मुख्य समाचार
विश्व
: अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ भीषण गोली हानाहान भएको छ। सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका छन् भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्। अमेरिकी गुप्तचर निकाय 'सीक्रेट सर्भिस'का अनुसार शनिबार बेलुकी ६ बजेभन्दा केही समयअघि एक व्यक्ति ह्वाइट हाउस परिसर बाहिरको सुरक्षा चेकपोइन्टमा पुगेर अचानक सुरक्षाकर्मीहरूमाथि ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन प्रणालीमा शृङ्खलाबद्ध र कडा नीतिगत परिवर्तनहरू गरिरहेको छ । एकातिर प्रशासनले ग्रिनकार्ड आवेदनको प्रक्रियालाई कडा बनाएको छ भने अर्कोतिर देशनिकालालाई तीव्रता दिन नयाँ न्यायाधीशहरू नियुक्त गरेको छ । यसैबीच, पार्टीभित्रकै आन्तरिक विवादका कारण सीमा सुरक्षासम्बन्धी प्रमुख विधेयक भने सिनेटमा सङ्कटमा परेको छ । ग्रिनकार्ड सम्बन्धी कडा नीति अमेरिकी नागरिकता तथा ...
उत्तरी चीनको सान्सी प्रान्तमा रहेको एउटा कोइला खानीमा ग्यास विष्फोट हुँदा कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। तोङझाउ ग्रुपद्वारा सञ्चालित ‘लिउसेन्यु कोइला खानी’ मा शुक्रबार बेलुका यो दुर्घटना भएको हो । विष्फोट स्थानीय समय अनुसार शुक्रबार बेलुका १९:२९ बजे भएको थियो, जतिबेला खानीभित्र २४७ जना श्रमिकहरू कार्यरत थिए। दुर्घटना लगत्तै सयौँको सङ्ख्यामा उद्धारकर्मीहरू घटनास्थलमा खटिएका ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो सप्ताहन्तको बिदा र गल्फ खेल्ने कार्यक्रम अचानक रद्द गरेर ह्वाइट हाउस फर्किएका छन्। यससँगै अमेरिका र इरानबीच पुनः सैन्य तनाव र सम्भावित हमलाको अड्कलबाजी तीव्र भएको छ। अमेरिकी सेना र जासुसी निकायका उच्च अधिकारीहरूले पनि ‘मेमोरियल डे विकेन्ड’ को छुट्टी रद्द गरेका छन्। सीबीएस न्युजको रिपोर्टअनुसार ट्रम्प प्रशासनले इरानविरुद्ध नयाँ ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक परिचालन गर्ने अप्रत्याशित घोषणा गरेका छन्। युरोपबाट अमेरिकी सैन्य उपस्थिति कटौती गर्ने पूर्वघोषित योजनाहरूका बीच बिहीबार राति सामाजिक सञ्जालमार्फत गरिएको यो घोषणाले नेटो सहयोगी राष्ट्रहरू र स्वयं अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) भित्र ठूलो तरङ्ग पैदा गरिदिएको छ। राष्ट्रपति ट्रम्पले पोल्याण्डका भर्खरै निर्वाचित दक्षिणपन्थी राष्ट्रपति कारोल नावरोकीसँगको ...
: उत्तरी होन्डुरसमा भएका दुई छुट्टाछुट्टै हिंसात्मक घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । यी घटनाले मध्य अमेरिकी देश होन्डुरसलाई फेरि हिंसाले स्तब्ध बनाएको छ । बिहीबार पहिलो घटना देशको उत्तरस्थित ट्रुजिलो नगरपालिकाको रिगोरेस क्षेत्रमा रहेको एक दुर्गम पाम फार्ममा भएको थियो । होन्डुरस राष्ट्रिय प्रहरीका प्रवक्ता एडगार्डो बाराहोनाका अनुसार घटनास्थलमा कम्तीमा १० जना कामदारको ...
: पाकिस्तान प्रशासित कश्मिरको राजधानी मुजफ्फराबादमा एक निजी कलेजका प्रिन्सिपल हमजा बुरहानको दिउँसै गोली हानी हत्या गरिएको छ । गोजरा क्षेत्रमा रहेको निजी कलेजका प्रिन्सिपल हमजा बुरहान हमलामा गम्भीर घाइते भएका थिए र सीएमएच अस्पतालमा उपचारका क्रममा उनको विहीबार मृत्यु भएको डीएसपी इश्तियाक गिलानीले बताएका छन् । प्रहरीका अनुसार, उनीमाथि कलेज अगाडि नै हमला गरिएको ...
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...
— अमेरिकाले क्युबाली नेता एवं पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकहरूको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रोसहित पाँच जनामाथि सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकीसहित चार जनाको मृत्यु भएको आरोप लगाइएको छ। ९४ वर्षका क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र बलका प्रमुख थिए। क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले ...
— ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलमार्गबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा ...
। बेलायतस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन ‘लोयड्स लिस्ट’ का अनुसार होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू कायमै रहे पनि इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै जलसन्धिमा जहाजको चाप देखिएको हो । प्रतिवेदनका अनुसार मे ११ देखि १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजले होर्मुज ...
। चिनियाँ प्रधानमन्त्री ली कियाङले रुससँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, बुधबार दिउँसो ‘ग्रेट हल अफ द पिपुल’ मा राष्ट्रपति पुटिनसँगको भेटमा प्रधानमन्त्री ली कियाङले दुवै राष्ट्रप्रमुखहरूको रणनीतिक मार्गदर्शन पछ्याउन, राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, आपसी समर्थन बढाउन र बदलिँदो परिस्थितिमा पनि स्थिर रहन रुससँग ...
First Prev ... 38 39 40 41 42 43 44 45 46 47 48 ... Next Last