मुख्य समाचार
विश्व
: चीनले अन्तरिक्ष दौडमा अमेरिकालाई चुनौती दिँदैछ। रेडशिफ्ट नामक नयाँ रिपोर्टले चीनले ५–१० वर्षभित्र अमेरिकालाई उछिनेर विश्वको नम्बर १ अन्तरिक्ष शक्ति बन्न सक्ने चेतावनी दिएको छ। कमर्सियल स्पेस फेडरेशन (सीएसएफ)को प्रतिवेदनले चीनको अन्तरिक्ष कार्यक्रम द्रुत गतिमा बढिरहेको बताएको छ। नासाको बजेट कटौतीका कारण अमेरिका पछाडि परेको छ। अन्तरिक्ष दौडमा चीनको प्रभुत्व ११२ ...
। युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला भएको छ। प्रभावित विमानस्थलहरूमा लन्डनको हीथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल परेका छन् । साइबर आक्रमणका कारण शनिबार यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए भने धेरै उडानहरू ढिलाइ भयो । केही उडानहरू रद्द समेत गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । चेक–इन र बोर्डिङ प्रणाली ...
। ट्रम्प प्रशासनले इजरायललाई करिब ६ अर्ब डलरका हतियार बेच्ने योजना बनाएको जानकारी कंग्रेसलाई दिएको छ । समाचार संस्था एपीका अनुसार, ट्रम्प प्रशासनको यो कदमलाई गाजा नरसंहारकारी युद्धका कारण बढ्दो एक्लोपनको सामना गरिरहेको बेला इजरायललाई अमेरिकाले दिएको नयाँ समर्थनका रूपमा हेरिएको छ। यसमा ३० वटा एएच-६४ अपाचे हेलिकप्टरका लागि ३.८ अर्ब डलरको मूल्य तोकिएको छ । यी ...
शाङ्घाईमा जुलाईको दिउँसोको गर्मी, दर्जनौं चिनियाँ विद्यार्थीहरू ट्याबलेटको स्क्रिनमा निहुरिएर अंग्रेजी, गणित र भौतिकशास्त्रका पाठ पढ्न तल्लीन छन्। एल्गोरिदमले हरेक टाइप ट्र्याक गर्छ, प्रत्येक प्रश्नबारे सोच्न खर्चिएको समयको समेत हिसाब गर्छ । उनीहरूको गतिविधिलाई दुई जना शिक्षण सहायकहरू शान्त रूपमा बसेर हेरिरहेका हुन्छन् । उनीहरू आवश्यक परे मात्र बालबालिकाको अध्ययन प्रक्रियामा हस्तक्षेप गर्छन्। ४७ वर्षीय चिनियाँ एजु-टेक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने बताएका छन् । समाचार संस्था एपीका अनुसार, शुक्रबार नेताद्वयबीच लामो टेलिफोन वार्ता ट्रम्पले सीसँग भेट्ने र चीन जाने घोषणा गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै सी ‘उपयुक्त समय’ मा अमेरिकामा आउनेछन् र ...
। अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसाका लागि १ लाख डलर आवेदन शुल्क लिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा उक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि एच-वानबी भिसाको आवेदन शुल्क १२५० डलरदेखि ७५ सय डलरसम्म थियो। यसका अतिरिक्त ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधा पनि सुरु गरिएका ...
