मुख्य समाचार
विश्व
। विश्व इजरायल र प्यालेस्टाइन, रुस र युक्रेन तथा हुथीसँगको युद्धमा व्यस्त भइरहेको अवस्थामा उत्तर कोरियाले निरन्तर आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले तीव्र रुपमा आणविक हतियार परीक्षण गरेसँगै किम जोङ उनको मनसायबारे बहस सुरु भएको छ । जनवरी ५ मा दक्षिण कोरियाको सीमा नजिकै उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमण गरेको थियो । गत शुक्रबार ...
— उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मंगलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका ...
— चीनको दक्षिण-पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मंगलबार बिहान जानकारी दिएका छन् । झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमबार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमवार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ । घटनास्थलमा एक ...
— द्वन्द्वग्रस्त गाजामा सोमबार एकैदिन २४ जना इजरायली सैनिक मारिएका छन् । इजरायली सेनाका अनुसार मारिनेमध्ये २१ जना जगेडा सैनिक हुन् । उनीहरू एक धराप विस्फोटमा परी मारिएका जनाइएको छ । इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का अनुसार उक्त विस्फोटक पदार्थ दुईवटा भवन ध्वस्त पार्नका लागि राखिएको थियो । प्यालेष्टिनी लडाकुहरूले केहीअघि ती फौजको सुरक्षाका लागि खटिइरहेका सैन्य ट्यांकमा ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदियौंदेखिको प्रतिक्षापछि राम आइपुगेको बताएका छन्। अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठापछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम लाला अब दिव्य मन्दिरमा बस्ने बताए। 'आज हाम्रा राम आइपुगेका छन्। सदियौं प्रतिक्षापछि हाम्रा राम आइपुगेका हुन्। हाम्रा राम लाला अब टेन्टमा बस्दैनन्, अब दिव्य मन्दिरमा रहन्छन्,' उनले भने। उनले आजको दिन दिनमात्र नभएर नयाँ कालचक्रको ...
: म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ। मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो। घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको बताइएको छ। विद्रोहीको आक्रमणबाट बच्नका लागि गत ...
— इजरायलले सिरियामा गरेको आक्रमणमा इरानको सरकारी फौजका चार वरिष्ठ अधिकारी मारिएका छन् । इरानी रेभुलुसनरी गार्डले आक्रमणमा इजरायलको हात रहेको जनाउँदै आफ्ना चारजना सैन्य सल्लाहकार मारिएका जनाएको छ । त्यस्तै, केही सिरियाली फौजका सदस्यहरूको समेत ज्यान गएको बीबीसीले जनाएको छ । सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले इरानसमर्थित नेताहरूको बैठक भइरहेका बेला इजरायलले चारतले भवनलाई निशाना ...
: भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई एकतर्फी रूपमा रद्द गर्दै म्यान्मासँगको खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विद्रोहीको आक्रमणबाट भागेर म्यान्माका सयौं सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहले सीमामा तारबार लगाउने घोषणा गरेका हुन्। उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा शाहले सरकारले खुला रहेका भारत–म्यान्मा सीमामा तारबार लगाउने निर्णय गरेको बताएका ...
— गाजाको स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा १७८ प्यालेस्टाइनीको मृत्यु भएको र २९३ जना घाइते भएको जनाएको छ । अक्टोबर ७ यता गाजामा इजरायली हमलामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ भने ६२ हजार ६८१ जना घाइते भएका छन् । अक्टोबर ७ हमासको आक्रमणबाट इजरायलमा मर्नेको संख्या १ हजार १३९ पुगेको छ ।
— रुस नियन्त्रित दोनेत्स्क सहरमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ । दोनेत्स्क क्षेत्रका रुसी नेता डेनिस पुसिलिनले आक्रमणको पुष्टि गर्दै २५ जनाको ज्यान गएको र २० भन्दा बढी घाइते भएका जनाएका छन् । आपतकालिन सेवाका अधिकारीहरू उद्धारका लागि जुटिसकेका र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ । घटनाबारे युक्रेनले ...
— रुसी सेनामा भर्ती भएका श्रीमान्को उद्धार गरिदिन भन्दै आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएको ४७ दिन बितिसक्यो । फलेवास–२ पर्वतकी उनले गत मंसिर २० मा विभागमा निवेदन दिएकी थिइन् । तर, श्रीमान् कृष्णबहादुर कहिले नेपाल फर्किन्छन्, टुंगो छैन । रुसी सेनामा भर्ती हुन कृष्ण गत कात्तिक २ मा रुस पुगेका थिए । अहिले उनी रुसी सेनाले ...
: मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, 'हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गराएका थिए। उक्त आगलागीका कारण १३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना घाइते ...
नेपाल र फिनल्यान्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको सहकार्य बढ्दो छ । सन् १९९२ मा काठमाडौंमा दूतावास खोले पनि फिनल्यान्डले सन् २०११ को सेप्टेम्बरबाट राजदूत पठाएर कामकाज सुरु गरेको थियो । दूतावास खोल्नुअघि नै फिनल्यान्डले सन् १९८२ बाट नेपालसँग सहकार्य र सहयोगमा भूमिका निर्वाह गर्दै आइरहेको थियो । नेपालको एक असल मित्रका रूपमा रहेको फिनल्यान्डकी ...
— भारतको पूर्वोत्तर राज्य मणिपुरमा फेरि हिंसा भड्किएको छ । म्यानमारसँग सीमा जोडिएको उत्तरी मणिपुरको टेङ्नोपाल जिल्लास्थित मोरेह सहरको एक सुरक्षा चेकपोस्टमा गत बुधबार राति कुकी सशस्त्र समूहको आक्रमणमा परी दुई सुरक्षाकर्मीको घटनास्थलमै ज्यान गएको छ । दुई जना गम्भीर घाइते भएका छन् । कुकी समूहको बिहीबार बिहान भएको अर्को आक्रमणमा परी मैतेई समुदायका थप ...
— कुनै बेला बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न एक सन्तान मात्र जन्माउने नीति लिएको चीनलाई अहिले जनशक्ति अभावले सताउन थालेको छ । चीनले सन् १९८० देखि एक सन्तान नीति लागू गरेको थियो । तर, अहिले त्यही नीतिका कारण जनशक्ति अभाव हुन थालेपछि चीन सरकार तनावमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था द न्युयोर्क टाइम्सका अनुसार जनशक्ति अभावको ...
— थाइल्यान्डको एउटा अदालतले राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो । थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुनेगरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबैभन्दा लामो सजाय हो । ३ वर्षअघिको ...
First Prev ... 39 40 41 42 43 44 45 46 47 48 49 ... Next Last