मुख्य समाचार
विश्व
। भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ । लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको ...
— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले 'न्यायको पतन' को संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ ...
। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता पनि ...
। प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जनाउने लक्ष्यका साथ गत २५ नोभेम्बरदेखि दक्षिण कोरियाको बुसानमा एक साता लामो छलफल भएको थियो । तर संयुक्त राष्ट्रसंघका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निश्कर्षमा पुग्न ...
— सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरू भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन् । सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाबाट पराजित विद्रोहीले गत बुधबार अलेप्पोमा आक्रमण गरेका थिए । यो सिरियाली सरकारविरुद्ध ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबीआई) को नयाँ निर्देशक बनाउने बताएका छन् । ट्रम्पले ब्यूरोका गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’को बारेमा आलोचक आफ्ना पूर्वसल्लाहकार समेत रहेका पेन्टागनका अधिकारीलाई एफबीआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् । एफबीआईका ...
। गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । एक स्रोतलाई उल्लेख गर्दै बीबीसीले दुई नेताको भेटलाई पुष्टि गरेको छ । केही दिनअघि ट्रम्पले क्यानडा, चीन र मेक्सिकोमा भन्सार शुल्क थप बढाउने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यान्डाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने ...
। डेनमार्कको कार्ल्सबर्ग ग्रुपले साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ । सीएसएपीएल (सिंगापुर) मा रहेको उक्त सेयर नेपाली व्यवसायी सीपी खेतानको स्वामित्वमा थियो । उनले १ खर्ब रुपैयाँ बराबरमा उक्त सेयर कार्ल्सबर्र्ग ग्रुपलाई बेचेका हुन् । यो नेपालको इतिहासमै कम्पनीको सेयर किनबेच मध्येको एक ठूलो ‘डिल’ ...
विश्वयुद्धमै परिणत हुने हो कि भनेर आशंका गरिएको पश्चिम एसियामा जारी युद्ध अन्ततः अवतरणतर्फ उन्मुख भएको छ । एक वर्षभन्दा लामो समयदेखि युद्धरत इजरायल र लेबनानी लडाकु समूह हेजबुल्लाह युद्धविरामका लागि सहमत भएसँगै त्यस क्षेत्रमा शान्ति पुनःस्थापना हुने सम्भावना बढेको छ । विकसित परिस्थितिले लेबनानवासीलाई सबैभन्दा बढी राहत दिएको छ । साथसाथै, युद्धपीडित प्यालेस्टाइनका नागरिकले पनि शान्तिको सास फेर्न ...
— साउदी अरबमा कार्यस्थलमै ज्यान गुमाएका नेपाली कामदारका परिवारले बल्ल क्षतिपूर्ति पाउन थालेका छन् । साउदीको रियादस्थित नेपाली दूतावास र साउदीको सामाजिक सुरक्षा बिमा (गोसी) बीच समन्वय र सहजीकरण भएपछि क्षतिपूर्ति वितरण हुन थालेको हो । गोसीसमक्ष मृतक श्रमिकका तर्फबाट पूरै कागजात पेस नगरिँदा २००२ देखि परिवारले क्षतिपूर्ति पाएका थिएनन् । रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा मृत्यु भएका ...
: पाकिस्तानमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको छ । पाकिस्तानी वेबसाइट द डनका अनुसार पार्टीले बुधबार बिहान यो घोषणा गरेको हो । पीटीआईले इमरान खानको सल्लाहमा अर्को निर्णय लिने बताएको छ। पीटीआईले एक प्रेस विज्ञप्तिमा निकाल्दै सरकार निहत्था नागरिकहरूलाई निर्ममतापूर्वक मार्न तयार रहेको जनाएको छ। इस्लामाबादलाई वधशाला बन्न नदिन ...
— रुसले यक्रेनका ऊर्जा संरचनामा भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी सेनाले बिहीबार युक्रेनका ऊर्जा केन्द्रहरूमा कैयौं राउण्ड हवाई आक्रमण गरेको बताएका छन् । रूसी सेनाले क्षेप्यास्त्र तथा ड्रोनमार्फत भीषण आक्रमण गरेको र कैयौं स्थानमा विद्युत् आपूर्तिमा व्यापक समस्या आएको जेलेन्स्कीको भनाइ छ । आक्रमणका कारण चिसो मौसममा १० लाखभन्दा बढी ...
: पाकिस्तान सरकारले मंगलबार इस्लामाबादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरू विरुद्ध पुलिस र सुरक्षा बलहरूले व्यापक कारबाही गरेको बताएको छ। प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । त्यस्तै इमरान खानकी श्रीमती बुशरा बीबी बेपत्ता भएको खबरका बीच उनी खैबर पख्तुनख्वा प्रान्तमा रहेको खुलासा भएको छ । बीबीसीका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ ...
: रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । आक्रमणमा अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको इस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ। भर्खरै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइलहरू दिएको छ र त्यसलाई ...
— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शन चर्किएको छ । खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेसावरबाट आएका खान समर्थकहरू इस्लामावाद प्रवेश गर्ने क्रममा विभिन्न स्थानमा झडप भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । प्रमुख सरकारी भवनहरू नजिकैको 'डी चोक (डेमोक्रेसी स्क्वायर) पुग्ने क्रममा सशस्त्र सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन् । डी ...
First Prev ... 56 57 58 59 60 61 62 63 64 65 66 ... Next Last