मुख्य समाचार
विश्व
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् । ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले अमेरिकामा बनेका सामान नै खरिद ...
। अमेरिकाको उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् । प्रहरीले आठ जना पीडितहरू मध्ये कम्तीमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै ...
। भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् । बेइजिङमा पत्रकारहरुसँगको ...
। अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । ती निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड दिएका छन् । उनले चुनाव हारेमा आफूविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन् । रोयटर्सको रिपोर्ट अनुसार वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको एक भेलामा ट्रम्पले भने, ‘तपाईंहरूले मध्यावधि चुनाव जित्नैपर्छ, किनकि यदि हामीले जितेनौं भने उनीहरूले (डेमोक्रयाटहरूले) मलाई महाभियोग लगाउने कुनै ...
। इरानमा जारी विरोध प्रदर्शन १२औँ दिनमा प्रवेश गरेको छ । बीबीसीका अनुसार, विरोध प्रदर्शन मत्थर हुनेभन्दा थप चर्कंदै गएको छ । बीबीसीको ‘फ्याक्ट फाइन्डिङ युनिट’ले मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएनए) लाई उद्धृत गर्दै उल्लेख गरेका अनुसार, देशभर जारी प्रदर्शनका क्रममा हालसम्म ‘दुई सुरक्षाकर्मीसहित ३५ जनाको मृत्यु भएको’ अनुमान छ। मारिनेमा चारजना बालबालिका समेत रहेका छन् ...
। अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ । दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ। यस घटनाले ट्रम्पका संघीय अधिकारी र स्थानीय ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड प्राप्त गर्ने विभिन्‍न विकल्पबारे छलफल गरिरहेको ह्वाइट हाउसले जनाएको छ । नेटो सदस्य डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्ड प्राप्त गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षा प्राथमिकताको विषय रहेको ह्वाइट हाउसले जनाएको छ । डेनमार्कले यस टापुमाथि अमेरिकाले गर्ने हस्तक्षेप आफुलाई मान्य नहुने बताउँदै आएको छ । ‘अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण ...
एक्समा महिला सेलेब्रिटीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भर्खरै अमेरिकाले नियन्त्रणमा लिएको भेनेजुयेलाका राष्ट्रपति निकोलस मदुरोजस्ता नेताहरूलाई समेत बिकिनी पहिर्‍याउने र अर्धनग्न तस्बिर सार्वजनिक गर्ने गरिएको छ
: मानव अधिकार संगठनका अनुसार इरानमा विगत १० दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। इरानस्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (HRANA) ले मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी रहेको र दुईजना सुरक्षा बलका सदस्य रहेको जनाएको छ। इरानी अधिकारीहरूले भने अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या जारी गरेका छैनन्। यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी ...
: दक्षिण कोरिया र चीनले औद्योगिक आदान-प्रदान, प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सहकार्यका लागि १४ वटा समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्। सोमबार बेइजिङमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भएको शिखर भेटवार्ताका अवसरमा यी समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चेओङ वा डेले यसबारे जानकारी दिएको छ। १४ वटा ...
: क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलोपटक आधिकारिक रूपमा पुष्टि गरेको छ । क्युबाली अधिकारीहरू भेनेजुएलाको सरकारको अनुरोधमा त्यहाँ सुरक्षा र सैन्य कार्यमा संलग्न थिए । क्युबाली सरकारी टेलिभिजनमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा नागरिकहरूले आफ्नो जिम्मेवारी इमानदारी र वीरतापूर्वक पूरा गरे । उहाँहरू प्रत्यक्ष लडाइँ वा सुविधामा भएको ...
First Prev ... 66 67 68 69 70 71 72 73 74 75 76 ... Next Last