मुख्य समाचार
विश्व
। विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् । मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई ...
। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो । ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफू राष्ट्रपति ...
— अमेरिकामा चर्चित र विशेषत: युवाहरूमाझ अत्यधिक प्रयोग हुने चिनियाँ सामाजिक सञ्जाल टिकटकले आफूमाथिको सम्भावित प्रतिबन्ध वा बाध्यकारी बिक्री रोक्न दिएको कानुनी चुनौतीमा धक्का व्यहोरेको छ । अमेरिकाको कोलम्बिया जिल्ला संघीय अपिल अदालतले टिकटकविरुद्ध अमेरिकी सरकारले अघि सारेको कानुनी दबाबलाई सही ठहर गर्दै सोविरूद्द टिकटकले पेस गरेको चुनौतीलाई अस्वीकार गरेको छ । बाइडेन प्रशासनको सो निर्णय ...
। सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ । विद्रोहीको आक्रमण ...
— दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल महाभियोगबाट जोगिएका छन् । दक्षिण कोरियाली संसद्‍मा शनिबार भएको मतदानमा ‍१ सय ९५ सांसदले मात्र राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् । 'कुल १ सय ९५ मत संसद्का‌ कुल सदस्यको दुई तिहाइ बहुमतमा पुग्न सकेन । त्यसैले, म घोषणा गर्दछु महाभियोग प्रस्ताव पारित हुन सकेन,' सभामुख ...
। सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया ...
— विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सरकारले नियन्त्रण गरेको अन्य प्रमुख सहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् । सन् २०११ मा गृहयुद्ध सुरु भएपछिको पहिलो पटक सिरियाको दोस्रो सहर ...
— कतारमा सन् २०२२ मा भएको विश्वकप फुटबलको विरासत (लिगेसी) कोषले कतारको विश्वकप पूर्वाधार बनाउने क्रममा न्यून ज्याला पाएका तथा घाइते र मृत्यु भएका आप्रवासी श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरी ५० मिलियन डलर सहयोग गर्ने घोषणाको अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले आलोचना गरेका छन् । २०१० देखि २०२२ सम्म कतारमा विश्वकपसम्बद्ध पूर्वाधार बनाउने क्रममा ...
— फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ ...
। दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ। समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम ...
। कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले अत्याधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मीसँग एक्लै प्रतिकार गरेको दृश्य त्यस्तो आन्दोलनको चिरस्थायी विम्ब बन्न सक्छ । बंगलादेशमा निरंकुश प्रधानमन्त्री शेख हसिनाको शासन विरुद्ध विद्यार्थीले शुरु गरेको आन्दोलन चर्किरहेका बेला प्रहरीको निशस्त्र प्रतिकार गरिरहेका विद्यार्थी अबु सइदलाई प्रहरीले गोली हानी हत्या गर्‍यो । सरकारी जागिर खाने सपना देखेका ...
— अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा कुक, एकाउन्टेन्ट, सेफलगायतका धेरै दक्ष कामदारलाई सूचीमा अटाइएको छ । अस्ट्रेलियाले आफूलाई चाहिएको जनशक्तिका आधारमा हरेक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ । सूचीमा रहेका व्यवसायमा दक्ष र अस्ट्रेलियाका अध्यागमन नियम तथा कानुनअनुसार योग्यता पुगेका ...
— दक्षिण कोरियामा अप्रत्याशित रूपमा मंगलबार राति संकटकालीन ‘मार्सल’ कानुन लागू गरेका राष्ट्रपति युन सुक येओलले महाभियोगको सामना गर्ने भएका छन् । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युनविरुद्ध बुधबार महाभियोगको प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपति युनले दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी मार्सल कानुन लागू गरेका थिए । तर आफ्नो दल पिपुल्स पावर पार्टी (पीपीपी) सहितका राजनीतिक ...
— दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए । राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् । देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् । उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए । ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका ...
First Prev ... 55 56 57 58 59 60 61 62 63 64 65 ... Next Last