मुख्य समाचार
विश्व
— कार्गो जहाज ठोक्किँदा अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो 'फ्रान्सिस स्कट की' पुल भत्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तीमा ७ वटा गाडी नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ । त्यसपछि पुलका केही ...
— दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि भ्रष्टाचारको आरोप र उनको गिरफ्तारीले आम आदमी पार्टी(आप) संकटमा परेको छ । परम्परागत र पुराना राजनीतिक पार्टीहरूलाई चुनौती दिन केजरीवालले साधारण मानिसलाई छुने गरी पार्टीको नाम नै ‘आम आदमी’ र चुनाव चिह्न ‘झाडू’ रोजेका थिए । भारतमा १८औं लोकसभा चुनाव घोषणा भइसकेको छ । २५ दिनपछि १९ अप्रिलमा पहिलो चरणको ...
। अष्ट्रेलियाले पछिल्लो समय विद्यार्थी भिसामा आउनेहरुलाई कडाइ गरेको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले २४ मार्च २०२४ देखि लागु हुनेगरी भिसासम्बन्धी नियममा परिवर्तन गरेको छ । गृह मन्त्रालयले भिसा दिँदा यसअघि आर्थिक पक्षलाई प्राथामिकता दिँदै आएकामा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथामिकता दिने जनाएको छ । यसअघिको ‘जेन्युन टेम्प्रोररी इन्ट्रान्ट’(जीटीई) खारेज गर्दै सरकारले ‘जेन्युन स्टुडेन्ट’ (जीएस) को ...
। गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो ...
। सत्तारुढ भारतीय जनता पार्टीले बलिउड अभिनेत्री कंगना रनौत र ‘रामायण’ सिरिजका अभिनेता अरुण गोविललाई आगामी लोकसभा चुनावको उम्मेदवार बनाएको छ । आइतबार बेलुका पार्टीले थप १११ उम्मेदवारको सूची सार्वजनिक गरेको हो । रामायणमा भगवान रामको भूमिका निर्वाह गरेका गोविलले उत्तर प्रदेशको मिरुत क्षेत्रबाट चुनाव लड्नेछन् । कंगनालाई आफ्नो गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट टिकट दिइएको ...
— मस्को कन्सर्ट हलमा भएको नरसंहारमा एक सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि रुसले आइतबार राष्ट्रिय शोक दिवस मनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको हमला युरोपमा सबैभन्दा घातक हमला थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भाग्ने प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरिएको जानकारी दिँदै ‘बर्बर आतंककारी हमला’ पछाडि संलग्न रहेकाहरूलाई ...
— आम आदमी पार्टीले अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ । भारतको इतिहासमा जेलबाटै सरकार चलाउने घटना पहिलो भएको पनि उसको दाबी छ । यसअघि गत महिना झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन पवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा पुगेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । विगतमा लालु यादव र जयललिता मुख्यमन्त्री रहँदै पक्राउ पर्दा पदबाट राजीनामा दिएका ...
— अस्ट्रेलिया सरकारले विद्यार्थी भिसालाई अझ व्यवस्थित गर्नका लागि थप कडाइ गर्ने जनाएको छ । अस्ट्रेलियाली गृहमन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएकी हुन् । सरकारले गत डिसेम्बरमा नै आफ्नो अध्यागमन नीतिमा व्यापक परिमार्जनको घोषणा गरिसकेको छ । गत बिहीबार मन्त्री ओनिनले सार्वजनिक गरेको विज्ञप्तिअनुसार उच्च खतरको सूचीमा रहेका शैक्षिक संस्थालाई विद्यार्थी भर्ना ...
। रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् । सन् २००४ पछि रुसमा हमलामा ज्यान गुमाउनेहरुको यो नै ठूलो संख्या हो । सन् २००४ मा एक स्कुलमा हमला हुँदा करिब ३०० जनाले ज्यान गुमाएका थिए । राजधानी मस्कोमा कन्सर्टमा जम्मा भएका भीडलाई निशाना बनाउनेमध्ये चार संदिग्ध व्यक्ति पक्राउ गरिएको रुसी सुरक्षा ...
। भारतको बिहारमा कोशी नदीमाथि बनिरहेको पुल भत्किंदा १ जना कामदारको मृत्यु भएको छ । शुक्रबार बिहान सुपौल जिल्लामा कोशी नदीमाथि निर्माणाधिन पुल भत्किंदा थप १० कामदार घाइते भएको बीबीसीले जनाएको छ । भत्किएको पुलमुनि निर्माण सामग्री ओसार्ने एउटा गाडी भेटिएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको बताए पनि स्थानीयबासीले अरु कामदार पुरिएको हुनसक्ने आशंका गरेका छन् ...
: रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ। आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका रुसी अनुसन्धान समितिले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि परेका छन् । रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । उक्त आक्रमणको इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ। मध्यरातमा, रुसी ...
। रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त हमलामा परी १४५ भन्दा बढी घाइत भएका छन् । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले लेखेको छ । आक्रमणमा कम्तिमा पाँच ...
। अष्ट्रेलियाको प्रवेशाज्ञा (भिसा)मा कडाइसँगै शैक्षिक संस्थाहरूले सबै देशबाट विद्यार्थीका आवेदन अस्वीकार गर्ने नीति लिएका छन् । कतिपय निजी कलेजहरूले मुलुकलाई नै कालोसूचीमा राखेर ती देशका विद्यार्थीको आवेदन स्वीकार नगर्ने सूचना निकाल्न थालेका हुन् । अष्ट्रेलियाको समाचारपत्र सिड्नी मर्निङ हेराल्डका अनुसार अष्ट्रेलियाका दुई शैक्षिक संस्थाले भारत, पाकिस्तान र नाइजेरियाका विद्यार्थीहरूको प्रवेशाज्ञा अस्वीकृत हुने जोखिम बढिरहेकाले उनीहरूको ...
गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको छ । पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावहरूलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ...
। यस साता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताए । आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ । साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ । एजेन्सीले ...
। नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी ...
First Prev ... 67 68 69 70 71 72 73 74 75 76 77 ... Next Last