मुख्य समाचार
विश्व
गाजाको करिव ८४ प्रतिशत भूभागमा बस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्रसङ्घीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ । राष्ट्रसङ्घघीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ ...
। बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै सत्ता परिवर्तनसम्म पुग्दा राजनीतिक एजेन्डासँगै कतिपय धार्मिक–सांस्कृतिक तनावहरु पनि देखिन थालेका छन् । प्रदर्शनकारीले बहिर्गमित शेख हसिना वाजेदको अवामी लिगका कार्यकर्ता, नेताले खोलेका होटल, उनीहरुका निवासहरुमा आक्रमण गरेका थिए। यसरी निशाना बनाउने क्रममा अल्पसंख्यक हिन्दुहरुका निवास र व्यक्ति पनि उनीहरुको तारो बन्न पुगेका छन् । ढाकाबाट प्रकाशित हुने डेली स्टार पत्रिकाका अनुसार ...
बंगलादेशमा हिंसात्मक प्रदर्शनका बीच शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । ७६ वर्षीया शेख हसिना सन् २००९ देखि १७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशकी प्रधानमन्त्री थिइन् । बंगलादेशका विद्यार्थीहरूले सरकारी जागिरमा आरक्षणको विरोधमा गत महिनादेखि प्रदर्शन गरिरहेका थिए । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण ...
बंगलादेशमा हिंसात्मक प्रदर्शनका बीच शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । ७६ वर्षीया शेख हसिना सन् २००९ देखि १७ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेशकी प्रधानमन्त्री थिइन् । बंगलादेशका विद्यार्थीहरूले सरकारी जागिरमा आरक्षणको विरोधमा गत महिनादेखि प्रदर्शन गरिरहेका थिए । सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारलाई ३० प्रतिशत आरक्षण ...
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रका ७४ वटा गाउँ कब्जा गरेको बताए । युक्रेनी सेना रुसतर्फ अग्रसर भई रुसी सेनालाई कब्जामा लिइरहेको बताइएको छ । युक्रेनले गरेको अकस्मात आक्रमणपछि दुई लाख रुसी नागरिक घर छोडेर भाग्न बाध्य भएका बीबीसी समाचारमा उल्लेख छ । उनीहरूलाई सुरक्षित स्थानमा पठाइएको ...
। थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ । जेल बसेको एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको आरोपमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरिएको हो । ६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ । उनी एक वर्षभन्दा पनि कम समय प्रधानमन्त्री रहे । साथै उनी पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले ...
। जर्मनीको राजधानी बर्लिन शहरको सरकारले बढ्दो तापमान, खडेरी र सडकमा भल बग्ने समस्या समाधान गर्ने उद्देश्यले वर्षाको पानी जम्मा गर्ने उपाय अपनाएको छ । त्यसका लागि ठाउँठाउँमा ठूला–ठूला इनार बनाइएको छ । जर्मनीको राजधानी बर्लिन सुख्खा क्षेत्रको रुपमा चिनिन्छ । यहाँ हरेक वर्ष गर्मीको बेला पानीको समस्या हुन्छ । वर्षाको बेला ढल फुटेर ओभरफ्लो पनि ...
: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार देश छाडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । उनले भनेकी छन्, 'बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ। 'उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।' शेख हसिना अगस्ट ५ मा देश छोडेर भारत आएकी थिइन्, त्यसबेलादेखि उनी ...
: बंगलादेशको राजधानी ढाकामा विद्यार्थी र स्वयंसेवकले सडकहरूमा हप्ता दिनदेखि ट्राफिक व्यवस्थापन गरिरहेका थिए। ढाकाको सडकमा अहिले भने प्रहरी फर्किएका छन्। सोमबार बिहान ढाका, बड्डा, बसुन्धरा, महाखाली, तेजगाउँ, बंगला मोटर, कारभान बजार, विजय सरानी, ​​जहाँगीर गेट, शाहबाग, गुलिस्तान क्षेत्रमा ट्राफिक प्रहरी ड्युटीमा देखिएका थिए। विगत सात दिनदेखि धेरै विद्यार्थी र स्वयंसेवक सडकमा ट्राफिक व्यवस्थापनको काम गरिरहेका थिए। ...
युक्रेनी सेना रुसको सीमानाबाट ३० किलोमिटर भित्र पसेको छ । अमेरिकी मिडिया हाउस सीएनएनका अनुसार फेब्रुअरी २०२२ मा युद्ध सुरु भएयता युक्रेनले रुसमाथि आक्रमण गरेको यो पहिलो पटक हो । शुक्रबारसम्म रुसले युक्रेनी सीमासँग जोडिएको कुर्स्कमा कम्तिमा २५० वर्ग किलोमिटर क्षेत्र गुमाएको छ। युक्रेनी सेनाको अर्को लक्ष्य रुसी सहर सुदजा हो। सामाजिक सञ्जालमा धेरै भिडियोहरू भाइरल ...
रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलबार जनाएका छन्। उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरु हाल अस्थायी आवास केन्द्रहरूमा ...
शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश यतिबेला चर्चामा छ । नेतृ हसिना बंगलादेशमा हिन्दी फिल्म रिलिजको बाटो खोल्ने व्यक्ति हुन् । बंगलादेशले सन् १९७१ मा भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । हसिनाले सन् २०२३ मा यो प्रतिबन्ध हटाएकी थिइन् । किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ प्रतिबन्ध ...
: ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । आगलागी तीव्र गतिमा फैलिएको देखेर हजारौं नागरिकलाई घरबाट हटाइ सुरक्षित स्थानमा लगिएको छ । एथेन्सको हावा नराम्ररी प्रदूषित भएको छ। तापक्रम ह्वात्तै बढेको छ र आकाश कालो भएको छ । एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । यस क्षेत्रमा ...
: बंगलादेशको अन्तिरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका छन्। 'आवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ। हामी यसलाई इन्कार गर्दैनौं। निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ,' उनले भने। पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिए ...
। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’ बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश ...
। अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो । होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको ...
First Prev ... 48 49 50 51 52 53 54 55 56 57 58 ... Next Last