मुख्य समाचार
विश्व
: रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ । रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । हेलिकप्टरमा सवार अधिकांश पर्यटक थिए । शनिबार कामचटका क्षेत्रमा रहेको भाचकाजेट्स ज्वालामुखी नजिकैको बेसबाट उडेको विमान बेपत्ता ...
इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौं मानिस सडकमा उत्रिएका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ। तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन्। प्रधानमन्त्री नेतन्याहु र ...
सन् २०२५ बाट अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा हार्ड क्याप लगाउने निर्णय गरेको छ। सोही अनुसार सन् २०२५ बाट यहाँका पब्लिक विश्वविद्यालयहरूले १ लाख ४५ हजार र भोकेसनल एजुकेसन (नेपालमा सीटीईभीटीबाट सञ्चालित जस्तै) ले ९५ हजार र निजी उच्च शिक्षा प्रदायकहरूले ३० हजार मात्र विद्यार्थी इन रोल गर्न पाउनेछन्। यो निर्णय खासगरी भेट प्रोभाइडर (नेपालका सीटीईभीटीबाट ...
अहिलेका सबै उमेर समूहका मानिसहरुलाई स्मार्टफोनको मोह यतिधेरै बढेको छ कि आफ्नो फोन चलाउने रहर पूरा गर्नका लागि उनीहरू परिवारमा जुनसुकै ब्लाकमेल गर्न समेत तयार हुन थालेका छन्। भारतमा एकजना किशोर आफ्नी गरिब आमालाई आइफोन किन्न बाध्य पार्नका लागि ३ दिनसम्म अनसन बसेको घटना अहिले चर्चामा छ । भारतमा एक स्मार्टफोन पसलले खिचेको छोटो भिडियो गत हप्ता ...
: मेटाका मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले उनलाई कोभिडसँग सम्बन्धित पोस्टहरूमा सेन्सर (हटाउन)गर्न दबाब दिएको बताए। मार्क जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै उक्त कुरा बताएका छन् । उनले भने, '२०२१ मा महिनौंसम्म, व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिड-१९ सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए। यसमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो। ...
। अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ । नयाँ निर्णयअनुसार सन् २०२५ मा अष्ट्रेलियाले दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ । बेलायत र क्यानडाले जस्तै आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको अष्ट्रेलियाले विदेशबाट आउने विद्यार्थीको संख्या न्यूनीकरण गर्ने निर्णय यसअघि पनि गरेको थियो । शिक्षामन्त्री जेसन क्लेयरले मंगलबारको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका ...
। पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ । पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् । ‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त ...
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विदेशी कामदारका सम्बन्धमा महत्वपूर्ण घोषणा गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने बताएका छन्। उनले क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि बताए। जस्टिन ट्रुडोले सामाजिक सञ्जाल पोस्टमार्फत उक्त जानकारी दिएका हुन्। अहिले श्रम बजारमा परिवर्तन आएको उनको ...
। रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताएका छन् । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन् । साथै ...
। भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ...
अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच ब्यारी विलमोर पृथ्वी आगामी वर्ष सन् २०२५ को फेब्रुअरी महिनामा मात्रै पृथ्वीमा फर्किने भएका छन् । यसका लागि नासाले आगामी सेप्टेम्बर २४ मा क्रु नाइन मिसन प्रक्षेपण गर्नेछ। नासाका अनुसार उनीहरुलाई स्पेस एक्सको ड्रागन क्रु क्याप्सुल मार्फत् पृथ्वीमा ल्याइनेछ । यो यान निर्माण पश्चात् हालसम्म ४६ पटक सफल प्रक्षेपण ...
आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ । ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो । फान नामक ती व्यक्तिको धेरै ...
यही २४ अगष्टमा मा रूसको निजी सेना तथा भाडाका लडाकुको रूपमा चिनिने वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्यु भएको एक वर्ष पूरा हुँदैछ । प्रिगोजिनको अप्रत्यासित मृत्युको एक वर्ष बितिसक्दा पनि सो समूहमा आबद्ध रहेका भाडाका लडाकु तथा सैनिकहरुको अवस्था हाल के कस्तो छ भन्ने प्रष्ट छैन । ती लडाकुहरू युक्रेन, सिरिया र अफ्रीकाका केही भागहरूमा ...
: थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ। थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो। आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका ...
। ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने भएका छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी पर्सि ओमान फर्किनेछन् ...
: लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलको दक्षिणी भूभागमा हिजबुल्लाहले सयौं मिसाइल प्रहार गरेको हो। इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले प्रहार गरेका रकेट लन्चरलाई विफल बनाएको दाबी गरेको छ। 'करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,' ...
First Prev ... 46 47 48 49 50 51 52 53 54 55 56 ... Next Last