मुख्य समाचार
विश्व
— फिलिपिन्सले चीनमाथि साउथ–चाइना सीको विवादित क्षेत्रमा अवरोध खडा गरेको आरोप लगाएको छ । उक्त अवरोधलाई फिलिपिनोहरूले आफ्नो विशेष आर्थिक क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएको रूपमा बुझेका छन् । फिलिपिन्सले चीनको उक्त कदमको कडा शब्दमा निन्दा पनि गरेको छ । फिलिपिन्सको तटीय सुरक्षा र मत्स्य पालन तथा जलीय संसाधन विभागले चीनको यस अवरोधले फिलिपिनोहरूलाई माछा मार्ने र जीविकोपार्जन गर्नबाट ...
— ई-कमर्स जायन्ट अमेजनले आर्टिफिसियल इन्टेलिजेन्स फार्म एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीले एआईमा आक्रामक पहल गरिरहेको बेला अमेजन पनि यस प्रतिस्पर्धामा जोडिन आइपुगेको हो । सो लगानीसँगै एन्थ्रोपिकमा अमेजनको थोरै स्वामित्व कायम हुने भएपछि अब अमेजनका कर्मचारी र क्लाउड कस्टमरहरूले एन्थ्रोपिकका प्रविधिमा पहुँच प्राप्त गर्नेछन् । च्याटजीपीटी निर्माता ...
— फ्रान्सले गत जुलाईमा सैन्य ‘कु’ भएको अफ्रिकी देश निजेरबाट आफ्ना राजदूत र सैन्य टुकडीलाई फिर्ता गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले एक टेलिभिजन कार्यक्रममा निजेरबाट राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका हुन् । ‘आगामी केही घण्टामा हाम्रा राजदूत र अन्य कूटनीतिज्ञ फिर्ता आउनेछन्,’ उनले भने । उनले निजेरसँग सैन्य सहकार्य सकिएको पनि बताए । निजेरमा रहेका ...
— भारतले विभिन्न देशमा रहेर पृथकतावादी आन्दोलन खालिस्तानको समर्थनमा लागेकाहरूको पहिचान गरी भारत प्रवेशमा रोक लगाउँदै सम्पत्ति नियन्त्रणमा लिने तयारी गरेको छ । क्यानडासँग उत्पन्न तनावका बीच भारतले त्यस्तो कडाइ गर्न लागेको हो । क्यानडा, अमेरिका, बेलायत र अस्ट्रेलियामा खालिस्तान समर्थक शिख समुदायका मानिस रहेको भारतले दाबी गर्दै आएको छ । खालिस्तानले ती देशमा बेलाबेला प्रदर्शन तथा सभाहरू गर्दै ...
— क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् । सीबीसी न्युजसँग कुरा गर्दै उनले भने, ‘मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ, उनीहरूले मित्रता निभाउनका लागि साझा आधार फेला ...
— अस्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले राज्य प्रमुख (प्रिमियर) को पदबाट राजीनामा दिएका छन् । मंगलबार अचानक राजीनामा घोषणा गर्दै उनले आफू तथा परिवारलाई थप समय दिनका लागि पदबाट राजीनामा दिएको जनाएका छन् । उनले प्रिमियरका साथै राज्यको लेबर पार्टीको नेता र निर्वाचित क्षेत्रको सांसदबाट समेत राजीनामाको घोषणा गरेका हुन् । अस्ट्रेलियाली राजनीतिमा ...
— अर्मेनिया र अजरबैजानको विवादित सीमा क्षेत्र नागोर्नो-काराबाखमा सोमबार इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । अजरबैजानको सैनिक कारबाहीबाट जोगिन हजारौं आर्मेनियालीहरू उक्त क्षेत्रबाट भाग्ने क्रममा यस्तो घटना भएको हो । काराबाखको इन्धन डिपोमा विष्फोट : २० को मृत्यु, ३ सय घाइते विस्फोटका कारण झण्डै ३ सय मानिस घाइते भएको एपी न्युजले जनाएको छ ...
— चीनको केन्द्र शासित ४ ठूला नगरमध्येको एक हो, छोङछिङ । अन्य ठूला नगरहरुमा चीनको राजधानी बेइजिङ, सांघाई र तियाङजिङ हुन् । छोङछिङ चीनको पश्चिम र दक्षिण क्षेत्रमा रहेको एक मात्रै नगरपालिका हो । बाँकी पूर्व क्षेत्रमा छ। बेइजिङ जोड्ने छोङछिङको बाटो नेपालको आधा भूभागभन्दा ठूलो क्षेत्रमा फैलिएको यो सहरमा नेपालको कुल जनसंख्याभन्दा धेरै मानिस बस्छन् । ८२ हजार ४ ...
