मुख्य समाचार
विश्व
। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका छ। आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलले ऐतिहासिक जित हासिल गरेपछि मिलेइले राष्ट्र निर्णायक मोडमा पुगेको बताएका हुन्। राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने उनले दोहोर्‍याएका छन्। मिलेइ नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युक्रेन युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्। उनले अमेरिकाले रुसी तट नजिकै आणविक पनडुब्बी तैनाथ गरेको पनि बताए। पुटिनले आइतबार रुसले आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रूज क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएका थिए। यो आणविक क्षमता भएको क्षेप्यास्त्र हो। रुसले यो कुनै पनि रक्षा ...
। व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ । यस भेटका ...
: अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति भएको छ। यसबारे यसै हप्तामा दुई देशका नेताहरूबीचको बैठकमा छलफल हुने जनाइको छ। यस विषयमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन्। बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै बेसेन्टले व्यापार सम्झौतामा टिकटकको अमेरिकी सञ्चालनमा 'अन्तिम सम्झौता' र दुर्लभ खनिजहरूमा चीनले लगाएको नयाँ नियन्त्रणहरू ...
: दक्षिण चीन सागरमा दुई छुट्टाछुट्टै घटनामा अमेरिकी नौसेनाका दुई विमान दुर्घटनाग्रस्त भएका छन्। घटनामा कसैको पनि मृत्यु नभएको अधिकारीहरूले बताएका छन्। अमेरिकी नौसेनाको प्यासिफिक फ्लीटले एक विज्ञप्तिमा भनेको छ,ʻपहिलो घटनामा नियमित अपरेशनको क्रममा विमानवाहक युएसएस निमित्जबाट उडान भरेपछि दक्षिण चीन सागरमा एमएच–६० सी हक हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।ʼ विज्ञप्तिमा हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको भ्रमणमा छन्। त्यहाँ उनका विरुद्धमा विरोध प्रदर्शन भएको छ। मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्‍याली आयोजना गरिएको छ। समाचार एजेन्सी एएफपीको भिडियोमा प्रदर्शनकारीले ट्रम्पविरुद्ध नाराबाजी गरिरहेको देखियो। धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ʻट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैनʼ लेखिएको ब्यानर प्रदर्शन गरे। ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन्। मलेसियामा उनको उपस्थितिमा थाइल्याण्ड र ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त 'शान्ति सम्झौता' मा हस्ताक्षर गरेका छन्। थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ। ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको 'द्वन्द्व' पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका ...
: पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले वार्ताबाट समस्या समाधान नभए अफगानिस्तानसँग 'खुला युद्ध' हुने बताएका छन्। बीबीसी उर्दूका अनुसार सियालकोट शहरमा मिडियासँग कुरा गर्दै ख्वाजा आसिफले कतार र टर्कीले अफगान तालिबानसँग धेरै इमान्दारीपूर्वक वार्ता गरिरहेको बताए। पाकिस्तानी रक्षामन्त्रीले कतारमा भएको वार्तापछि कुनै पनि घटना नभएको बताएका छन्। उनले भने, 'उनीहरू (अफगान तालिबान) सँगको हाम्रो वार्तामा उनीहरू शान्ति ...
: पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले २०२८ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने बताएकी छन्। उनले बीबीसीसँग आफू सम्भवतः एक दिन अमेरिकाको राष्ट्रपति बन्न सक्ने बताइन्। उनले एक दिन एक महिला राष्ट्रपति भएर ह्वाइट हाउसमा प्रवेश गर्ने बताइन्। उनले भनिन्,ʻमेरो इनिङ अझै सकिएको छैन। म फेरि राष्ट्रपतिको उम्मेदवार बन्न सक्छु।ʼ डोनाल्ड ट्रम्पसँग हारेपछि ह्यारिसले २०२८ मा ...
। अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पुन: राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी छन् । सन् २०२४ मा डोनाल्ड ट्रम्पसँग राष्ट्रपतीय चुनावमा पराजित भएकी ह्यारिसले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिन सक्ने बताएकी हुन् । पराजयपछि पहिलोपटक बीबीसीलाई दिएको अन्तर्वार्तामा ह्यारिसले भनिन्, ‘मेरो समय अझै सकिएको छैन । म सम्भवत: फेरि एकदिन राष्ट्रपति बन्न सक्छु ।’ ६१ वर्षकी ह्यारिसले ...
। १४ अक्टोबर २०२५ मा अंग्रेजी अखबार पोलिटिकोले २९०० पृष्ठ लामो टेलिग्राम च्याट सार्वजनिक गर्‍यो । अमेरिकाको रिपब्लिकन युवाहरूको ७ महिना लामो च्याट हिस्ट्री समेटिएको उक्त सामग्रीले अमेरिकी युवामा कसरी हिटलर मोह झाँगिंदो छ र जातिवादी राजनीति मौलाउँदैछ भन्ने देखाएको छ । जातिवादी राजनीति र हिंसात्मक संवाद गरिरहेका ती युवाहरू केही सरकारी निकायमा काम गर्छन् भने उनीहरू ...
। इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन्। स्मोट्रिचले यसअघि इजरायल र साउदी अरबबीचको सम्भावित सम्बन्धका मुद्दामा टिप्पणी गर्दै भनेका थिए, ‘यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्नको साटो एक अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।’ त्यसपछि उनले व्यंग्य गर्दै थपेका थिए, ‘साउदी अरब ...
। भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धलाई बढावा दिएको आरोप लगाएका छन् । अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्यारेबियन क्षेत्रमा पठाएपछि बढेको सैन्य तनावका बीच मादुरोले आरोप लगाएका हुन् । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले शुक्रबार विमानवाहक पोतलाई मेडिटेरेनियन सीबाट क्यारेबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए । बीबीसीका अनुसार उक्त पोत ९० विमानहरू लैजान सक्ने क्षमताको छ ...
— फ्रान्सको पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्राहलयमा भएको चोरीमा संलग्नहरूको अनुसन्धानका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'(औंठाछाप)को नमुना संकलन गरिएको छ । अनुसन्धानरत अधिकारीहरूले डकैतीमा संलग्नको खोजीका लागि १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'को नमुना संकलन गरेका हुन् । बेलायती अखबार द गार्डियनका अनुसार घटनास्थलमा छोडिएका उपकरणहरूबाट १५० भन्दा बढी डीएनए र 'फिंगरप्रिन्ट'का नमुनाहरू संकलन गरिएको ...
— एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको छ । कम्पनीले ‘फ्युज’ टिकरसहित स्थानीय समयअनुसार बिहीबारबाट कारोबार सुरु गरेको हो । विशेषगरी प्रविधि उद्योगका ठूला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटाजस्ता ठूला टेक कम्पनी सूचीकृत छन् । फ्युजमसिन्सले सीएसएलएम एक्विजिसन करसँगको व्यापारिक संयोजन पूरा गरेपछि नास्डाक ...
— आप्रवासी सवार डुंगा दुर्घटना हुँदा टर्कीको दक्षिण पश्चिम भागमा पर्ने बोड्रम पेनन्सुलास्थित समुन्द्रमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनास्थल टर्कीको राजधानी अंकाराबाट स्थलमार्गमा कम्तीमा ७ सय ५० किलोमिटर दुरीमा पर्छ । मुग्ला राज्यमा पर्ने समुन्द्रमा भएको उक्त दुर्घटनामा केही यात्रुहरु भने पौडी खेलेर बाँच्न सफल भएको अल जजिराले जनाएको छ । बाँच्न सफल एक ...
First Prev ... 58 59 60 61 62 63 64 65 66 67 68 ... Next Last