मुख्य समाचार
विश्व
: उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण मृत्यु हुनेको संख्या १२२ पुगेको छ। प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका थिए। भीड सभामा समय एक्कासी भागदौड मच्चिँदा ठूलो सङ्ख्यामा हताहत भएको हो। घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र ...
लद्दाखमा एक नदीमा आएको बाढीमा ५ भारतीय सैनिकको मृत्यु भएको छ। सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो। रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौं। यस दुखद घडीमा ती ...
: अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उमेरलाई लिएर भएको आलोचनाको जवाफ दिएका छन्। उनले आफ्नो सम्बोधनमा आफ्ना समर्थकहरुलाई नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जित्ने बताए। पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको उनको प्रधानमन्त्रीय बहसमा उनको कमजोर प्रदर्शनका कारण समर्थकहरूमा बाइडेनले चुनाव जित्न नसक्ने आशंका थियो। बाइडेनले भने, 'मलाई थाहा छ म देशको सेवा गर्न धेरै जवान छैन। म अब ...
। बिहानैदेखि अमेरिकी अखबार आज हुने जो बाइडेन र डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित टेलिभिजन बहसको समाचारले भरिभराउ छन् । पूर्व र वर्तमान राष्ट्रपति एटलान्टामा तयार पारिएको सीएनएनको सेटमा बहस गरिरहेका छन् । द न्यूयोर्क टाइम्स अखबारले यो बहसलाई ‘रिम्याच’ अर्थात पुनर्प्रतियोगिताको संज्ञा दिएको छ । केही नयाँ नियमसहित हुन लागेको यो बहस ९० मिनेटसम्म चल्ने जनाइएको छ ...
। दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग (खाग)मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ । इन्टरनेशनल राइनोसोरस फाउन्डेसनको एक अनुमान अनुसार दक्षिण अफ्रिकामा करिब १५ हजार गैंडाहरु छन् । विश्वमै सबैभन्दा धेरै गैंडा पाइने दक्षिण अफ्रिकामा ...
: चीनको मानवरहित अन्तरिक्ष यान चन्द्रमाको दुर्गम अज्ञात भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ। करिब दुई महिनापछि चाङ्गे–६ मंगलबार भित्री मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको थियो। चन्द्रमाबाट ल्याइएका नमूनाहरूले ग्रहहरूको गठनका बारेमा धेरै महत्त्वपूर्ण जानकारी प्राप्त हुने भएकाले वैज्ञानिकहरू चाङ्गे-६ को प्रतीक्षामा थिए। चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने चीन एक मात्र देश हो, जुन यसअघि २०१९ मा ...
: बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ। यी घटना दक्षिणी पाकिस्तानका हुन्। ईधी एम्बुलेन्स सेवाका अनुसार कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ। तर पछिल्ला ६ दिनमा उनीहरुले करिब ५ सय ६८ ...
। काठमाडौं । हिंसात्मक प्रदर्शनपछि केन्या सरकारले कर वृद्धिको व्यवस्थासहितको विधेयक फिर्ता लिएको छ । केन्याका राष्ट्रपति विलियम रुतोले विधेयक फिर्ता लिने निर्णय गरेको हो । केन्याका जनतालाई सम्बोधन गर्दै राष्ट्रपति रुतोले विधेयक प्रमाणीकरण नगर्ने घोषणा गर्दै भने, ‘म यसबाट पछि हटेको छु ।’ विधेयक फिर्ताको माग गर्दै केन्यामा केही दिनयता विरोध प्रदर्शन हुँदै आएको थियो । ...
सोसल मिडिया कम्पनी एक्ससहित टेस्ला, स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क १२औं सन्तानका पिता बनेका छन् । अमेरिकी न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंककी निर्देशक तथा एलन मस्ककी पार्टनर शिवोन जिलिसले सन्तान जन्माएकी हुन् । मस्क र जिलिसबाट जन्मिएको यो तेस्रो सन्तान हो भने मस्कको १२औं सन्तान । मस्कले पछिल्लोपटक जन्मिएको आफ्नो बच्चा कुनै गोप्य नरहेको र आफ्ना मित्रजन तथा परिवारलाई ...
पुरुषहरू रुँदैनन् भन्ने भनाइ धेरैका लागि पुरानो भैसक्यो । तर, राजनीतिक नेताहरूको हकमा चाहिं के भन्ने ? नेताहरू रुँदा आम मानिसहरूले कस्तो महसुस गर्दछन् ? गत बुधबार वेल्सका सरकार प्रमुख (फर्स्ट मिनिस्टर ) वागन गेथिंग्स आफूविरुद्धको अविश्वास प्रस्तावअघि संसदमा रोएका थिए । गेथिंग्सविरुद्धको अविश्वास प्रस्ताव पारित भएको थियो । यसरी बेलायती पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलदेखि अमेरिकी पूर्वराष्ट्रपति बाराक ...
। बेलायतको आसन्न संसदीय निर्वाचन परिणामबारे अनौठा अनुमान गर्न थालिएको छ । अधिकांश सर्वेक्षणले सत्तारुढ कन्जर्भेटिभ पार्टीको हार हुने प्रक्षेपण गर्दैछन् । यी अनुमान सही सावित भए बेलायतको राजनीतिको शताब्दीऔं लामो शक्ति सन्तुलनमा नै उल्लेखनीय फेरबदल आउनेछ । तर, संसारका यस्ता धेरै चुनावी ‘सर्वेक्षण’ को दाबी अन्तिमसम्म सत्य सावित हुन सकेका छैनन् । त्यसको बलियो उदाहरण ...
। केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ । मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए । बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५जनाको मृत्यु भएको हो । चर्को विरोधका बाबजुद मंगलबार ...
: चीनको मानवरहित अन्तरिक्ष यान चन्द्रमाको दुर्गम अज्ञात भागबाट नमूना लिएर पृथ्वीमा फर्किएको छ। करिब दुई महिनापछि चाङ्गे–६ मंगलबार भित्री मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको थियो। चन्द्रमाबाट ल्याइएका नमूनाहरूले ग्रहहरूको गठनका बारेमा धेरै महत्त्वपूर्ण जानकारी प्राप्त हुने भएकाले वैज्ञानिकहरू चाङ्गे-६ को प्रतीक्षामा थिए। चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने चीन एक मात्र देश हो, जुन यसअघि २०१९ मा ...
: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कथित रक्सी घोटाला मुद्दामा उच्च अदालतबाट जमानत पाएनन्। दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ । जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो। तर सोही दिन ईडीको निवेदनमा उच्च अदालतले राउज एभिन्यू अदालतको निर्णयमा रोक लगाएको थियो ...
रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार रुसी कब्जामा रहेको क्रिमियन प्रायद्वीपमा भएको आक्रमणमा अमेरिकाले आपूर्ति गरेको पाँचवटा आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटिएसिएमएस) मिसाइलहरू सामेल थिए। मन्त्रालयले चारवटा क्षेप्यास्त्र रोकिएको र पाँचौँ हावामा विस्फोट भएको बताएको छ। उक्त घटनामा बालबालिकासहित धेरै ...
विकिलिक्सका संस्थापक जुलियन असान्ज वर्षौं लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँग सम्झौता भएपछि जुलियन असान्जलाई रिहा गरिएको समाचारहरुमा उल्लेख छ। ५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजातहरू चोरेको र सार्वजनिक गरेको आरोप लागेको थियो। अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको ...
First Prev ... 57 58 59 60 61 62 63 64 65 66 67 ... Next Last