विश्व
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन्। पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेका रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । 'यो द्वन्द्व धेरै ...
। युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् । कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ दूरीको यात्रामा ...
अहिलेको इन्टरनेटको जमानामा सोसल मिडियाले जोकोहीलाई पनि रातारात स्टार बनाइदिन सक्दछ । यदि अनलाइनमा तपाईं तथा तपाईंले गरेको कामलाई कसैले मन पराए भने तपाईंलाई भित्रैदेखि स्वीकार गर्छन् र पछि फर्केर हेर्दैनन् । अनलाइनमा यसरी एकाएक सेलिब्रेटी बनेका तथा भाइरल बनेर चर्चा तथा मनग्गे धन समेत कमाएका मानिसका उदाहरण धेरै छन् । तर के तपाईंले कुनै कुकुरले यसैगरी ...
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको क्षेत्रका सर्वोत्कृष्ट कम्पनीहरुले भविष्यमा आम मानिसहरुका लागि विभिन्न काम गर्नसक्ने व्यक्तिगत डिजिटल एजेन्टको विकास गर्नसक्ने बताएका छन् । उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा जितका लागि भएको प्रविधिको दौड वास्तवमा सर्वोत्कृष्ट आर्टिफिसियल्ली इन्टेलिजेन्ट एजेन्टको विकासकै लागि हो र यसले सर्च इन्जिन, उत्पादनशीलता र अनलाइन सपिंग साइटहरुलाई बाधा उत्पन्न गर्नेछ ...
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । युक्रेनमा रुसले विशेष सैन्य कारबाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले ...
बैंकक : उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन्। थाई सरकारका प्रवक्ताले मंगलबार विज्ञप्तिमार्फत् सो घटनाको जानकारी दिएका हुन्। दुर्घटना बेलुका करिब ७ बजे भएको थियो। स्थानीय समयअनुसार सोमबार फिचित प्रान्तको एक प्राथमिक विद्यालयको खेलकुद भवनको छाना भारी वर्षाका कारण भत्किएको विपद् रोकथाम तथा ...
कोलम्बो : श्रीलंकाको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुंगाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ। मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुंगामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुंगामा भेटिएको हो। मोटरबाट चल्ने लु पेङ युआन यु-०२८ डुंगामा १७ जना ...
काबुल : मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् । स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको ...
गत आइतबार र सोमबार मतगणना गरेपछि टर्कीको निर्वाचन आयोगले राष्ट्रपतीय निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्‍यो । यो निर्वाचनमा २० वर्षदेखि सत्तामा रहेका बहालवाला राष्ट्रपति रिसेप तइप एर्डोगानलाई हराउने प्रतिपक्षी दलको चाहनामा पहिलो चरणमा धक्का लाग्यो । एर्डोगानका प्रतिस्पर्धी केमल किलिस्डरोलु थिए । टर्कीको आर्थिक र राजनीतिक सुधारको एजेण्डा लिएर चुनावी मैदानमा गएका उनले ४४.९ ...
नयाँदिल्ली — भारतले जी–२० को एउटा सम्मेलन कश्मीरमा राखेपछि चीनसहित केही देश बैठकमा अनुपस्थित भएका छन् । बैठकमा साउदी अरब, टर्की, इन्डोनेसिया र इजिप्टका प्रतिनिधि पनि अनुपस्थित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जी–२० सदस्य राष्ट्रहरूको टुरिजम वर्किङ ग्र्रुपको बैठक सोमबारदेखि कश्मीरको राजधानी श्रीनगरमा आयोजना गरिएको हो । जी–२० को अध्यक्षता गरिरहेको भारतले त्यसअन्तर्गतका विभिन्न सम्मेलन अलग अलग ...
जेनेभा — विश्वभर भएका प्राकृतिक विपत्तिले ५० वर्षयता २० लाख जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले जनाएको छ । राष्ट्रसंघको मौसमसम्बन्धी संगठन डब्लूएमओले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९७० देखि २०२१ सम्म ११ हजार ७ सय ७८ वटा ठूला प्राकृतिक विपत्तिका घटना भएका छन् । यस क्रममा विश्वको ४.३ ट्रिलियन अमेरिकी डलरबराबरको आर्थिक क्षति पनि भएको छ । करिब ...
— दक्षिण कोरियाको राजधानी सोलको जोगेशा गुम्बाअगाडि शनिबार झकिझकाउ थियो । साँझ थरीथरीका लालटिन बालेर मानिसहरूबीच सडकबाट लाइनबद्ध हिँडिरहेका थिए । विभिन्न खाले नाच प्रदर्शन भइरहेको थियो भने रथयात्रा पनि निकालिएको थियो । अरू बेला सवारीसाधनले व्यस्त हुने सडकको यो दृश्य कोरियाली बुद्धजयन्तीको अवसरको हो । यस अवसरमा बर्सेनि यहाँ ‘लोटस ल्यान्टर्न फेस्टिभल’ हुन्छ । फेस्टिभलमा विभिन्न देशका समूहहरू सहभागी थिए । ...
— पूर्वपाकिस्तानी प्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानले आफ्नो पार्टी पाकिस्तान तारीक-ए-इन्साफको विरोध प्रदर्शनमा महिला आन्दोलनकारीहरूको प्रशंसा गर्दै सेयर गरेको भिडियोमा प्रयोग भएको एक प्रमुख तस्बिर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सबाट बनाइएको पुष्टि भएको छ । फ्रान्स २४ नामक टीभी च्यानलले गरेको तथ्य जाँचमा सुरक्षा फौजको अगाडि उभिएकी एक महिला देखिने उक्त तस्बिर एआईको प्रयोगबाट बनाइएको र ...
गान्तोक — भारतको सिक्किममा जन्मेहुर्केका टीबी चन्द्र सुब्बा कुनै नेपालकै अनुसन्धाता र मानवशास्त्रीजत्तिकै नेपाली गाउँघरदेखि हिमाल–पहाडमा जातिगत अध्येता बनेर आउनेजाने गरेका छन् । विश्वकै मानव सभ्यता र त्यसमा पनि भारतीय उपमहाद्वीप क्षेत्रको जातीय इतिहास खोजबिन गर्ने क्रममा सुब्बाले १६४ जातजातिमाथिको सोध पूरा गरेका छन् भने नेपालका उनले नेपालका ७१ जिल्ला र भारतका २६ वटा राज्यको भ्रमणमा ...
: पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ। वासिङ्टनले प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिलाई लिएर चिन्ता व्यक्त गर्दै आएको समय उसले रणनीतिक सहयोगको बदलामा कूटनीतिक र वित्तीय प्रोत्साहनका साथ राष्ट्रहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। राजधानी पोर्ट मोरेस्बीमा दक्षिण प्रशान्त क्षेत्रका ...
वासिङटन डिसी : संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास शहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन्। पीडित मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका ...
First Prev ... 58 59 60 61 62 63 64 65 66 67 68 ... Next Last