मुख्य समाचार
विश्व
। युरोपका ६ देशमा बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा प्रदर्शन तीव्र बनेको छ। फ्रान्समा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गरेका छन् भने कैयौँ सरकारी भवनहरूमा आगजनी गरेका छन्। इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन्। ग्रिसमा विद्यार्थीहरूले होस्टेलको अभाव र बढ्दो भाडाको विरोधमा संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। बेल्जियम र अल्बानियामा पनि प्रदर्शनका ...
। आगामी अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचनको ठीक नौ दिन बाँकी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रत्यक्ष तथा औपचारिक रूपमा समर्थन घोषणा गरेका छन् । अमेरिकी र इजरायली कूटनीतिक इतिहासमा कुनै पनि अमेरिकी राष्ट्रपतिले इजरायली चुनावमा प्रत्यक्ष रूपमा कुनै उम्मेदवारलाई सार्वजनिक समर्थन गरेको यो पहिलो घटना हो। अधिकांश जनमत सर्वेक्षणहरूमा नेतान्याहुको ...
। इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ । अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् । बमको ...
। न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम गराएको छ। पार्टीको मध्यमार्गी (इस्टाब्लिस्मन्ट) र प्रगतिशील प्रोग्रेसिव) दुवै धारका शीर्ष नेताहरू डेमोक्रेटिक हाउस लिडर (संसदीय दलका नेता) हाकिम जेफ्रीज र न्युयोर्कका मेयर जोहरान मामदानी यस मुद्दामा हात मिलाउन आइपुगेका छन्। यो अनपेक्षित सहकार्यले ट्रम्प प्रशासनको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्। उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन्। यसले ...
। इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताएका छन् । उनले केही सर्त पूरा भएमा मात्र कुराकानी सुरु हुने बताएका छन् । इस्लामिक सहयोग संगठनको बैठकमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानका सर्तहरू स्पष्ट रहेको बताए । उनले ती सर्तहरू सात दिनको योजनाको रूपमा अमेरिकालाई दिएको जानकारी दिए । अमेरिकी राष्ट्रपति ट्रम्पले ...
: इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा लाइभ स्ट्रिमिङ भइरहेका बेला भयानक दुर्घटना भएको छ। क्याथोलिक पादरी प्याट्रिक अल्फ्रेडो साञ्चेज मोलिनारीको टाउकोमा अचानक काठको ठूलो क्रस (क्रूसीफिक्स) खस्दा घटनास्थलमै मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार घटना अक्टोबर १७ का दिन ग्वायाक्विलस्थित 'न्यूस्ट्रा सेनोरा डेल परपेटुआ सोकोरो' चर्चमा भएको हो। पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी प्रार्थना सभालाई सम्बोधन ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध निलम्बन गरेको बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले रुसलाई वार्ताको टेबलबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन् । आफू रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ता गरिरहेको उनको भनाइ छ । ट्रम्पले प्रतिबन्ध लागू हुनुभन्दा दुई दिनअघि नै ...
: फ्रान्समा जारी हिंसात्मक प्रदर्शनका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनलाई यसको मुख्य जिम्मेवार ठहराएका छन्। साथै उनले फ्रान्सलाई आफ्नो सीमा तत्काल बन्द गर्न र आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउन अपिल गरेका छन्। सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले भनेका छन्, 'फ्रान्स जलिरहेको छ। फरक संसारबाट आएका र हृदयमा घृणा बोकेका मानिसहरूको आप्रवासनले कुनै समय ...
। अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् । तेल राजस्वमा २५ अर्ब डलरको क्षति, क्रिप्टोकरेन्सीसमेत ...
। फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कडा प्रतिबन्धहरू छुट दिने निर्णय गरेपछि संसद्का दुवै दलका शीर्ष नेताहरूले त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्। गत महिना मात्रै आफैले हस्ताक्षर गरेर पारित गराएको प्रतिबन्धसम्बन्धी कानुनलाई ट्रम्पले अचानक कार्यकारी आदेशमार्फत निलम्बन गरेपछि यसलाई नेताहरूले ’जिम्मेवारीविहीन’ र ’शैतानसँगको सम्झौता’ को संज्ञा दिएका छन्। शुक्रबार रातिेरूपमा राष्ट्रपति ट्रम्पले ’लिन्डसे ओ. ग्राहम ...
साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पवित्र सहर मक्काको एक मस्जिदमा ‘अश्लील कृत्य’ गरेको अभियोगमा दुई बङ्गलादेशी नागरिकलाई मृत्युदण्ड दिएको पुष्टि गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार बङ्गलादेशी नागरिक नजरुल इस्लाम अब्दुल बशीर र सिती अख्तरलाई सुरक्षा अधिकारीहरूले पक्राउ गरी अदालतमा पेस गरेका थिए। अदालतले मक्का मस्जिदको पवित्रता उल्लङ्घन र घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूलाई दोषी ठहर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउने सम्बन्धी कानुनलाई हालका लागि रोकिदिएका छन्। ट्रम्पले शुक्रबार यस निर्णयसँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्दै यो कदम अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन्। यस कानुन अनुसार रुसबाट तेल र ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार शुल्क (कर) लगाउन सकिने व्यवस्था थियो। ती मुलुकहरूमा चीन, भारत, स्लोभाकिया, ...
: युक्रेनले पूर्वी डोनबास क्षेत्रमा सञ्चालन गरेको प्रतिआक्रमणमा सफलता हासिल गरेको दाबी गरेको छ । युक्रेनी पक्षका अनुसार ‘अपरेसन भिभाल्डी’ अन्तर्गत हालैका महिनामा २७७ वर्ग किलोमिटर क्षेत्र रुसी कब्जाबाट मुक्त गरिएको छ । बिबिसिमा उल्लेख भए अनुसार यस अभियानमा एलन मस्कको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको जनाइएको छ । युक्रेनी कमान्डरहरूका अनुसार प्रतिआक्रमणका क्रममा ...
: साउदी अरेबियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै एयर इन्डियाले रियाद, दम्माम र जेद्दाबाट हुने आफ्ना सबै उडानहरू अक्टोबर २०, २०२६ सम्मका लागि रद्द गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले भनेको छ, 'हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ र उडानहरू सुरक्षित रूपमा पुनः सञ्चालन गर्न निरन्तर अवस्थाको मूल्याङ्कन गरिरहेका छौँ।' एयर इन्डियाका अनुसार, उडान रद्द ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 ... Next Last