: भारतले चन्द्रमामा अनुसन्धानका लागि पठाएको चन्द्रयानको सिग्नल बन्द भएको छ। भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोका अनुसार नयाँ चन्द्रदिन सुरु हुनेबित्तिकै चन्द्रमामा रहेका ल्यान्डर र रोभरलाई सम्पर्क गर्ने प्रयास असफल भएको हो। रोभरलाई बोकेको ल्यान्डर गत अगस्टमा चन्द्रमाको दक्षिणी धु्रवनजिकै अवतरण भएको थियो। चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा ...
। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार अमेरिकाको न्यूयोर्क पुगेको छ । महासभामा सदस्य राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख र मन्त्रिस्तरीय तहमा सहभागिता हुने उच्चस्तरीय छलफलको चौथो दिन भारतीय प्रतिनिधिमण्डल न्यूयाेर्क पुगेको हो । शुक्रबारदेखि नौ दिन लामो अमेरिका भ्रमण तय गरेका भारतीय विदेशमन्त्री जयशंकरले यूएनको महासभाकै क्रममा एउटा ...
चिनिया वैज्ञानिकहरुले पृथ्वीको सबैभन्दा गहिरो भागमा भाइरस पत्ता लगाएका छन् । प्रशान्त महासागरस्थित मारियाना ट्रेन्चमा रहस्यमय भाइरस फेला परेको हो । उक्त खाडीको ८ हजार ९ सय मिटर अर्थात् २९ हजार १९९ फिट गहिराइमा भाइरस फेला पारेसँगै चिनिया वैज्ञानिकहरुले विश्मै सबैभन्दा गहिरो स्थानमा भाइरस पत्ता लगाउने कीर्तिमान बनाएका छन् । मारियाना ट्रेन्चमा भेटिएको उक्त भाइरसको नाम vB_HmeY_H4907 ...
आफ्नो ट्रेन्डी तथा स्टाइलिस कपडाहरुका लागि फेसनप्रेमीहरुका बीचमा लोकप्रिय जारा ब्राण्ड अहिले चर्चामा छ । जारा ब्राण्डको एउटा अनौठो खालको पहिरन इन्टरनेटमा भाइरल बनेसँगै कम्पनी चर्चामा आएको हो । त्यो पहिरन देख्दा कपडाको कुनै साधारण टुक्रा वा कम्मरमा बाँध्ने पेटी जस्तै देखिन्छ । यसमा जाराको ट्याग छ । यो कपडालाई लिएर इन्टरनेट प्रयोगकर्ता बीचमा उत्सुकता र बहस ...
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरको एक्स (ट्वीटर) अकाउन्ट ह्याक भएको छ । ह्याकरले उनको अकाउन्ट कब्जामा लिएर विभिन्न खालका आपत्तिजनक पोस्टहरु लगातार गरिरहेका छन् । जसमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अपशब्द बोल्नुका साथै डोनाल्ड ट्रम्पको मृत्यु भएकोसम्म दाबी गरिएको छ । डोनाल्ड ट्रम्प जुनियरको एक्स अकाउन्टमा गरिएको एउटा पोस्टमा भनिएको छ- मलाई यो कुरा ...
अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ । रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्ने मानिसको खोजी सुरु गरिसकेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने बताइएको छ । उक्त ट्रायलका क्रममा सुरुमा पक्षघातका रोगीको मस्तिष्कमा चिपसेट जडानको परीक्षण गरिनेछ । न्युरालिंकले यस्ता व्यक्तिको ...
। पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति जारी गर्दै बहुप्रतिक्षित निर्वाचन जनवरीको अन्तिम हप्तामा हुने जनाएको हो । तर मतदानको निश्चित मिति भने तोकिएको छैन । घोषणा भएको समयमा चुनाव भए करिब १२ करोड ७० लाख मतदाताले पाँच वर्षको कार्यकालका लागि नयाँ सरकार ...
। क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध एकपछि अर्को गरी तनावग्रस्त बन्दै गएको छ । त्यसै क्रममा भारतले क्यानडाली नागरिकलाई भिसा दिन नै बन्द गरेको छ । यसअघि एकअर्को मुलुकका कूटनीतिज्ञलाई देश निकाला गर्नेदेखि दुवै देशले आफ्ना नागरिकका लागि जारी ट्राभल एडवाइजरीलाई अपडेट गरेर संवेदनशील बनाएकामा अन्ततः भिसामा समेत रोक लगाउने स्थिति आएको हो । भारतको विदेश मन्त्रालयले ...
First Prev ... 61 62 63 64 65 66 67 68 69 70 71 ... Next Last