मुख्य समाचार
विश्व
— उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको विश्लेषण भइरहँदा समेत अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो । बैंकको फेडरल ओपन मार्केट कमिटीले मौद्रिक नीतिका लक्ष्य प्राप्तीलाई गहन रुपमा अध्ययन गरी सन्दर्भ ब्याजदर बढाइएको जनाएको छ । अब ...
— भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो । अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको ...
— भारतका अर्बपति धनाढ्य गौतम अडानीलाई 'इतिहासकै ठूलो वित्तीय ठगीमा संलग्न भएको' भन्दै ४१३ पृष्‍ठ लामो प्रतिवेदन सार्वजनिक गरेको केही सातामै अमेरिकी सर्टसेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले नयाँ खुलासा गरेको छ । पछिल्लो खुलासामा ट्विटरका संस्थापक तथा पूर्वप्रमुख ज्याक डोर्सीको कम्पनी ब्लकलाई १ अर्ब डलर ठगी गरेको र लगानीकर्तालाई नियतबस झुक्याएको आरोप लगाइएको छ । सिलिकन भ्यालीका ...
— अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अमेरिकी कंग्रेसकी सांसद जुडी चुबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार चुको कार्यालय क्यापिटल हिलमा भेटवार्ता भएको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । साथै, जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) को पुन:प्रमाणीकरण र ट्रेड फेसिलिटेसन एन्ड इन्फोर्समेन्ट एक्ट ...
— चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको छ । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको बीबीसी हिन्दीमा समाचार छ । यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार ...
नयाँदिल्ली — भारतमा राजनीतिक ध्रुवीकरण तीव्र भइरहेको पृष्ठभूमिमा विपक्षी कंग्रेसका नेता राहुल गान्धीलाई दुई वर्ष जेल पठाउने गरी गुजरातको एक अदालतले फैसला सुनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यक्तिगत तथा साम्प्रदायिक टिप्पणी गरेको अभियोगमा अदालतले राहुललाई दोषी ठहर गरेको हो । यद्यपि उनी तत्कालै जेल जाने वा नजाने र सांसद पद रहने वा नरहने भन्नेमा अनेक मत आइरहेका ...
: अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) संगठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मंगलबार उल्लेख गरेको छ। निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारवाही गरेका ...
— मलेसियाले विदेशी कामदार ल्याउन अनुमति दिने कार्य (कोटा प्रमाणीकरण) लाई स्थगन गरेको छ । रोजगारदाताहरूले अनुमति लिएको कोटाअनुसार कामदार ल्याउन ढिला गरेपछि त्यहाँको मानव संसाधन मन्त्रालयले चैत ५ देखि विदेशी कामदार ल्याउने कोटा प्रमाणीकरण प्रक्रिया रोकेको हो । मलेसियाले पाँच क्षेत्रमा कामदार अभाव रहेको जनाउँदै गत जनवरीदेखि ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ जारी गरेको थियो ...
— अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो । अफगानिस्तानमा भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । पाकिस्ताको हिन्द् कुश क्षेत्रमा भूकम्पको तीव्रता ६.८ म्याग्नच्यिुड रहेको पाकिस्तानी मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पले इस्लामाबाद लाहोर र पेशावरलगायतका क्षेत्रमा ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको ...
। चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ। दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि हमला गरेपछि ...
प्रायः छोराछोरीका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्ने बानी सबैजसो अभिभावकको हुन्छ । तर फ्रान्सले भने अभिभावकको यस्तो कार्यलाई रोक्नका लागि कडा कानून बनाएको छ । जसअनुसार बच्चाका तस्वीर सामाजिक सञ्जालमा सेयर गर्ने अभिभावलाई सजाय हुनेछ । बालबालिकालाई उनीहरूका तस्वीर तथा भिडियोमा गोपनीयता प्रदान गर्नका लागि फ्रान्सले एक नयाँ कानून पारित गरेको हो । यो कानूनले अब ...
। अफ्रिकी देश युगान्डाको संसदले समलिंगी तथा तेस्रोलिंगी हुनुलाई अपराध मान्दै जेल हाल्ने कानून बनाएको छ । युगान्डासहितका ३० वटा अफ्रिकी देशमा समलिंगी सम्बन्ध गैरकानुनी छ । तर युगान्डाले बनाएको नयाँ कानुनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ । उग्रसमलिंगीलाई त मृत्युदण्डसमेत दिने व्यवस्था यो कानुनले गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ...
: युरोपेली मुलुक फिनल्यान्ड लगातार छैटौंपटक सबैभन्दा खुसी देशको सूचीमा अग्रस्थानमा परेको छ। ग्यालप वर्ल्ड पोलको जीवन मूल्यांकनमा आधारित प्रतिवेदनअनुसार फिनल्यान्ड खुसी हुने सूचीमा पहिलो स्थानमा परेको हो। स्वस्थ जीवन प्रत्याशा, प्रति व्यक्ति आय, सामाजिक समर्थन, कम भ्रष्टाचार, समुदायमा उदारतालगायत विषयमा आधारित प्रतिवेदनले फिनल्यान्डलाई उक्त सूचीमा राखेको हो। त्यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड र चौथोमा इजराय ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ मस्को पुगेका छन्। उनी तीन दिने भ्रमणका लागि मस्को पुगेका हुन्। युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि पहिलोपटक चिनियाँ राष्ट्र प्रमुख रुस पुगेका हुन्। राष्ट्रपति जिनपिङले मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति पुटिनले युक्रेनसँगको शान्ति सम्झौता सम्बन्धनमा छलफल गर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। यसअघि पुटिन सन् २०२२ ...
कोलम्बिया : कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटना भएको सेनाले पुष्टि गरेको हो । सो हेलिकोप्टर दुर्घटना राजधानी सहरमा नै भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन्। उनले राजधानी सहरमा यहाँको सेनाको ...