मुख्य समाचार
विश्व
: भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ। अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ। विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा प्रवाहका साथै ...
: मुलुकभित्र १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकाल सकिएको सत्र वर्ष नाघ्यो। तत्कालीन विद्रोही नेकपा (माओवादी) ले पटक–पटक सत्तारोहण गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वन्द्वकालीन घटनालाई निष्कर्षमा पु¥याउने प्रतिबद्धताकासाथ बिहीबार संयुक्त राष्ट्रसंघ (यूएन) को महासभालाई सम्बोधन गर्दै छन्। तर, द्वन्द्वपीडितमा कुनै उत्साह छैन। प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा जानुअघि नै संक्रमणकालीन ...
: भारत सरकारले क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। बु्धबार भारतको विदेश मन्त्रालयले क्यानडामा रहेका भारतीय नागरिक र विद्यार्थीहरूलाई सावधानी अपनाउन आग्रह गरेको हो। खालिस्थानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर दुई देशबीच तनावको स्थिति सृजना भएपछि क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन भारतले एडभाइजरी जारी गरेको हो। यसअघि मंगलबार राति क्यानडाले पनि ...
: क्यानेडियन गायक शुभनीत सिंहको भारतमा हुने भनिएको कन्सर्ट रद्ध भएको छ। २६ वर्षीय सिंहमाथि खालिस्तानियाकाे समर्थन गरेको आरोप लागेपछि मुम्बइमा हुने भनिएको उनको कन्सर्ट रद्ध भएको हो। सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ। उनले केही समयअघि सामाजिक सञ्जालमा भारतको विवादित नक्सा सेयर गरेको बताइएको छ। जसमा पञ्जाव र जम्मू कश्मीरलाई नक्साबाट हटाएको ...
: नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन् । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने ...
: रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ। पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेका छन् र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका हुन्। “पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च ...
भारतको अध्यक्षतामा सम्पन्न जी–२० समिट परम्परागत छलफल र चर्चाभन्दा माथि उठेर सभ्यता संवाद र नयाँ विश्व नेतृत्वको चर्चामा रह्यो। विश्वका शक्तिशाली तथा समृद्धि राष्ट्रहरूको साझा आर्थिक मञ्चका रूपमा रहेको जी–२० समूह रुस र युक्रेनबीचको युद्धको कारण साझा घोषणापत्रबिनै टुंगिइने संशयलाई तोड्न सफल रह्यो। भारत, अमेरिका द्विपक्षीय वार्ता र सहमति पनि उल्लेखनीय कुरा थियो। सबैभन्दा महŒवपूर्ण ...
लिबिया : पूर्वी लिबियामा आएको बाढीमा परी कम्तिमा ५ हजार तीन सय जनाको मृत्यु भएको छ। बाढीबाट १० हजारभन्दा बढी बेपत्ता भएका छन् भने ३० हजार बढी विस्थापित भएको आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय संगठन (आईओएम)ले जनाएको छ। लिबियाको पूर्वी प्रशासनका मन्त्री हिशाम चकियोतले समुद्रबाट दर्जनौं शवहरू किनारा लागिरहेको बताएका छन्। जसका कारण मर्नेहरूको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको ...
— उत्तर कोरियाली नेता किम जोङ उन रुसतर्फ लागेको समाचार सार्वजनिक भएका छन् । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले आइतबार किम एक विशेष रेलमा रुसतर्फ लागेको जनाएको छ । सरकारी अधिकारीलाई उद्धृत ...
— चीनले सरकारी कार्यालयहरूमा आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै एप्पलको सेयरमा गिरावट आएको छ । चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार वाल स्ट्रिटले सार्वजनिक गरेसँगै लगातार दोस्रो दिन एप्पलको सेयरमा दोस्रो दिन पनि गिरावट आएको हो । पछिल्लो दुई दिनमा सेयर बजारमा ६ प्रतिशत अर्थात २०० बिलियन डलरबराबरले सेयर मूल्यमा गिरावट आएको ...
— रुस-युक्रेन युद्धको विषयमा जी-२० का सदस्य राष्ट्रहरूबीच एकै खालको धारणा नहुँदा साझा वक्तव्य नआउने आशंकाबीच आयोजक तथा अध्यक्ष देश भारतले भने घोषणापत्र लगभग तयार भइसकेको जनाएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतका तर्फबाट जी-२० मा नेगोसिएसनमा रहेका शेर्पा अमिताभ कान्तले घोषणापत्र तयार रहेको र नेताहरुबाट अनुमोदन मात्रै बाँकी रहेको दाबी ...
— मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ । शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते ...
— विश्वको ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी–२० को शिखर सम्मेलन शनिबार नयाँ दिल्लीमा सुरु भएको छ । बैठकको पहिलो दिनमै ‘नयाँदिल्ली जी–२० लिडर्स’ घोषणापत्रमा सहमति भएको छ । रुस–युक्रेन युद्धको विषयमा मतभेदका कारण घोषणापत्रमा सहमति हुनेबारे आशंका गरिएको थियो । तर, घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रले समर्थन गरेका हुन् । घोषणापत्र तयारीमा भारतका ...
— सन् १९६७ मा आजकै दिन (सेप्टेम्बर १०) मा जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह भएको थियो । जनमतसंग्रहमा जिब्रल्टारवासीलाई बेलायतअन्तर्गत स्वशासित क्षेत्र वा स्पेनको विशेष भूभागका रूपमा रहने छान्न दिइएको थियो । जनमतसंग्रहमा बेलायती भूभागकै रूपमा रहने पक्षमा १२ हजार १३८ र स्पेनी भूभागका रूपमा रहने पक्षमा जम्मा ४४ मत परेको थियो । जिब्रल्टारलाई १७०४ अगस्ट ४ मा बेलायतले कब्जा ...
— शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रमा रहेका धेरै सहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ, जसका कारण बाढीपहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तीय विपद् न्यूनीकरण ...
— फ्रान्सका शैक्षिक संस्थामा सरकारले मुस्लिम समुदायको पहिरनलाई प्रतिबन्ध लगाएपछि विवाद सुरु भएको छ । शैक्षिक संस्थामा धर्मलाई चिनाउने पहिरन लगाउनु धर्मनिरपेक्ष कानुनको उल्लंघन हुने सरकारले जनाएको हो । तर, विपक्षी वामपन्थी दल, मुस्लिम समुदाय र केही अभियन्ताले भने व्यक्तिगत स्वतन्त्रता हनन हुने भन्दै सरकारको निर्णयको आलोचना गरेका छन् । गत साता सुरु भएको नयाँ शैक्षिक सत्रदेखि शैक्षिक संस्थामा ...
First Prev ... 62 63 64 65 66 67 68 69 70 71 72 ... Next Last