मुख्य समाचार
विश्व
रियाद : साउदी अरेबियाको मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका साउदीको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । सो बसमा साउदी अरबका साथै अन्य देशका नागरिक सवार थिए। सरकारबाट प्राप्त ...
— सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । 'सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,' जर्मनीको मुन्स्टरका ...
नयाँ दिल्ली : भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने बताएका छन्। देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको उनले बताए। उनले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै वेथितिविरुद्धको आफ्नो संघर्ष जारी रहने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्‍बाट ...
: युरोपेली संघ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध बनाउने पूर्व विवादित विषयमा सम्झौता भएको छ। सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध-शून्य हरितगृह ग्याँस उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकांक्षी योजनाको लागि महत्वपूर्ण छ। तर यस महिनाको सुरुमा एक ...
ट्युनिसिया : उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी चढेको एक डुङ्गा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । डुङ्गामा यात्रा गरिरहेका अन्य ६७ जना बेपत्ता रहेका ट्युनिसियाली सामुद्रिक सुरक्षा अधिकारीले पुष्टि गरेका छन् । पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुङ्गा दुर्घटना भएको यो पाँचौं घटना हो। डुङ्गा यूरोप छिर्ने आप्रवासी बोकेर इटालीतर्फ ...
वासिङ्टन/मिसिसिपी (एजेन्सी) : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन्। उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्। राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो। मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति ...
विभिन्न पश्चिमा देशहरुले एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउन थालेसँगै चीन पहिलोपटक टिकटकको प्रतिरक्षामा उभिएको छ । चीनले पहिलोपटक टिकटकका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै टिकटकको जबरजस्ती बिक्रीको विरोध गरेको छ । कतिपय देशहरुले टिकटकलाई सुरक्षाजन्य खतराको कारण देखाउँदै बन्देज लगाइरहेका बेला चीन सरकारको यस्तो भनाइ बाहिर आएको छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै टिकटकलाई जबरजस्ती ...
। मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । होन्डुरसको विदेश मन्त्रालयले ट्वीट गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको जानकारी दिएको हो । होन्डुरस र ताइवान सन् १९८५ देखि कूटनीतिक सम्बन्धमा थिए । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै ताइवान चीनको अभिन्न हिस्सा भएको बताएको छ । होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम ...
नयाँ दिल्ली — अदालतबाट चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसद पद गुमाएका भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीले भारतमा लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । सांसद पद गुमाउनु परेको भोलिपल्ट शनिबार उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । नाटकीय ढंगले विकसित घटनाक्रमपछि गान्धीले शनिबार दिल्लीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका हुन् । ...
— अमेरिकाको मिसिसिपी राज्यमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । मिसिसिपीस्थित आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार अरु दर्जनौं मानिस घाइते भएका छन् । साथै चार जना मानिस हराइरहेको बताइएको छ । आँधी प्रभावित मानिसको उद्धारका लागि अहिले पश्चिम मिसिसिपीमा ठूलो संख्यामा उद्धारकर्मी खटाउनुका साथै एम्बुलेन्सहरूको प्रयोग गरिएको छ । स्थानीय अधिकारीहरूले मृतकको संख्या ...
— फ्रेन्च सरकारको पेन्सन सुधार सम्बन्धी विवादास्पद निर्णयलाई लिएर पेरिसमा भएको विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित गरिएको छ । चार्ल्सको उक्त भ्रमण स्थगित भएको बकिंघम प्यालेसले शुक्रबार पुष्टी गरेको हो । बेलायती राजा चार्ल्स र रानी क्यामिलाको उक्त भ्रमण आइतबारदेखि बुधबारसम्म पेरिस र दक्षिणपश्चिम सहर बोर्डोमा हुने तय गरिएको थियो । साथै फ्रान्सबाट ...
नयाँ दिल्ली — अदालतबाट चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसद पद गुमाएका भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीले भारतमा लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । सांसद पद गुमाउनु परेको भोलिपल्ट शनिबार उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । नाटकीय ढंगले विकसित घटनाक्रमपछि गान्धीले शनिबार दिल्लीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका हुन् । ...
बेइजिङ : चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो। जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ। चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ। यद्यपि चीनको ...
प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ । बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले अब ...
। टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ। विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पुर्‍याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो। अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको ...
। सरकारले पेन्सन पाउने उमेर ६२ बाट बढाएर ६४ बनाइदिएपछि फ्रान्सका जनता यति बेला आन्दोलनमा छन् । यो आन्दोलनले शान्तिपुर्ण संघर्षको संयम गुमाउने खतरा बढ्दै गएको छ । यही आन्दोलनका कारण अन्तत: बेलायतका राजाले आफ्नो आसन्न पेरिस भ्रमण नै रद्द गर्नु परेको छ । १६ मार्च देखि फ्रान्सका नागरिक आफ्नो सरकारविरूद्ध सडकमा छन् । फ्रान्सका युवा ...