मुख्य समाचार
विश्व
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जलाई नियुक्त गर्ने निर्णय गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले चीनको कट्टर आलोचक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने जानकारी आफू निकटकालाई दिएका हुन् । वाल्ट्ज फ्लोरिडाका जनप्रतिनिधि हुन् । उनी सेवानिवृत्त सैनिक अधिकृत हुन् । एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिको उनले खुलेर आलोचना ...
। अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप २९) को आज उद्घाटन भएको छ । उद्घाटनमा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु ...
। स्पेनमा आएको भीषण बाढीपछि अहिले त्यहाँका जनताले प्रशासनविरुद्ध सडकमा उत्रिएका छन् । स्पेनको भ्यालेन्सियामा शनिबार हजारौं स्थानीयहरु सडकमा उत्रिएर क्षेत्रीय प्रमुखविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसहित प्रदर्शन गरेका थिए । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाएका छन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । भ्यालेन्सियाका मेयर मारिया ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक निक्की हेली र माइक पोम्पेओलाई आफ्नो मन्त्रीमण्डलमा समावेश नगर्ने बताएका छन् । नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका ट्रम्पले उनीहरूले पहिले गरेको कामका लागि धन्यवाद दिँदै अबको मन्त्रीमण्डलमा भने समावेश नगर्ने बताएका हुन् । साउथ क्यारलाइनाकी पूर्व गर्भनर हेली यस वर्षको सुरुवातमा रिपब्लिकन पार्टीका राष्ट्रपति पदका दावेदारहरूमध्ये ट्रम्पको सबैभन्दा ...
। भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको बताएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने आशयको जवाफ दिएका हुन् । बीबीसी हिन्दीका अनुसार अमेरिकाको चुनावी नतिजाबारे जयशंकरलाई ‘अमेरिकी चुनावको नतिजालाई भारत-अमेरिका सम्बन्धको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?’ भनेर सोधिएको ...
। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ। वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न ...
। विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने भएकी छन् । विश्व व्यापारको सर्वोच्च संस्थाको आगामी नेतृत्व छनोटका लागि आवेदन माग गरिएकोमा निर्धारित अवधि ८ नोभेम्बरसम्म ओकोन्जो इवेलाको मात्रै आवेदन परेको डब्लूटीओको जनरल काउन्सिलका अध्यक्ष तथा नर्वेका राजदूत पिटर ओल्बर्गले जानकारी गराएका छन् । महानिर्देशक नियुक्तिको आगामी प्रक्रियाबारे जानकारी दिँदै ...
। इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको ...
। सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पलाता गाउँपालिका-५, कालीकोट घर भई हाल सुर्खेतको वीरेन्द्रनगर-९ लाटिकोइली बस्दै आएका २७ वर्षीय प्रयास बम ठकुरी र वीरेन्द्रनगर-१०, का २१ वर्षीय चन्द्र सुनार रहेका छन् । उनीहरूलाई आइतबार बेलुका वीरेन्द्रनगर-१० दीपनगर टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर ...
। अमेरिकाको पूर्वसभामुख न्यान्सी पेलोसीले जो बाइडेनले ढिलो उम्मेदवारी फिर्ता लिंदा डेमोक्रेटिक पार्टीले चुनावमा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिइन् । न्यूयोर्क टाइम्सका अनुसार डेमोक्रेटिक पार्टीकी नेता समेत रहेकी पेलोसीले बाइडेन पहिले नै राष्ट्रपतिको उम्मेदवारीबाट बाहिरिएको भए डेमोक्रेटिक पार्टीको लागि राम्रो अवस्था हुने बताएकी हुन् । ‘यदि बाइडेनले पहिले नै छाडिदिएको भए राष्ट्रपतिको दौडमा अन्य उम्मेदवार हुनसक्थे,’ उनको एक ...
। रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन हमला भएका छन् । आइतबार रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित ...
— रुसले विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक, गुगललाई गणना गर्न र जम्मा गर्न सम्भवै नभएको राशीको जरिवाना तिर्नुपर्ने सजाय सुनाएको छ । गुगलले रुसलाई २ अंकको पछिल्तिर ३६ वटा शून्य हुने गरी गणना नै सम्भव नभएको रकम तिर्नुपर्ने विषय अहिले सामाजिक सञ्जाल र मिडियामा रोचक खबर बनेर छाइरहेको छ । गुगलले आफ्नो स्ट्रिमिङ प्लाटफर्म युट्युबमा रुसका ...
— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन् ।ट्रम्पले अमेरिकाभित्र कानुन कार्यान्वयन र गैरकानुनी आप्रवासीलाई डिपोर्ट गर्न सेना प्रयोग गर्ने बताउँदै आएका छन् । त्यसका साथै भ्रष्टहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षा ...
— पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेल-वे स्टेसनमा शनिबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ४० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ । पाकिस्तान प्रहरीका वरिष्ठ अधिकृत मुहम्मद बलोचले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरे । अफगानिस्तान र इरानको सिमानामा ...
— अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका उपकमान्डर अशुआ एम. रुड नेपालमा भ्रमणमा आएका छन् । अमेरिकी दूतावासका अनुसार उनी शुक्रबार काठमाडौं आएका हुन् । उनी अमेरिकी सेनाको तीन–तारे लेफ्टिनेन्ट जनरल हुन् । उनी अर्को साता हुने २४९ औं यूएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा सहभागिता जनाउन आएको दूतावासले जनाएको छ । साथै, उनले भ्रमणको क्रममा नेपाल सरकारका अधिकारीहरु ...
। अफगानिस्तानमा तालिबान सरकारले प्रतिबन्ध लगाए पनि अफिमको खेती १९ प्रतिशतले वृद्धि भएको पाइएको छ । मादक पदार्थ एवम् अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघको कार्यालय (यूएनओडीसी)को नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा अफगानिस्तानमा अफिमको खेती १९ प्रतिशतले बढेको हो । सन् २०२३ मा अफगानिस्तानमा अफिमको खेतीमा ९५ प्रतिशतले गिरावट आएको थियो । यस वर्ष अफिमको खेती र उत्पादन ...
First Prev ... 44 45 46 47 48 49 50 51 52 53 54 ... Next Last