मुख्य समाचार
विश्व
। रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले मंगलबार एएफपीलाई बताएका छन् । किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् । रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् । ‘युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा ...
। पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् । बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान ...
। टर्कीले सन् २०२५ को लागि श्रमिकको न्यूनतम ज्याला ३० प्रतिशतले वृद्धि गर्ने भएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलबार श्रमिकको न्यूनतम तलब ६३० अमेरिकी डलर पुर्‍याउने घोषणा गरेका हुन् । न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हितवृद्धि हुने बताए । मन्त्री इसिखानले यो ...
। मंगोलियाले आधा शताब्दीपछिको सबैभन्दा कठोर जाडो सामना गरिरहेको छ। चिसो अचाक्लि बढ्दा गत हिउँदमा ४७ लाखभन्दा बढी पशु मरेका थिए । त्यतिबेलै चिसोले हजारौं मानिसको जीविका र खाद्य आपूर्तिमा खतरा उत्पन्न गर्ने अन्तर्राष्ट्रिय रेडक्रसले चेतावनी दिएको थियो । त्यहाँको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको जनाएको ...
। अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो । स्पेसएक्सले प्रक्षेपण गरेका २१ उपग्रहहरूमध्ये १३ डायरेक्ट टु सेल क्षमताका छन् । स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच अनुपलब्ध भएका स्थानहरूमा पुर्‍याउनेछ ...
। क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु भएको छ । देशकै ठूलो सरकारी अस्पताल फेरि खोल्न लागिएको विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको थियो । गोली लागेर दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त अस्पताल हिंस्रक समूहले कब्जामा लिएको थियो । सो अस्पताल फेरि ...
। पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो । सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि ...
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ वर्षको सुरुवातमा सत्ता गुमाउन सक्ने सम्भावना देखिएको छ। न्यू डेमोक्रेटिक पार्टी (एनडीपी)का नेता जगमीत सिंहले प्रधानमन्त्री ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन्। जगमीत सिंहले अर्को महिना अल्पसंख्यक लिबरल सरकार फुटाउन कदम चाल्ने र देशमा नयाँ चुनावको माहोल बनाउने बताएका छन्। जगमीत सिंहले भने, 'लिबरल पार्टीको नेतृत्व कसले गर्छ भन्ने ...
— दक्षिण कोरियाले रूस-युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ । दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई बुझाएको थियो । त्यसयता ...
— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर पुगेपछि मात्र रोकिएको ...
— इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो । द्वन्द्वप्रभावितहरूले आश्रय लिइरहेको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजाको कामल आड्वान र अल-अवदा अस्पतालमा आक्रमण गरेको अल जजिराले जनाएको ...
— अफगानिस्तानको गजनी प्रान्तस्थित राजमार्गमा इन्धन ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् । राजधानी काबुल र दक्षिणी कान्दाहार बीचको गजनी प्रान्तमा बुधबार राति दुर्घटनामा भएको प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले सामाजिक सञ्जाल एक्समा बताए । 'काबुल–कान्दाहार राजमार्गमा ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ...
— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर ...
— अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् । 'मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु', ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक ...
: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्। डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसदले उनलाई गत साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौंपछि सबैभन्दा खराब राजनीतिक संकटमा फसाएको छ। भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि स्थानीय समयानुसार ...
First Prev ... 52 53 54 55 56 57 58 59 60 61 62 ... Next Last