मुख्य समाचार
विश्व
। प्रशिक्षार्थीका रुपमा फ्रान्सेली स्वास्थ्य मन्त्रालयमा छिरेका ग्याब्रिएल एटल एक दशकपछि प्रधानमन्त्रीमा विराजमान हुन पुग्नु धेरैका लागि रोचक परिघटना बन्न पुग्यो । १७ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेका उनी ३४ वर्षको उमेरमा फ्रान्सको दोस्रो सर्वोच्च पदमा पुगेसँगै अहिले सर्वत्र चर्चा छ । आलोचकहरुले भने उग्र दक्षिणपन्थी आन्दोलनको भूमरी एटलले थेग्न नसक्ने भन्दै उनलाई प्रधानमन्त्री बनाउने इम्यानुएल ...
: यूके र अमेरिकी फौजले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले यो रेड सीमा हुथी विद्रोहीले गत नोभेम्बरयता पानीजहाजहरू माथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हुथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ। यूकेका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एअर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण ...
— पाकिस्तानबाट स्वतन्त्र भएको चार वर्षपछि सन् १९७५ अगस्ट १५ मा बंगलादेशका दोस्रो दर्जाका अधिकारीहरूले सैनिक ‘कू’ गरे । त्यसको उद्देश्य प्रस्ट थियो, शेख मुजिबुर रहमान नेतृत्वको धर्मनिरपेक्ष सरकार विस्थापित गरी खोण्डकर मुस्ताख अहमदको नेतृत्वमा इस्लामिक सरकार गठन गर्ने । सफल सैन्य ‘कू’ का क्रममा प्रधानमन्त्री तथा बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांशले ज्यान गुमाए । ...
। सरकारले कम तलब दिएको भन्दै पपुवा न्यु गिनीका सरकारी कर्मचारी, सेना र प्रहरीको एक समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ । करिब २५ जना गम्भीर घाइते भएका छन् । दंगा भड्किएपछि प्रधानमन्त्री जेम्स मारापेले १४ दिनका लागि आपतकाल घोषणा गरेका छन् । प्रहरी र अन्य सरकारी कर्मचारीहरुको पछिल्लो तलब ५० प्रतिशतसम्म घटेर ...
— उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी देशान्तरमा रहेको बताएको छ । भूकम्पको धक्का बदख्सानको छिमेकी ...
— इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो । मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए । उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरूमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए । उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका ...
: बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनको यो लगातार चौथो कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी ...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन्। प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरेका हुन्। नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय ...
— माल्दिभ्सका तीन जना मन्त्रीले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको नकारात्मक टिप्पणीपछि दुई देशबीच तनाव बढेको छ । भारतमा सामाजिक सञ्जालमा ‘बोयकट माल्दिभ्स’ ट्रेन्डिङमा आएको छ । राजनीतिज्ञ मात्र होइन, खेलाडी र बलिवुड सेलेब्रिटीसम्म उक्त ट्रेन्डिङको हिस्सा बनेका छन् । यसै हप्ताको प्रारम्भमा मोदीले लक्षद्वीपको यात्रा गरेका थिए । उनले पर्यटन प्रवर्द्धनका लागि त्यहाँका ...
बोलिभियाका लागि पूर्व अमेरिकी राजदूत म्यानुअल रोचा हालसालै पक्राउ परे । अमेरिकी विदेश मन्त्रालयमा काम गर्ने उनलाई अमेरिकी सरकारले गम्भीर आरोप लगाउँदै पक्राउ गरेको हो । चार दशक अमेरिकी विदेश मन्त्रायलमा काम गरेका उनले क्युबाका लागि जासुसी गरेको आरोप सरकारले लगाएको हो । कम्युनिस्ट शासन रहेको क्युबाले शताब्दी यता गर्दै आएको सबैभन्दा ठूलो जासुसी काण्डका रुपमा ...
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बने‍का छन्। उनीअघि समाजवादी नेता लौरेन्ट फाबियस सबैभन्दा कान्छो प्रधानमन्त्री थिए। उनलाई ३७ वर्षको उमेरमा १९८४ मा फ्रांसुआ मिटेरेंडद्वारा नियुक्त गरिएको थियो। अटलले ...
— दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो । राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो । मंगलबार पास भएको नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले ...
: अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेको छ। फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरेग्रिन ल्यान्डर बोकेको छ। प्राविधिक समस्याका कारण पेरेग्रिन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई रहन सकेका छैनन्। पेरेग्रिन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष ...
: बंगलादेशमा भएको आमनिर्वाचनमा शेख हसिनाको पार्टीले विजयी हाँसिल गरेको छ। प्रमुख विपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) र अन्य दहरूले बहिष्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बीबीसीमा समाचार छ। कूल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको हो। एकजना उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ मा निर्वाचत रद्द भएको थियो। निर्वाचन ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आपत्तिजनक प्रतिक्रिया जनाउने माल्दिभ्सका ३ जना मन्त्री निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद छन् । भारतको लक्ष्यद्वपि टापुमा पुगेर मोदीले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित भिडियो सार्वजनिक गरेका थिए । माल्दिभ्सको पर्यटन उद्योगलाई चुनौति दिनु पर्ने भन्दै भारतका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि मोदीको त्यो भिडियोलाई ...
अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे । यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो । यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ । विश्व रंगमञ्चमा के कारणले यस्तो ...
First Prev ... 42 43 44 45 46 47 48 49 50 51 52 ... Next Last