मुख्य समाचार
विश्व
— सन् २००१ मा आजकै दिन (सेप्टेम्बर ११) मा अमेरिकामा आतंककारी आक्रमण भएको थियो । न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गरिएको आतंकवादी आक्रमणमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए । आक्रमणकारीले चार वटा विमान अपहण गरी दुई वटा वर्ल्ड ट्रेड सेन्टरका टावर र अर्को एक अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काएका थिए । अमेरिकी राष्ट्रपति कार्यालय ...
— ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्दै जी–२० को शिखर सम्मेलन आइतबार सकिएको छ । नयाँदिल्लीमा आयोजित सम्मेलनको अन्तिम दिन आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । यद्यपि, नोभेम्बरसम्म भारत नै अध्यक्ष रहने र त्यस अवधिमा थप विशेष सेसन आयोजना गर्ने मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइजले जी–२० का मुद्दा ...
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। सबैभन्दा धेरैको मृत्यु दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन्। पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पले सबैभन्दा धेरै विनाश मराकेसमा नै गरेको छ। शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ ...
: जी–२० देशका वर्तमान अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापनमा ब्राजिललाई अध्यक्षता हस्तान्तरण गरेका छन् । ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी-२० देशहरूको अध्यक्षता सम्हाल्नेछन्। प्रधानमन्त्री मोदीले भने, ‘नोभेम्बरसम्म जी–२० को अध्यक्षता भारतसँग छ । हामीसँग अझै साढे दुई महिना बाँकी छ । हामीले के निर्णय गरेका छौं समीक्षा गर्न भर्चुअल सत्र आयोजना गर्ने प्रस्ताव गर्दछु। ...
: भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा भोलिदेखि जी-२० सम्मेलन हुँदैछ। दुई दिन चल्ने सम्मेलनमा चीन र रसियाका राष्ट्रपति सहभागी नहुने भएका छन्। युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठनको नामले चिनिएको जी-२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने विषयले चर्चा पाएको छ। तर विश्वकै दुई ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्। उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको बीबीसीले जनाएको छ। दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने ...
: युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी-२० का नेताहरू सहमत भएका छन्। रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन संघर्ष गरिरहेका छन्। ठूलो कूटनीतिक लज्जाको सामना गर्दै ...
: विश्वव्यापी रूपमा हेर्दा ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुकहरू एउटै मञ्चमा छलफलकोे तयारीमा छन्। (हालसम्मको तथ्यांकमा रसिया र चीनबाहेक)। नयाँ दिल्लीमा भइरहेको जी–२० सम्मेलनमा सहभागी हुने देशहरूले आ–आफ्नो ठाउँबाट थोरै मात्रै कार्बन न्यूनीकरण गरे पनि त्यसको प्रतिफल उल्लेखनीय हुन्छ। त्यसैगरी कार्बन घटाउने तथा आर्थिक विषयमा पनि उनीहरूको प्रतिबद्धता महत्वपूर्ण हुन्छ। किनभने ती देशहरूले विश्वको ...
सैनिक हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन्। दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका छोरा किम एरिसले बताएका हुन्। बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए। दाँत ...
: इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ। उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन्। उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा भत्किंदा मृत्यु भएका तथा घाइते सबै एकै परिवारका हुन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै ...
: नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट उनीहरू काठमाडौं आइपुगेका हुन्। अमेरिकी सैनिक अधिकारी Lim Commnter को नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन्। नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास ...
: पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ। सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। इन्जिनमा आगो लागेर पुच्छर खसेको थियो। देशको सबैभन्दा ...
वासिङटन डिसी : अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले स्पेसएक्स ड्रागन अन्तरिक्षयानमा सवार आफ्नो स्पेसएक्स क्रू–६ का अन्तरिक्ष यात्रीहरु सोमबार बिहानै दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटीय क्षेत्रमा सुरक्षित अवतरण गरेको जनाएको छ। नासाका अन्तरिक्ष यात्री स्टेफन बोवेन र वुडी होबर्ग, संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रूसको राष्ट्रिय ...
: इरानको उत्तरी क्षेत्रमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी छ जना श्रमिकको मृत्यु भएको छ। उत्तरी शहर दाम्घानमा ४०० मिटर गहिराइमा रहेको सुरुङमा विस्फोट भएको सरकारी समाचार संस्था इरनाले जनाएको छ। विस्फोटको कारण भने खुल्न सकेको छैन। इरनाले भनेको छ, 'आइतबार दाम्घानमा कोइला खानीमा विस्फोट हुँदा ६ जना कामदार भूमिगत रुपमा फसेका थिए।' ...
: अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित भएकी छन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । बहत्तर वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनफ डेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा ...
उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ। सेनाका जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार सेनाका १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकूको मृत्यु भएको छ।' आक्रमणमा परेको उक्त एकाईलाई दुई वर्षभन्दा पहिले जिहादीहरूले लखेटेका बासिन्दाहरूको पुनर्स्थापनाका लागि यातेङ्गा प्रान्तको कोम्ब्री शहरमा तैनाथ ...
First Prev ... 63 64 65 66 67 68 69 70 71 72 73 ... Next Last