मुख्य समाचार
विश्व
। क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो । त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै इमेल पठाएको छ । टाइम्स अफ इन्डियाका अनुसार क्यानडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल विरुद्ध फेरि पनि महाअभियोग प्रस्ताव अघि बढेको छ । यस प्रस्तावको पक्ष–विपक्षमा आज शनिबार सांसदहरुले मतदान गर्नेछन् । भोटिङ सुरु हुँदै गर्दा संसद बाहिर हजारौं नागरिक भेला भएका छन् । राष्ट्रपति योलले यसअघि देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेपछि विपक्षी दलले विरोध गरेको थियो । लगत्तै उनले निर्णय फिर्ता लिएका ...
। फ्रान्सले राष्ट्रपति इम्मानुयल म्याक्रोँका विश्वासपात्र ७३ वर्षीय फ्रास्वाँ बायरोलाई नयाँ प्रधानमन्त्रीका रुपमा पाएको छ । मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् । यसै अस्थिरताको क्रममा आएका बायरो चौथो प्रधानमन्त्री हुन् । यसअघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ...
— टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कको सम्पत्ति ४ सय अर्ब अमेरिकी डलर नाघेको छ । योसँगै मस्कले नयाँ कीर्तिमान बनाएको ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सले जनाएको छ । इलन मस्कको सम्पत्तिमा यो वृद्धि स्पेसएक्स र त्यसका लगानीकर्ताबीचको सम्झौतापछि भएको ब्लूमबर्गले जनाएको छ । सम्झौताअनुसार करिब १ अर्ब २५ करोड डलर मूल्य बराबरका शेयर खरीद गरिएको भएको थियो ...
— अमरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए । टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले 'ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि' डोनाल्ड ...
: यम युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको सुरुदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्। ‘बुल्गेरिया र रोमानियालाई स्वागत गर्न पाउनु ऐतिहासिक क्षण हो,’ हंगेरीका गृहमन्त्री स्यान्डर पिन्टरले भने। सन् २००७ देखि युरोपेली संघका सदस्य रहेका यी दुई देशलाई मार्चमा आंशिक रूपमा स्वतन्त्र आवागमन क्षेत्रमा जोडिएको ...
: अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिन लागेका बेला बिहीबार करिब १ हजार ५ सय अपराधीको सजाय कम गरेका छन् । त्यसैगरी ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन्। यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ। ‘सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु’, बाइडेनले ...
— नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबलाई फिफाले १० वर्षपछि हुने पुरुष फुटबल विश्वकप–२०३४ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको छ । फिफा मुख्यालयमा बुधबार भएको मतदानमा साउदी एक्लैले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । साउदी अरबले विश्वकप फुटबल आयोजनाको जिम्मेवारी पाएको फिफाको घोषणाले त्यस देशका नागरिकमा मात्र खुसी छाएको छैन । त्यो खुसीमा साउदीको विकासमा श्रम–पसिना बगाइरहेका १ ...
: अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आत्मघाती आक्रमणमा तालिवानका शरणार्थी मन्त्री खलील रहमान हक्कानीको मृत्यु भएको छ। हक्कानी प्रार्थनाका लागि बाहिर निस्केका बेला शरणार्थी मन्त्रालयमा आक्रमण भएको थियो। जसमा चार अंगरक्षकको पनि मृत्यु भएको थियो। आक्रमणको समयको बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार खलील हक्कानीका भतिजा अनस हक्कानीले काकाको मृत्यु भएको पुष्टि ...
— मलेसिया सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यालय स्थापना गरेको छ । बिहीबार उद्घाटन गरिएको कार्यालयले देशको केन्द्रीय एआई एजेन्सीका रूपमा काम गर्ने भनिएको छ । कार्यालयको उद्घाटन प्रधानमन्त्री अन्वार इब्राहिमले गरेका थिए । राष्ट्रिय एआई कार्यालयले नीति निर्माण र नियमनका विषयहरूको सम्बोधनका लागि काम गर्ने मलेसिया सरकारको अपेक्षा छ । दक्षिणपूर्वी एसियाली देश मलेसियाले क्लाउड ...
— अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा शरणार्थीमन्त्रीको मृत्यु भएको छ । तालिवानका अनुसार विस्फोटमा शरणार्थीमन्त्री खलिल उर-रहमान हक्कानी र अन्य पाँच जनाको मृत्यु भएको हो । तालिबान प्रवक्ताले मन्त्री हक्कानी मारिएको पुष्टि गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । आन्तरिक मन्त्रालयका अधिकारीले राजधानी काबुलस्थित शरणार्थी मन्त्रालयमा विस्फोट गराइएको जनाएका समाचार संस्था एपीले जनाएको छ ...
— दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको छ । राष्ट्रपति येओलले सैनिक शासन घोषणा गरेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बुधबार राष्ट्रपति कार्यालयमा छापा मारेको छ । राष्ट्रपति युनले गत साता अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि छानबिन भइरहेको छ । सैन्य शासन लागू भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई ...
— सिरियमा बसर अल-असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल-बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारकाे नेतृत्व गर्दै आएका थिए । इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) को नेतृत्वामा गत शनिबार विद्रोहीहरूले राष्ट्रपति असदलाई सत्ताच्यूत गर्नुअघि नै इडलिब विद्रोहीको कब्जामा थियो । सिरियाको उत्तर-पश्चिमी भागमा शासन गर्ने ...
— सशस्त्र विद्रोहलाई दबाउने नाममा १४ वर्षदेखि बर्बर दमन गर्दै आएका सिरियाका राष्ट्रपति बसर अल–असद मुलुक छाडेर रुसको मस्को पुगेका छन् । विद्रोहीले राजधानी दमास्कस नियन्त्रणमा लिएका छन् तर गृहयुद्धले थलिएको देशको भविष्य के हुने भन्ने अन्योल उस्तै छ । सन् २०११ को ‘अरब स्प्रिङ’ यता चलेको गृहयुद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाइसकेका छन् । तीमध्ये कम्तीमा ...
— बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरी डिजिटल ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय गरेको छ । ई-भिसा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयाँ नियम लागू हुने म्याद थपेको हो । सरकारले यसअघि बेलायतमा बस्न, काम गर्न र बेनिफिट्स लिन पाइने अधिकार भएको बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) र बायोमेट्रिक ...
— दक्षिण कोरियाली अधिकारीहरूले सोमबार राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् । भ्रष्टाचार अनुसन्धान निकाय प्रमुखले राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाउन आदेश दिएको योनहाप समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ-अपले संसदीय सुनुवाईका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन् । ...
First Prev ... 54 55 56 57 58 59 60 61 62 63 64 ... Next Last