मुख्य समाचार
विश्व
: फिलिपिन्सका सुरक्षा बल र विद्रोही लडाकुहरूबीच भीडन्त हुँदा एकजना सैनिकसहित चार जनाको मृत्यु भएको छ। त्यसैगरी भीडन्तमा दुई सैनिक घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। सेनाका लेफ्टिनेन्ट कर्नेल हेक्टर इस्टोलासले जनाएअनुसार सेना र प्रहरीले मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तमा शुक्रबार न्यु पिपुल्स आर्मी (एनपीए) र विद्रोहीबीच दुई पटक झडप भएको र ...
काठमाडौं : नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको भीडन्तमा नाइजेरियाली सेनाले ११ बन्दुकधारी मारेको सुरक्षा अधिकारीले पुष्टि गरेका छन्। कादुना राज्य आन्तरिक सुरक्षा तथा गृह मामिलाका आयुक्त शमुएल अरुवानले जनाएअनुसार क्लियरेन्स अपरेसनमा सेनाले राज्यको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रका थुप्रै स्थानहरूका डाकु शिविरहरू नष्ट गरेको छ। ११ जना डाकुहरू मारिएको र दुईवटा एके-४७ राइफल र त्यसमा प्रयोग ...
: साउदी अरबको ऊर्जा मन्त्रालयले मे देखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन (ओपेक)का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्वैच्छिक कटौती ३३औं ओपेक र गैर-ओपेक मन्त्रिस्तरीय बैठकमा सहमति भएको ...
हेल्सिन्की : फिनल्याण्ड आगामी अप्रिल ४ तारिखदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ । फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख ...
वासिङटन डिसी : चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानकी राष्ट्रपति साई इङ वेनसँग बुधबार भेटवार्ता गर्ने भएका छन्। ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ । गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने ...
न्युयोर्क : आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क आइपुगेका छन्। यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरेका छन्। सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी एक जना नायिकसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ। पूर्वराष्ट्रपति ट्रम्पले ...
— ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई निमोनिया नभएको भए उनी चीन भ्रमण गरेर स्वदेश फर्किसकेका हुन्थे । तर भ्रमणको पूर्वसन्ध्यामा निमोनिया भएपछि बेइजिङ भ्रमण स्थगित भयो र नयाँ भ्रमणको मिति सार्वजनिक गरियो । सबै कुरा ठिकठाक भए अब ७७ वर्षीय लुला चैत २८ देखि वैशाख १ सम्म बेइजिङमा हुनेछन् । विश्वमा अहिले अमेरिका र चीनको प्रतिस्पर्धा चलिरहेका ...
ढाका — बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । द डेली स्टार अनलाइनका अनुसार मंगलबार बिहान ढाकास्थित बंगबजारमा आगलागी भएको हो । आगो निभाउन ४७ वटा दमकल प्रयोग गरिएको समाचारमा जनाइएको छ । फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका ड्युटी अफिसर रफी अल फारुकले मंगलबार बिहान ६:१० बजे बंगबजार मार्केटमा आगलागी सुरु भएको हो ...
काठमाडौँ — सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक एसियन डेभलपमेण्ट आउटलुकमार्फत एडीबीले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । यस अघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेटाउन नसकिरहेको अवस्थामा एडीबीले २०२३ का लागि आर्थिक ...
। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प फ्लोरिडाबाट न्यूयोर्क पुगेर बास बसेका छन् । त्यहाँबाट उनी अदालत जानेछन् । प्रहरीले ट्रम्प टावरलाई चारैतिरबाट घेरा हालेको छ । साथै ट्रम्प उपस्थित ...
— समुद्रमा वैज्ञानिकहरूले ८ हजार ३३६ मिटरको गहिराइमा पौडिरहेको माछाको तस्बिर कैद गरेका छन् । यो अहिलेसम्मकै सबैभन्दा गहिराइमा माछा भेटिएको अभिलेख हो । स्नेलफिस प्रजातिको सिउडोलिपारिस प्रजातिको यो माछा २७ हजार ३४९ फिट गहिराइमा पौडिरहेको अवस्थामा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यतिको गहिराइ भएको स्थान चोयू हिमालको उचाइभन्दा धेरै हो । चोयू हिमालको उचाइ ...
। ट्वीटरमा अहिले बायकट सिक्स्टी मिनेट ह्यासट्याग अभियान ट्रेन्डिङमा छ। यसको सिधा सम्बन्ध सीबीएस न्युजको लोकप्रिय कार्यक्रम सिक्स्टी मिनेटसँग सम्बन्धित छ । रिपब्लिन पार्टीकी विवादास्पद नेतृलाई अन्तर्वार्ताका लागि आमन्त्रण गरिएपछि त्यस कार्यक्रम बहिष्कार गर्नुपर्ने भन्दै ट्वीटरमा अभियान चलाइएको हो। अप्रिल २ को कार्यक्रममा विवादास्पद नेतृ मेजोरी टेलर ग्रीनलाई आमन्त्रण गरिएपछि यसका विरूद्ध ट्वीटरमा अभियान चलेको ...
। म्यानमारमा प्रजातान्त्रिक विचारधाराका दलहरूलाई सैन्य शासन चलाइरहेको जुन्ताले विघटन गरेपछि सैन्य शासनविरूद्ध उत्रिने प्रतिबद्धता प्रजातान्त्रिक विचारधाराका दलहरूले गरेका छन्। पार्टी नै विघटन गरिदिएपछि आङसाङ सुकीको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले निर्धारित समयसीमाभित्र चुनावका लागि दल दर्ता समेत गर्न पाएन। मार्च २८ मा दल दर्ता गर्नुपर्ने अन्तिम समयसीमा थियो। तर त्यसअगावै जुन्ताले एनएलडी सहितका दर्जनभन्दा ...
। इरानमा दुई महिलामाथि एक पुरुषले दही छ्यापेका छन् । प्रहरीले दही छ्याप्ने पुरुष र ती दुवै महिलालाई पक्राउ गरेको छ । ती महिलालाई सार्वजनिक ठाउँमा कपाल नढाकेको आरोपमा पक्राउ गरिएको हो भने पुरुषलाई सार्वजनिक ठाउँमा झैझगडा गरेको आरोप लगाइएको छ । खासमा ती पुरुषले कपाल नढाकेकै कारण ती महिलामाथि दही छ्यापेका थिए । महिलामाथि दही छ्यापिएको ...
। ट्युनिसियाले आगामी ६ महिनाका लागि पिउने पानीमा कोटा सिस्टम लागू गरेको छ । अब पिउनका लागि समेत नापी नापीकन पानी पाइनेछ । साथै खेतबारीमा पानीको प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । यो नियम त्यहाँ आगामी सेप्टेम्बर ३० सम्म लागू हुनेछ । ट्युनिसियाको कृषि मन्त्रालयका अधिकारी हमादी हबिबका अनुसार ट्युनिसियामा पछिल्लो समयमा पानी संकट बढेका कारण ...
। रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विस्फोट हुँदा रुसी सेनाका एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको र १६ जना घाइते भएको पुष्टि गरेको हो । रुसको समाचार एजेन्सी आरआईएका अनुसार भ्लादलेनलाई उपहारको भनेर एक बट्टा दिइएको थियो । सोही बट्टामा भएको ...