मुख्य समाचार
विश्व
लेबनान । बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या गरेका छन् । मारिनेहरूमा पूर्वअफिसर र सिपाहीहरू थिए । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँमा घटना भएको जनाएको छ । ‘गाउँका १० जना मानिसको गोली हानेर हत्या गरेपछि बन्दुकधारीहरू भागेको सूचना प्राप्त भएको छ,’ अब्जर्भेटरीका प्रमुख ...
— अमेरिकाको नवगठित ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले वरिष्ठ पदका सरकारी कर्मचारीहरूलाई कार्यालयको कम्प्युटर प्रणलीमा पहुँच रोकिदिएको पाइएको छ । रोयर्टसका अनुसार मस्कका सहयोगीहरूले अमेरिकी संघीय निजामती सेवाको व्यवस्थापन गर्ने ‘अफिस अफ पर्सनल म्यानेजमेन्ट’ लाई ‘नियन्त्रण’ मा लिएका छन् । यो नेपालको निजामति किताबखाना र लोक सेवा आयोगजस्तै निकाय हो । सरकारी प्रशासन सुधारका ...
— भारत सरकारले आर्थिक वर्ष २०२५/२६ मा पनि नेपाललाई ७ अर्ब भारु (करिब सवा ११ अर्ब रुपैयाा) अनुदान सहयोग गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा नेपाललाई उक्त सहयोग गरिने उल्लेख छ । आर्थिक वर्ष २०२४/२५ मा पनि भारतले नेपालका लागि ७ अर्ब भारुको अनुदान बजेटमा विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्ष ...
— भारतले सरकारी स्वामित्वका ऊर्जासम्बन्धी ९ संस्थाको बजेट करिब २१ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०२५/२६ का लागि भारु ८६१ अर्ब ३८ करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०२४/२५ को तुलनामा यो २१ प्रतिशत बढी रहेको भारतीय सञ्चारमाध्यम इकोनमिक्स टाइम्समा उल्लेख छ । आर्थिक वर्ष २०२४/२५ का लागि ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अर्थात् फेब्रुअरी १ ​​बाट क्यानडा, मेक्सिको र चीनमाथि कर लगाउने जनाएका छन्। शुक्रबार ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले डोनाल्ड ट्रम्पले शनिबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५% र चिनियाँ सामानमा १०% कर लगाउने जनाएकी थिइन्। यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाले कर बढाए आफू पनि कारवाहीमा उत्रले बताएका थिए। ...
— अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित रुजवेल्ट महल नजिकै मेडिकल सामाग्री ढुवानी गर्ने एयर एम्बुलेन्स विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति तथा नेपाली समय शनिबार दिउँसो भएको दुर्घटनामा एम्बुलेन्समा सवार सबै ६ र पैदल यात्री एक गरी ७ को मृत्यु भएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ । मृतक सबै मेक्सिकोका नागरिक हुन् । ...
— प्यालेस्टिनी समूह हमासले थप तीनजना बन्धक रिहा गरेको छ । उनीहरूमध्ये दुई जनालाई दक्षिणी गाजाको खान युनिस र एक जनालाई गाजासिटीबाट रिहा गरिएको हो । ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोनलाई खान युनिसबाट रिहा गरिएको हो । त्यस्तै, ६५ वर्षीय किइथ सिगललाई गाजासिटीबाट रिहा गरिएको हो । ...
— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क लगाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार मेक्सिको र क्यानडाका लागि समान २५ प्रतिशत र चीनका लागि १० प्रतिशत आयात शुल्क लगाइएको हो । तर राष्ट्रपति ट्रम्पले क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो फेब्रुअरी ...
— सयौं अर्ब बराबरको संघीय अनुदान र ऋण रकम रोक्का गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका असफल भएको छ । डिस्ट्रिक अफ कोलम्बियाकी न्यायाधीश लोरेन एल अलिखानले लागू हुनुभन्दा केही मिनेटअघि राष्ट्रपति ट्रम्पको आदेश स्थानीय समयानुसार आगामी सोमबार ५ बजेसम्मका लागि रोकिदिएकी हुन् । उक्त मुद्दाको सुनुवाइ सोमबार बिहान पुनः हुने जनाइएको छ । संघीय ...