: अमेरिकाको एक प्रमुख खोप सल्लाहकार समितिले वयस्कका लागि कोभिड–१९ खोप सिफारिस नगर्ने निर्णय गरेको छ। यो खोप महामारीदेखि नै अधिकांश मानिसले वार्षिक रूपमा लिन आधिकारिक रूपमा अनुमोदन गरिएको छ। खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति (एसीआईपी)ले पनि कोभिड खोप सिफारिस गर्नेविरुद्ध मतदान गरेको हो। दुई दिनको बैठकमा (एसीआईपी)ले दादुरा, मम्प्स, रुबेलाको संयुक्त खोपमा आफ्ना सिफारिस परिवर्तन ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–वान भिसाको आवेदन शुल्क बढाउने आदेशमा हस्ताक्षर गरेका छन् । अब उक्त भिजाको शुल्क वार्षिक एक लाख अमेरिकन डलर हुने भएको छ । यसका साथै ट्रम्पले गोल्ड कार्ड भिसा प्रोग्रामको आदेशमा पनि हस्ताक्षर गरेका छन् । कुनै पनि व्यक्तिले गोल्ड कार्ड भिसा प्राप्त गर्नका लागि १० लाख अमेरिकी डलर र कम्पनीका ...
: भारतस्थित अमेरिकी दूतावासले केही भारतीय कम्पनीका कार्यकारीको भिसा रद्द गरेको छ। अमेरिकाले उनीहरूलाई नयाँ भिसा दिन अस्वीकार गरेको छ। दूतावासका अनुसार उनीहरूमाथि फेन्टानिल प्रिकर्सर (सिंथेटिक ओपियोइड फेन्टानिल बनाइने रसायन) तस्करी गरेको आरोप छ। फेन्टानिल एक लागूऔषध हो। फेन्टानिलको ओभरडोज संयुक्त राज्य अमेरिकामा मृत्युको प्रमुख कारण मध्ये एक हो। ʻयी व्यक्ति र परिवारका सदस्य संयुक्त राज्य अमेरिका ...
: युक्रेनका स्थानीय मिडियाले रातभर युक्रेनले रुसी ड्रोन खसालेको उल्लेख गरेका छन्। युक्रेनको शुलियाभस्का मेट्रो स्टेशन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट भएको उल्लेख गरिएको छ। बीबीसीका पत्रकारले आकाशबाट कम्तीमा दुईवटा ड्रोन खसेको देखेको बताएका छन्। युक्रेनी वायुसेनाले रुसले रातारात ८६ वटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यसमा ५० भन्दा बढी शाहिद ...
: इजरायली रक्षा बल (आईडीएफ)ले गाजा शहरबाट अस्थायी निकास मार्ग बन्द गरेको छ। यसअघि यस क्षेत्रका मानिसलाई छोड्न आदेश दिइएको थियो। आईडीएफका प्रवक्ता अविचाय अद्राईले पलायनबारे अद्यावधिक जानकारी दिए। उनले बुधबार खोलिएको सलाह अल–दिन स्ट्रिट अब गाजा शहर छोड्नेहरूका लागि उपलब्ध नभएको बताए। उनले अल–रशिद स्ट्रिट अब मानिसहरूलाई बाहिर निस्कन एक मात्र अनुमति दिइएको सडक रहेको बताए। ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध बोल्ने मिडियाको लाइसेन्स खोस्न सकिने बताएका छन्। गत हप्ता लेट नाइट टेलिभिजनका प्रस्तोता जिमी किमलले प्रस्तुत गरेको भिडियो सामाग्री पश्चात् अमेरिकन प्रसारण कम्पनी (एबीसी)ले अनिश्चित कालका लागि प्रसारणमा रोक लगाएको हो। उनलाई एबीसीले लगाएको रोकमा राष्ट्रपति ट्रम्पले भने, ‘यो अमेरिकाको लागि राम्रो समाचार हो। किमलसँग कुनै क्षमता थिएन। उनी र ...
: संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फेरि एक पटक भिटो प्रयोग गरेको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा गाजामा तत्काल तथा स्थायी युद्धविराम र बन्धकहरूलाई रिहा गर्न माग गरिएको थियो। यस मागमा अमेरिकाले भिटो प्रयोग गरेको हो। अमेरिकाले यो प्रस्तावमा भिटो गरेको यो छैटौँ पटक हो। सुरक्षा परिषद्का अन्य १४ सदस्य राष्ट्रहरूले यस मस्यौदाको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
First Prev ... 55 56 57 58 59 60 61 62 63 64 65 ... Next Last