मुख्य समाचार
विश्व
बीबीसी : भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान शनिबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। आदित्य एलवान बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो। चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समयअनुसार शनिबार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको हो। भारतीय अन्तरिक्ष निकाय ...
— विश्वका उदीयमान अर्थतन्त्र भएका देशहरूको संगठन ब्रिक्सको १५ औं शिखर सम्मेलन गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा संगठन विस्तारबाहेक अन्य खासै महत्त्वपूर्ण निर्णय हुन सकेन । यसअघि पाँच सदस्यीय रहेको ब्रिक्समा मध्यपूर्व एसिया र उत्तर अफ्रिकालगायत क्षेत्रका देश थपिएका हुन् । अमेरिका तथा पश्चिमा देशहरूको संगठन जी–७ को प्रतिस्पर्धी संगठनका रूपमा ...
वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् । उनी सेप्टेम्बरको पहिलो साता काठमाडौं पुग्ने कार्यतालिका रहेको छ । सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने ...
हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायकरथी अर्थात् ‘ब्रिगेडियर ...
। भारतले उसिना चामलमा पनि २० प्रतिशत कर लगाएको छ । शुक्रबारबाट लागू हुने गरी भारतले पहिलो पटक सबै प्रकारका उसिना चामलमा कर लागएको हो । भारतको सेन्टररल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो । बास्मती, लङग्रेन र जिरामसिनो सबै प्रकारका उसिना चामल पाइन्छ । भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि ...
— चीनले जापानमा उत्पादन हुने सबै सामुद्रिक उत्पादनको आयातमा रोक लगाएको छ । जापानले परमाणु विकिरणबाट उत्पन्न दुषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेपछि चीनले सामुद्रिक उत्पादनको आयातमा रोक लगाएको हो । परमाणु विकिरणबाट दुषित पानीको जोखिमबाट बच्न भन्दै चीनको भन्सार कार्यालय(जीएसी) रेडियोधर्मी प्रदूषणबाट बच्न भन्दै जापानी सामुद्रिक उत्पादनको आयातमा रोक लगाएको हो । जीएसीले ...
— दक्षिण र मध्य एसियाको बीचमा अवस्थित भूपरिवेष्टित देश अफगानिस्तानमा तालिवानले सत्ता हत्याएको २ वर्ष पुगेको छ । लामो समयको युद्धपछि तालिवानले सन् २०२१ अगस्ट १५ मा दोस्रो पटक सत्ता नियन्त्रणमा लिएको हो । यसअघि ९० को दशकमा पनि तालिवानले छोटो समय अफगानिस्तानको सत्ता चलाउने मौका पाएको थियो । कहिले सोभियत संघ त कहिले अमेरिकाको शक्ति स्वार्थको दाउपेचमा ...
— संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ ...
— रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेको रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख येभगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । मस्कोको उत्तरी क्षेत्रमा बुधबार राति भएको दुर्घटनामा विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको हो । यद्यपि, विमान आफैं दुर्घटना भएको वा यसलाई विस्फोट गराइएको ...
: कोरोना महामारीपछि उत्तर कोरियाबाट पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ। एयर कोर्योको जेएस१५१ जहाजले साढे तीन वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको हो। बीबीसीका अनुसार कोर्योको उक्त विमानबाट चीनका लागि उडान भरेका हुन्। उत्तर कोरियाको प्योङयाङबाट मंगलबार उडेको विमान बेइजिङ क्यापिटल विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा कति यात्रु सवार थिए भन्ने कुरा खुलेको छैन। उक्त विमान ...
वासिङटन डिसी : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलँदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छ । माउ काउन्टीले मंगलबार जारी गरेको पछिल्लो विवरणअनुसार आठ सय ५० जना अझै हराइरहेका छन् भने खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ । आगोको चपेटामा परेका सबै ...
उत्तरी ग्रीसको जङ्गलमा लागेको डढेलोका कारण मङ्गलबार १८ जना मानिस मृत फेला परेका छन् । उनीहरुको शव एलेक्जान्ड्रोपोलिस शहर नजिकै भेटिएको थियो । स्थानीय अधिकारीहरूले जनाएअनुसार उनीहरू आप्रवासीहरू हुन सक्ने सम्भावना रहेको छ । उनीहरू अवैध रूपमा देश प्रवेश गरेको हुन सक्ने ग्रीक राष्ट्रिय प्रसारक ईआरटीले उल्लेख गरेको छ। ...
— सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिएका छन् । मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरूका लागि सन् २०११ पछि नवौं पटक तलब वृद्धि भएको हो । अहिले देशको ...
— अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ । बुधबार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताए । जलेको भूभागमध्ये बुधबारसम्म ३८ प्रतिशत भूभागमा खोजी गरिसकिएको बताइएको छ । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले यस हप्ताको अन्तिमसम्म ९० प्रतिशत क्षेत्रमा ...
— पूर्वी लद्दाखको गलवानमा तीन वर्ष अगाडि भएको सैन्य झडपपछि भारत र चीनबीच सैन्य कमान्डर स्तरमा लगातार छलफल भइरहे पनि समाधान निस्कन सकेको छैन । वार्ताको निरन्तरता स्वरूप गत आइतबार र सोमबार (अगस्ट १३–१४) मा दुई पक्षबीच सीमावर्ती क्षेत्र भारतीय भूभाग चुसुल मोल्डोमा छलफल भएको छ । तर, उक्त वार्ताले पनि सीमा क्षेत्रमा शान्ति कायम राख्ने ठोस ...
वासिङटन डिसी : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा सय जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बरले बढ्न सक्ने बताएका छन् । गत मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका सय वर्षमा यति भीषण एवं भयावह ...
First Prev ... 65 66 67 68 69 70 71 72 73 74 75 ... Next Last