— अमेरिकामा केन्द्रबाट राज्यमा जाने सयौं अर्ब बराबरको अनुदान र ऋण रोक्का गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदम तत्कालका लागि रोकिएको छ । डिस्ट्रिक्ट अफ कोलम्बियाकी न्यायाधीश लोरेन एल अलिखानले राष्ट्रपति ट्रम्पको आदेश स्थानीय समयानुसार सोमबार ५ बजेसम्मका लागि रोकिदिएकी छन् । उक्त मुद्दाको सुनुवाइ सोमबार बिहान पुनः हुने जनाइएको छ । संघीय सरकारले दिँदै आएको अनुदानबाट लाभ लिँदै आएकाहरूको प्रतिनिधित्व ...
वैज्ञानिकहरुले अफ्रिका महादेश पहिलेको तुलनामा तीव्र गतिमा फुटिरहेको र दुई भागमा छुट्टिने क्रममा रहेको दाबी गरेका छन् । पहिलोपटक सन् २००५ मा इथियोपियाको मरुभूमिमा ३५ माइल लामो दरार देखिएको थियो, जुन अहिले वर्षेनी आधा इन्चको गतिले चौडा भइरहेको छ । डेलीमेलको रिपोर्ट अनुसार क्यालिफोर्निया विश्वविद्यालय, सान्टा बार्बाराका प्राध्यापक केन म्याकडोनाल्डले भनेका छन् कि यो प्रक्रिया जसलाई पहिले ...
: टिकटकमा भिडियो बनाएकै कारण एक पाकिस्तानी बुबाले १३ वर्षीया छोरीको गोली हानी हत्या गरेको खुलेको छ। अमेरिकामा बस्दै आएको परिवारलाई पाकिस्तानमा बोलाएर ती बुबाले छोरीको हत्या गरेको बीबीसीले जनाएको छ। पाकिस्तानको क्वेटामा १३ वर्षीया छोरी हीरा अनवरलाई हत्या गरेको प्रहरले जनाएको छ। उनका बुबा अनवर उल हकले प्रहरीसामु छोरीको हत्या गरेको स्वीकारेका हुन्। यसअघि ...
। युक्रेनी सेनाले रूसबाट कब्जामा लिएको एउटा गाउँमा २२ जनाको ‘हत्या गरेको’ मस्कोले दाबी गरेको छ । युक्रेनले पश्चिमी रूसको कुर्स्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ । अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ। रूसले अहिले धेरै सहरहरू आफ्नो कब्जामा लिएको छ । रूसी ...
। हमासले बन्धक बनाइएका ३ इजराइली र ५ थाइ नागरिकसहित ८ जनालाई मुक्त गरेको छ । बन्धक बनाइएका उनीहरूलाई इजरायलको क्षेत्रभित्र ल्याएर मुक्त गरेको इजरायली सेनाले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । अलजजिराका अनुसार इजराइली नागरिकहरू २९ वर्षीया अर्वेल यहुद र ८० वर्षीय गादी मोसे मोजेस रहेका छन् । यस्तै ५ जना थाइ मजदुरहरूलाई पनि हमासले मुक्त ...
— अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ...
सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निलम्बन गरेको मुद्दामा सम्झौता गर्न सहमति जनाएको छ । २०२१ जनवरी ६ मा अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित यूएस क्यापिटल (अमेरिकी संसद्) भवनमा हिंसात्मक घटना भएको थियो । ट्रम्प समर्थकहरूले अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनको निर्वाचित भएको घोषणा रोक्नका लागि क्यापिटल भवनमा जबरजस्ती प्रवेश गरेका थिए । ...
First Prev ... 41 42 43 44 45 46 47 48 49 50 51 ... Next Last