— उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले आइतबार पार्टी महाधिवेशनको चौथो दिन नेता किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ ।
सोमबार सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले तयार गरेको रिपोर्टमा किमको नेतृत्वमा, ‘आणविक शक्तिका रूपमा देशको युद्ध प्रतिरोधमा आमूल सुधार भएको उल्लेख गरेको छ ।
‘महाधिवेशनले पार्टीका केन्द्रीय समितिका सदस्यहरूको पनि चयन गरेको छ ...