख्य समाचार
विश्व
। इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्ता रहने वा नरहने भन्ने टुंगो लगाउनेछ । तर, सरकार परिवर्तन हुँदैमा प्यालेस्टिनीहरूको अवस्थामा ठूलो सुधार आउने सम्भावना भने कम देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसको मुख्य कारण इजरायलका अधिकांश विपक्षी दल पनि प्यालेस्टाइनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने पक्षमा स्पष्ट रूपमा उभिएका छैनन् ...
। साउदी अरबको रक्षाका लागि बेलायत सरकारले रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल र ड्रोन आक्रमणहरू बढाएपछि यो कदम चालिएको हो । यो रक्षात्मक अभियानको मुख्य उद्देश्य ईरान समर्थित हुथी समूहका हवाई आक्रमणहरूबाट साउदी अरबका शहरहरू र पूर्वाधारहरूको सुरक्षा गर्नु हो । प्रधानमन्त्री एन्डी बर्नहमले यो सैन्य ...
: जर्मनीका चान्सलर फ्रेडरिक मर्जले देशमा रुसी गुप्तचर सेवाको जासुसी गतिविधि तीव्र रहेको बताएका छन् । रुसका लागि जासुसी गरेको आशङ्कामा एक युक्रेनी नागरिक पक्राउ परेपछि उनले यस्तो चेतावनी दिएका हुन् । जर्मन अधिकारीहरूका अनुसार वादिम वाई नामले चिनाइएका ती व्यक्तिमाथि जर्मनीको सैन्य क्षेत्रसँग सम्बन्धित गोप्य सूचना सङ्कलन गरेको आरोप छ । उनले सन् २०२५ को ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बीबीसीविरुद्ध दायर मानहानिसम्बन्धी मुद्दामा आगामी डिसेम्बर ११ भित्र शपथ लिएर बयान दिन अदालतले आदेश दिएको छ । अमेरिकाको एक अदालतले ट्रम्पलाई बीबीसीको वृत्तचित्रमा आफ्नो भाषण सम्पादन गरिएको विषयमा दायर मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बयान दिन आदेश दिएको हो । सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले दिएको ...
: दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बिहीबार राति स्थानीय समय अनुसार १०:३३ बजे उक्त भूकम्प गएको हो। भूगर्भविद्हरूका अनुसार भूकम्पको गहिराइ १० किलोमिटर मात्र रहेकाले यसको धक्का निकै कडा महसुस गरिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अरूको आलोचना गर्छन्, तर कसैले उनलाई जवाफ फर्काए भने उनी रिसाउँछन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक यस्तै अवस्थाको सामना गर्नुपरेको छ। न्युयोर्क टाइम्समा प्रकाशित एक सामग्रीका अनुसार, नर्वेको राजधानी ओस्लोमा मङ्गलबार बन्द कोठामा एक बैठक भएको थियो। यस क्रममा ट्रम्पका प्रतिनिधिहरू स्टिभ विटकफ (पश्चिम एसियाका लागि विशेष दूत) र ट्रम्पका ...
: बेलायत सरकारले साउदी अरबको सुरक्षाका लागि रोयल एयर फोर्सका टाइफून लडाकु विमानहरू तैनाथ गर्ने निर्णय गरेको छ। यमनको हुथी समूहका तर्फबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणहरूको प्रतिकार गर्न साउदी अरबको रक्षाका लागि बेलायतले यो कदम चालेको बीबीसीले उल्लेख गरेकाे छ। प्रधानमन्त्री एन्डी बर्नहामद्वारा स्वीकृत यो रक्षात्मक मिसनले इरान समर्थित समूहका हवाई आक्रमणहरूबाट साउदी सहरहरू र ...
: ​​​​​​ प्रशान्त महासागरमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी (टाइफुन चम्पी) ताइवान र जापानको दक्षिणी क्षेत्रतर्फ तीव्र गतिमा अघि बढेपछि ती क्षेत्रको जनजीवन प्रभावित बनेको छ। जापानको मौसम विज्ञान एजेन्सी र ताइवानका मौसमविद्हरूका अनुसार यो वर्षको ३० औँ टाइफुन ‘चम्पी’ उत्तर-पश्चिमतर्फ अघि बढिरहेको छ।अनुमानित ३२० किलोमिटर व्यास रहेको यो आँधीका कारण शुक्रबार र शनिबार ताइवान तथा ...
। डाटा गोपनीयताका विषयमा उपभोक्ताहरूलाई जानाजानी भ्रमित पारेको ठहर गर्दै न्यु मेक्सिकोका एक न्यायाधीशले मेटा प्लेटफर्म्सलाई अमेरिकी राज्य न्यु मेक्सिकोलाई २५ अर्ब डलर तिर्न आदेश दिएका छन्। फैसलाको तीन हप्ताभन्दा बढी समयपछि आएको आदेशमा न्यायाधीश फ्रान्सिस म्याथ्युले लेखेका छन्, ‘फेसबुकको गल्ती जुन वर्षौंदेखि र योजनाबद्ध रूपमा सर्वसाधारणमाझ प्रसारण गरिएको छ– फेसबुकको मुख्य व्यावसायिक अभ्यासको केन्द्रमै प्रहार ...
— फ्रान्सका विभिन्न सहरमा भएका दंगाका दृश्य विश्वभर फैलिएपछि देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन् । फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी ...
। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको छ। इरानले अस्वीकार गरेको स्ट्रेट अफ हर्मुजको मार्ग प्रयोग गरेपछि ती जहाजहरूलाई निशाना बनाइएको थियो। यस रणनीतिक जलमार्गमा इरानी नियन्त्रण र आक्रमणबाट बच्नका लागि व्यापारिक जहाजहरूले एक जहाजबाट अर्को जहाजमा कार्गो ओसारपसार गर्ने कार्य बढाएका ...
। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशमा भएको हिंसात्मक विरोध प्रदर्शनबारे विदेशी नेताहरूले गरेका टिप्पणीलाई अस्वीकार्य र मूर्खतापूर्ण बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीहरू र अरू कैयौं नेताहरूले फ्रान्समा भएको हिंसाका लागि कथित रूपमा आप्रवासीहरूलाई जिम्मेवार ठहराएका थिए। ट्रम्पको रिपब्लिकन पार्टीले दुई सातापछि मध्यावधि निर्वाचनको सामना गर्दैछ। यसैबीच, अमेरिकी राष्ट्रपतिले शनिबारदेखि फ्रान्समा भड्किएको हिंसा र लुटपाटको ...
। रुसले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत विटकफबीच बुधबार रुसको ...
। साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्राधिकरणले जनाएको छ । यसअघि बुधबार नै साउदी अरबको हवाई ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। सङ्घीय सरकारले तीव्र बनाएको अध्यागमन सम्बन्धी कडा नीतिका बीच विदेश मन्त्रालयले मंगलबार यसको जानकारी दिएको हो। सार्वजनिक गरिएको तथ्यांकले पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने क्रम थप तीव्र बनेको देखाउँछ। यसअघि गत साउन २५ ९अगस्ट १०० मा मन्त्रालयले सन् ...
। रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । बुधबार राति भएको आक्रमणमा कम्तीमा ६ जना घाइते भएका छन् । युक्रेनसँग शान्ति वार्ता पुन: सुरु गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रुस सहमत भएलगत्तै किएभमा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । किएभका ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last