मुख्य समाचार
विश्व
— चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प ...
: म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफीअन्तर्गत करिब ६ हजार कैदीलाई रिहा गर्ने घोषणा गरेको छ। म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौं प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ। म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो। स्वतन्त्रता दिवसको अवसरमा शनिबार १ सय ८० विदेशीसहित ...
अमेरिकामा भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन्। कयौं राज्यमा आपतकाल घोषण समेत गरिएको छ। केन्टकी,भर्जनिया,वेस्ट भर्जनिया,कान्सास,न्यू जर्सी र मिसौरीलगायत राज्यहरूले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ। भारी हिमपातका कारण यी राज्यहरूका सबै राजमार्गहरू बन्द छन्। त्यहाँका प्रशासनले सडक मार्ग नखुलाउन सुझाव दिएको छ। हिम आँधीका कारण हजारौं उडान प्रभावित ...
— पन्ध्र महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच पुन: युद्ध चर्किएको छ । पछिल्लो तीन दिनमा इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको र दर्जनौं घाइते भएको जनाइएको छ । हमास अधिकारीहरूका अनुसार आईडीएफले तीन दिनमा गाजास्थित आवासीय ...
— प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ । युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ । युनको सुरक्षा ...
— इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा गरेको आक्रमणमा पछिल्लो तीन दिनमा कम्तीमा २ सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालकालिका रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले जनाएका छन् । प्यालेस्टिनी हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले समूह ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको जनाएको छ । आक्रमणमा दर्जनौं घाइते भएको जनाइएको छ ...
सिरियाली राजधानी दमास्कस यतिखेर पश्चिमा मिडियाहरूको केन्द्रविन्दुमा छ। ३०औं वर्षदेखि सिरियाली सत्ताको मियो उत्तरी ध्रुवसँग नजिक रह्यो। पुटिन र बसर अल असदको नाम सायद विश्व राजनीतिलाई थोरबहुत मात्र याद गर्नेहरूले सजिलै सम्झने नाम हो। पश्चिमाहरूका लागि टाउकोदुखाइ भइरहेका यी नामहरू सिरियामा बदलिएको राजनीतिक अवस्थाले केही हदसम्म सन्तोषजनक होलान्। सिरियाली सत्ता र यसमा परेको भूराजनीतिको भुमरी सायद संसारभरका ...
: जनवरी १ मा अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ। नयाँ वर्ष मनाउँदै गरेका मानिसलाई लक्षित गरी एक व्यक्तिले पिकअप ट्रक चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । उक्त घटनामा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । न्यु अर्लिन्समा राती सवा ३ बजे ...
रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइपलाइनमार्फत युरोपेली मुलुकमा ग्यास पठाउन भएको सम्झौता सकिएको छ । यो सम्झौताको समय सकिएसँगै रुस र युक्रेनबीच अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौताको पनि समाप्ति भएको छ। सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशमा रूसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ । रुसी कम्पनी ग्याजप्रोमले पारवहन सम्झौता अन्तर्गत युद्धका ...
। सन् २०२४ सकिए लगत्तै अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरुले नयाँ वर्ष सन् २०२५ को उत्सव मनाउन सुरु गरेका छन् । एक्सपिडिसन ७२ का अन्तरीक्षयात्रीहरुले पृथ्वीको परिक्रमा गर्दै एक दिनमै १६ पटक नयाँ वर्ष मनाउनेछन् । स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु पृथ्वीभन्दा करीब ४ सय किलोमिटरको उचाइँमा नयाँ वर्ष सन् २०२५ मा प्रवेश गर्दैगर्दा १६ पटक सूर्योदय ...
। दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ...
— लामो समयदेखि राजनीतिक स्थायित्वका लागि परिचित देश हो जर्मनी । सन् २००५ अघि जर्मनीको सत्ता प्राय: सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले नै आलोपालो चलाउने गरेका थिए । तर दुई दशकअघि सीडीयू नेता एन्जेला मर्केल चान्सलर बनेसँगै उनले जर्मनीमा १६ वर्ष एकछत्र शासन गरिन् । सन् २०२१ पछि भने जर्मनीको चान्सलरको ...
— विभिन्न उतारचढावबीच सन् २०२४ बिदा हुने तरखरमा छ । यस वर्ष नयाँ नेतृत्व चयनका लागि विश्वका ७० भन्दा देशमा चुनाव भयो । तीमध्ये कतिपय देशमा अप्रत्यासित चुनावी नतिजा आयो । त्यसका साथै विगतमा जस्तै यस वर्ष पनि शक्तिराष्ट्रहरूमा भएका राजनीतिक, आर्थिक लगायतका घटनाक्रमले संसारको ध्यान खिचे । खासगरी रुस–युक्रेन र पश्चिम एसियामा जारी युद्ध वर्षभर ...
सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत गरिएको छ। पश्चिमी युरोपेली देश बेलायत, फ्रान्स र जर्मनीमा नयाँ वर्ष मनाउने क्रम जारी छ। बेलायतका धेरै सहरमा पानी परेको भए पनि मानिसको उत्साहमा कमी आएको छैन । यसैबीच युद्धको चपेटामा परेका रुस र युक्रेनले पनि नयाँ वर्षलाई भव्य रुपमा नै स्वागत गरेका छन् । युएईको ...
— २५ वर्षअघि काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलायन्सको जहाज अपहरणको घटनाबारे अनेकन कथाहरु सार्वजनिक भइसकेका छन् । तर अपहरणमा परेको उक्त जहाजका यात्रुहरुले अपहरणमुक्त भएपछि तत्कालीन तालिबान सरकारलाई उपहार दिएको रोचक प्रसंग भने धेरैका निम्ति नयाँ हुनसक्छ । क्रिसमसको पूर्वसन्ध्या अर्थात् २४ डिसेम्बर, सन् १९९९ मा अपहरणमा परेको जहाज अफगानिस्तानको कान्दाहार पुर्‍याएर सात दिन राखिएको ...
: रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस करिब तीन वर्षको द्वन्द्व अन्त्य गर्न कुनै सम्झौताको हिस्साका रूपमा युक्रेनमा पश्चिमी शान्ति सैनिकहरूको तैनाथीको विरुद्धमा रहेको बताएका छन् । कुनै पनि शान्ति सम्झौता लागु गर्न युक्रेनमा विदेशी सेना राख्ने सम्भावनाको चर्चा पश्चिमी राजधानीहरूमा चलिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस महिना वार्सामा भएको ...
First Prev ... 49 50 51 52 53 54 55 56 57 58 59 ... Next Last