मुख्य समाचार
विश्व
— सिरियाका अपदस्थ राष्ट्रपति बसर अल-असदका समर्थकहरूले देशको पश्चिममा गरेको आक्रणमा आन्तरिक मन्त्रालयका १४ सैनिकको ज्यान गएको छ । असदको अल्पसंख्यक अलावाइट मुस्लिम सम्प्रदायको गढ रहेको भूमध्यसागरीय बन्दरगाह टार्टोसनजिक भएको भिडन्तमा अन्य १० सैनिक घाइते भएका सिरियाली अधिकारीहरूले जनाएका छन् । राजधानी दमास्कसनजिकै रहेको कुख्यात सयदनाया जेलमा कैदीबन्दीलाई यातान दिने भूमिकामा रहेका एक पूर्व अधिकारीलाई ...
— अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुर्घटनाका लागि रुस जिम्मेवार हुनसक्ने प्रारम्भिक संकेत मिलेको बताएका हुन् । अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको अजरबैजान एअरलाइन्सको 'जे२-८२४३' विमान बुधबार कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६७ जनामध्ये ...
— दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव ...
— कुनै समयमा उच्च शिक्षाका लागि पहिलो रोजाइको देश मानिएको अस्ट्रेलिया उच्चशिक्षाका लागि अध्ययन गर्न आउने विद्यार्थीका लागि असम्भवजस्तै बन्दै गएको छ । अत्यन्तै राम्रो आर्थिक अवस्था भएका विद्यार्थीबाहेक मध्यम वर्गका विद्यार्थीका लागि समेत अस्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि भिसा पाउनु अत्यन्तै गाह्रो बनेको छ । अस्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक हेर्ने हो भने अध्ययनका लागि अस्ट्रेलिया ...
— भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिले नेपाललाई झस्काएको छ । नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको लिपुलेक पासबाट व्यापार गर्न सन् २०१५ मै भारत र चीनका प्रधानमन्त्रीबीच सहमति भएको थियो । कोभिड महामारीले रोकिएको मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने पछिल्लो सहमतिले नेपालको चुच्चे नक्साप्रतिको सरोकार फेरि जागृत भएको छ । भारतका ...
। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ । देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एड्भाइजरी जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सीएनएनले जनाएको छ। डोनाल्ड ट्रम्पले सन् २०२४ को ...
: बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन्। शफिकुल आलमले भने, 'सरकारले बंगलादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ।' बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ । बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै शेख हसिनालाई न्यायिक ...
पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ । पाकिस्तानले गरेको यस हमलामा १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ । तालिवानको रक्षा मन्त्रालयले पाकिस्तानद्वारा पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ । अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। मन्त्रालयले भन्यो, 'पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको छ। ...
: अमेरिकी अन्तरिक्ष निकाय नासा एउटा अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा छ। नासाको योजनाअनुसार ‘पार्कर सोलर प्रोब’ नामक उक्त यान सूर्यको बाह्य मण्डलमा प्रवेश गर्ने छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गर्नुपर्छ। उडानका क्रममा उक्त यान केही दिन सञ्चार सम्पर्कबाट छुट्टिने छ। वैज्ञानिकहरू उक्त यान सकुशल रहे नरहेको ...
: भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार डिसेम्बर २७ मा हुने सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको छ। शनिबार अन्त्येष्टिको दिन विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ । केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय ...
। चीनले तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा गरेको छ । यहाँ बाँध बाँधेर थ्रीगर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने चीनको योजना छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो ...
: भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुमा जनाइएको छ। एम्सको मिडिया सेलले मनमोहन सिंहको निधन भएको पुष्टि गरेको जनाइएको छ । पूर्वप्रधानमन्त्री सिंहको निधनपछि प्रेस विज्ञप्ति जारी गरिएको थियो । विज्ञप्तिमा उमेरको ...
: दक्षिण कोरियाको विपक्षी पार्टीले कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ। कार्यवहाक राष्ट्रपति हानले आफ्ना पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो। हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानुन घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको छ। ...
। इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख विश्वव्यापी प्लेटफर्महरूमा पहुँच प्रतिबन्धित इन्टरनेट नाकाबन्दीलाई सहज बनाउने दिशामा नयाँ कदमको सङ्केत गर्छ । तीनै तहका सरकारका प्रमुख, मन्त्री र सर्वोच्च परिषद्का सदस्यहरुको ...
। कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै ...
पृथ्वी गोलाकार छ । यही कुरा भन्दा इतिहासमा ब्रुनोलाई ज्यूँदै जलाइएको थियो । किनकि सदियौं अघि पृथ्वी चेप्टो छ र सूर्यले पृथ्वीलाई घुम्छ भन्ने विश्वास थियो । यद्यपि पृथ्वी चेप्टो भएको सिद्धान्तमा विश्वास गर्ने मानिसहरु सदियौंअघि मात्र होइन अहिले पनि छन् । चेप्टो पृथ्वीको सिद्धान्तलाई सही सावित गर्नका लागि उनीहरुले अनेक खालका तर्क र कुतर्क ...
First Prev ... 51 52 53 54 55 56 57 58 59 60 61 ... Next Last